Wednesday, April 22

Author: टोखा खबर

हिरासतबाट नेपाली भागेपछि भारतमा चार प्रहरी निलम्बित

*, समाचार
लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका हुन् । प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको छ । नेपालको पर्सा जिल्लाका सुदर्शन साह र लालबाबु ठाकुरलाई रामगर्वाह प्रहरीले हरिशंकर वर्मा कलेज नजिकैबाट ७.४७ केजी गाँजासहित पक्राउ गरेको थियो । दुई जनलाई मोतिहारीमा अदालतसामु उपस्थित गर्नका लागि लैजाँदै गर्दा सगौलीमा दुईजना भागेका थिए । दुईमध्ये ठाकुरलाई पक्राउ गरिए पनि साह भने त्यहाँबाट फरार भएका थिए,’ प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ । निलम्बनमा पर्ने प्रहरी अधिकारीहरूमा सब इन्स्पेक्टर अकसम अनसारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्राम कुमार छन् ।...
गोरखामा भीरबाट लडेर एक बृद्धको मृत्यु

गोरखामा भीरबाट लडेर एक बृद्धको मृत्यु

समाचार, संस्कृति
 भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका –७ पाँचखुवा देउराली घर भएका ८५ बर्षीय अमरबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार गुरुङ घरनजिकको भीरबाट १०० मिटर तल खसेर गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते गुरुङलाई तत्काल उपचारका लागि चितवनको  भरतपुर लगिएको थियो । उपचारको क्रममा सोमबार बेलुका अस्पतालले उहाँलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ...

डिफेन्डिङ च्याम्पियन काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा

खेलकुद, मनोरन्जन, विचार, समाचार
 डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको क्वालिफायरमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे । इमोह इजेकेलले ३६ ‍औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । पापा इबोउ केबेले हानेको प्रहार काठमाडौंका किपर अन्जल महर्जनले पूर्ण रुपमा क्लियर गर्न नसक्दा रिबाउण्डमा अनमार्क रहेका इमोहले गोल गरे । यस्तै ४४ ‍औं मिनेटमा पापा इबोउ केबेले रिबाउण्ड बललाई गोल गर्दै अग्रता २-० बनाए । यसैगरी ५२ औं मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३-० को अग्रता दिलाए । इमोहले निखिल कदमको फ्रिकिक सदुपयोग गर्दै हेडमार्फत गोल गरेका थिए । ३-० ले पछि परेको काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड पाउँदै ७४ औं मिनेटमा बाहिरएपछि काठमाडौं झनै दबाबमा परेको थियो । ललितपुरले ए...

गोरु चराउन गएका चन्द्रबहादुर राना मृत अवस्थामा फेला

समाचार, संस्कृति
स्याङ्जाको विरुवा गाउँपालिका –२ का चन्द्रबहादुर राना मृत अवस्थामा फेला पर्नुभएको छ । विहीवार गोरु चराउन जानुभएका ३९ बर्षीय राना स्थानीय मौवाघारी जंगलमा मृत अवस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ । रानाले चराउन लगेका गोरु साँझ घरमा फर्केर आएको तर उहाँ घर नआएपछि खोजीगर्दा शुक्रवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।...

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

मनोरन्जन, विचार, समाचार, संस्कृति
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीका प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन् । घाइतेहरुको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
टोखा नगरपालिका वडा १ नं.को आयोजनामा बृहद सरसफाइ कार्यक्रम सम्पन्न

टोखा नगरपालिका वडा १ नं.को आयोजनामा बृहद सरसफाइ कार्यक्रम सम्पन्न

टोखा खबर, संस्कृति
टोखा नगरपालिका वडा १ नं.को कार्यालय द्वारा  आयोजनामा गरिएको बृहद सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी, स्वास्थ्य स्वयंसेविका  तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो। शुक्रबार बिहान गरिएको सरसफाइ कार्यक्रम टोखा नगरपालिका वडा १ नं  मा रहेका मन्दिरहरु  गुप्तेस्वर,देविस्थान,नारायणेश्वर र गौतमेश्वर मन्दिर क्षेत्रमा सरसफाइ गरिएको हो । स्थानीय पर्यटन प्रवर्द्धन तथा ब्यबस्थापन गर्न, सास्कृतिक सम्पदाहरुको सरक्षण र संवर्द्वन गर्न तथा पर्यावरणीय बातावरण स्वच्छ र सफा राख्नका निमित्त उक्त कार्यक्रम आयोजना गरियको जानकारी गराउनु भयको छ भने मन्दिर परिसरमा डस्टविन समेत राखिएको छ ।    ...

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज

विचार, समाचार
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ  ।  समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिनुभयो । समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने उहाँले बताउनुभयो । यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुनेछ ।  त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुनेछन् । त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।  विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी ह...

कञ्चनपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु, एक जना घाइते

मनोरन्जन, विचार, समाचार, संस्कृति
कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-२ की ३९ वर्षीया  भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।...

निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान

विचार, समाचार
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले दलहरुलाई चिह्न प्रदान गरेको छ। आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै दलहरुलाई चुनाव चिह्न प्रदान गरेको हो। राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले दर्ता पाएका छन्। ती दललाई २०७९ को प्रतिनिधि सभाको समानुपातिकतर्फ पाएको मतका आधारमा क्रम संख्या पनि निर्धारण गरेको आयोगले जनाएको छ।...

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

मनोरन्जन, विचार
सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित थिए। बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित समेत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ...