Tuesday, April 21

Author: टोखा खबर

विजय गच्छदारसहित ४ पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सीआईबीको राय

विचार, समाचार
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा ‘संगठित किर्ते’ गर्ने भूमिकामा पूर्वमन्त्रीहरु संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ । सीआईबीले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री गच्छदार, राज्यमन्त्री संजय शाह ‘टकला’, पूर्व भूमिसुधार मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई प्रतिवादी कायम गर्न राय दिएको छ । प्रहरीले दिएको रायसहितको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गर्ने कानूनी व्यवस्था छ । ब्यूरोले डम्बर श्रेष्ठ बाहेक प्रतिवादी कायम गर्न राय दिएको ३ जनासँग बयान लिएको छ । सोमबार साँझ गच्छेदार र जोशीलाई बयान लिएर प्रहरीले ‘हाजिर जमानी’मा रिहा गरेको थियो...

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार

विचार, समाचार
सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ । मङ्गलबार बिहान सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार (हिजो) बोलाउनुभएको सर्वदलीय बैठकमा सरकार सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहनुभएको कार्य दललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी अनुसार आफूहरूले त्यसको मस्यौदा तयार पारेको र अब केहीबेरपछि बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताउनुभयो । ‘‘हामीलाई दुई बजे आज राष्ट्रिय दलहरूको बैठक सम्माननीय प्रधानमन्त्रीजीले बोला...

हङकङविरुद्धको खेलमा पूजा महतोले लिइन् डेब्यु विकेट

*, खेलकुद
आईसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चार देश सम्मेलित सिरिजको पहिलो खेलमा डेब्यु गरेकी पूजा महतोले विकेट लिएकी छन् । वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा हङकङविरुद्धको खेलमा पावरप्लेको दोस्रो ओभरमा पूजाले डेब्यु गरेकी हुन् । समाचार तयार हुँदासम्म पूजाले २ ओभर बलिङ गर्दै एक मेडनसहित २ रन खर्चेर एक विकेट लिएकी छन् । उनले चौथो ओभरको तेस्रो बलमा ओपनर यास्मिन दस्वानीलाई बोल्ड गर्दै डेब्यु विकेट लिएकी हुन् । पूजा कुनै पनि घरेलु क्रिकेट नखेली सीधै टिममा आएकी हुन् ।...

ललितपुरको बालकुमारीमा सुरु भएको नेकपा एसको केन्द्रीय कमिटीको बैठक

मनोरन्जन, विचार, समाचार, संस्कृति
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुन सकेको छैन । पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुङ्गो लगाइने महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार यही भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवम् घटनाक्रमका साथै सङ्गठनको पुनः गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिने छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेद...

समाजवादी मोर्चाको बैठक आज साँझ बस्दै

विचार, समाचार
समाजवादी मोर्चाको बैठक आज साँझ ६ बजे नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक बस्न सकेको थिएन । विद्यार्थी सङ्गठनको कार्यक्रममा भने समाजवादी मोर्चाका नेताहरू एकसाथ देखिएका थिए । त्यस यता समाजवादी मोर्चाको बैठक सर्दै आएको थियो । आजको बैठकमा समसामयिक राजनीति र भ्रातृ संस्थाहरूबारे छलफल हुने बताइएको छ ।...

एमाले सचिवालय बैठक भदौ ९ गते सिराहामा बस्ने

मनोरन्जन, विचार, समाचार
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सिराहामा बस्ने भएको छ ।  आगामी भदौ ९ गतेको बैठक सिराहाको धनगडीमाई नगरपालिका (तत्कालिन विष्णुपरकट्टी गाउँपालिका) मा बस्ने तय भएको एमाले केन्द्रीय सचिव समेत रहेका नेता योगेश भट्टराईले जानकारी दिए ।  पञ्चायतकालमा एमालेको चौथो महाधिवेशन समेत भएको उक्त स्थानमा सचिवालय बैठक बस्न लागेको हो । बैठकको तयारीबारे छलफलका लागि महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईसहितका नेताहरु  विष्णुपुर कट्टी पुगेका थिए ।  सोही स्थानमा २०४६ सालमा भएको एमालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो ।  उक्त स्थानमा एमालेले कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा स्तम्भ समेत बनाउने तयारी गरेको छ ।...

SEE उत्तिर्ण विधार्थीलाइ टोखा वडा नं एक ले गर्यो सम्मान

कृषि, संस्कृति
वडा बाट SEE परिक्षा उत्तिर्ण हुने विधार्थीहरुलाइ टोखा न पा वडा एक ले आज एक कार्यक्रम का साथ  सम्मान गरेको छ । २०७९ साल को SEE परिक्षा मा उत्तिर्ण हुने विधार्थीहरुलाइ वडा एक स्थित श्री वौंडेश्वर माध्यमिक विधालय मा आयोजित सम्मान कार्यक्रम बाट  सम्मान गरिएको थियो ।   वडा अध्यक्ष श्री रमेश कुमार लामिछाने ज्यू को अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । नगर प्रमुख श्री प्रकाश अधिकारी ज्यू को प्रमुख आतिथ्यता तथा उप-प्रमुख श्री मुरारी तामाङ ज्यू को विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा  साबिक झोर महाँकाल हाल टोखा वडा एक  का सामुदायिक तथा संस्थागत विधालयबाट SEE परिक्षा उत्तिर्ण हुने विधार्थीलाइ सम्मान गरिएको थियो ।  कार्यक्रममा नगरपालिकाका अन्य जनप्रतिनिधिज्यूहरु लगाएत  विभिन्न राजनितिक दलका प्रतिनिधीज्यूहरु, सामुदायिक तथा संस्थागत विधालयका प्रधानाध्यापक ज्यूहरु तथा अन्य शिक्षकहर...

एमालेद्वारा राष्ट्रिय सभा बैठकमा अवरोधपछि स्थगित

विचार, समाचार
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि बैठक स्थगित भएको छ । सुन प्रकरणमा छानविनको माग गर्दै एमालले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा साउन ३ गते झण्डै एकसय किलो सुन राजश्व अनुसन्धान बिभागको टोलीले समातेको थियो । एमालेले उक्त प्रकरण छानविनका लागि उच्च स्तरीय छानविन समिति बनाउनु पर्ने माग गर्दै बैठक अवरोध गर्दै आइरहेको छ । तर सरकारले छानविन समिति बनाउन अस्वीकार गर्दै आइरहेको छ । एमालेले सो माग राख्दै साउन १० यताका राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ । बुधधवारको बैठकमा एमाले सांसदहरुले अवरोध गरिरहेपछि राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्काे बैठक साउन २६ गते शुक्रबार ११ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गर्नुभएको छ ।...

सुन काण्डमा महरा दोषी प्रमाणित भए सरकारले कारबाही गर्छ : माओवादी प्रवक्ता

विचार, समाचार
माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताएका छन् । प्रवक्ता भएपछि पार्टी कार्यालय पेरिसडाँडामा बुधवार पहिलोपटक प्रेसमिट गर्दै उनले दोषी प्रमाणित भए कसैलाई पनि नछाड्ने स्पष्ट पारेका हुन् ।  ‘महराको विषयमा बहिर मिडियामा पनि धेरै समाचार आएका छन् । सुन प्रकरणमा आफूमाथि पनि सरकारले छानबिन गरोस् म सघाउन तयार छु भनेर बाहिर मिडिया र केन्द्रीय समिति बैठकमा पनि भनिसक्नुभएको छ । यदि तथ्य र प्रमाणले पुष्टि भए उहाँमाथि पनि छानबिन हुन्छ’,उनले भने ।    सुन प्रकरण लगायत विभिन्न काण्डको छानबिनलाई प्रधानमन्त्रीले निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएकाले सबैले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।  त्यस्तै उनले संसदमा एमालेको अवरोध बार्गेनिङका लागि भएको आरोप लगाउँदै उनले सुन प्रकरणमा राज्यक...
संखुवासभा कारागारमा झडप हुँदा दुई जनाको मृत्यु

संखुवासभा कारागारमा झडप हुँदा दुई जनाको मृत्यु

विचार, समाचार, संस्कृति
संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए । बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए । आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । उनका अनुसार आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरु बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखे । बिहान करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परे...