Tuesday, April 21

Author: टोखा खबर

मधेश विश्वविद्यालयले भदौदेखि कानुन र जनप्रशासन सङ्कायमा भर्ना लिने

मनोरन्जन, समाचार, संस्कृति
मधेश विश्वविद्यालयले यही भदौ महिनादेखि कानुन र जनप्रशासन सङ्कायमा पनि भर्ना लिने तयारी गरेको छ । भदौ महिनामा भर्ना प्रक्रिया सुरु गरेर असोजदेखि  बीए, एलएलबी र जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने निर्णय भएको विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले जानकारी दिनुभयो । त्यसका लागि प्रारम्भिक कार्य पूरा गरी गठित पाठ्यक्रम विकास समिति र काठमाडौं विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित गरिसकिएको छ । ‘‘विश्वविद्यालयको विषयगत समितिले तयार पारेको विद्यार्थी भर्ना प्रक्रिया र मापदण्ड पारित गरी प्राज्ञ परिषदबाट समेत पास भइसकेको छ”, रजिष्ट्रार यादवले भन्नुभयो,‘‘अब केही दिनमै नेपाल कानुन व्यवसायी परिषदबाट पानि पास गरेर औपचारिक रुपमा हामी भर्नाको प्रक्रिया सुरु गर्छौ ।” भर्ना खोल्न करिब करिब तयारी पूरा भइसकेको उहाँको भनाइ थियो । भर्नासँगै आगामी असोजदेखि दुबै सङ्कायको पठनपाठन सुरु...
आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना

गतिविधि, ताजा अपडेट, बिशेष, श्रव्यदृश्य
आइतबार बिहानैदेखि देशभर वर्षा भइरहेको छ । आज दिनभर देशैभरिको मौसममा सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका  धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार राती पनि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना  छ । यी प्रदेशमा सोमबार समेत भारी वर्षा हुने महाशाखाले जनाएको छ ।  भारी वर्षाले पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा ...

ओखलढुंगा : सबइन्जिनियरले नक्कली सर्टिफिकेट पेस गरेर जागिर खाएको खुलासा

गतिविधि, ताजा अपडेट, बिशेष
साउन २५ । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन नं. २ ओखलढुंगामा कार्यरत सबइन्जिनियर रामबाबु यादवले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर सबइजिनियरको जागिर खाएको खुलेको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर जागिर खाएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको अभियोगमा मुद्दा दायर गरेको छ । यादवविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो । उनले सुनसरी टेक्निकल कलेज, धरानबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेको प्रमाणपत्रहरू, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. २, ओखलढुंगामा पेस गरी २०७६ भदौदेखि २०७७ असार मसान्तसम्म जागिर खाएका थिए । अख्तियारमा उनको प्रमाणपत्र नक्कली भएको विषयमा उजुरी परेको थियो । अनुसन्धान गर्दा उनले नक्कली प्र...

कविता : अतित्

ताजा अपडेट, साहित्य
भिम राई (माक्पाली कान्छा) खुशीको बाटोमा मलाईपनिसँगै हिँडाएको भए दोबाटोमा पुगेसी अलमलिनु पर्दैन थियो सायद हजुर जिन्दगीको यात्रामा मलाईपनिसँगै डोराएको भए त्यो मोडमा पुगेसी हरेसिनु पर्दैन थियो सायद हजुर भविष्यको सपनामा मलाईपनि एक ठाउँ राखेको भए आधारातमा पुगेसी एक्लै रुनु पर्दैन थियो सायद हजुर कल्पनामा डुबिरहँदा मलाईपनि सँगै हेलिएर लगेको भए छालहरुमा पुगेसी एक्लै अतालिन पर्दैन थियो सायद हजुर त्यहि त भुल भो हजुरको एक्लै हिँड्नु भो साथ छोड्नु भो विपदमा हाई भन्नै नमिल्ने गरि अतित् मै बाटो बिराई जानू भो । लेखक भिम राई पेसाले पत्रकार हुनुहुन्छ...

१ लाख राशिको गजल प्रतियोगिता हुँदै

ताजा अपडेट, बिशेष, साहित्य
साउन १२ । अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट)को अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डलीको सहकार्यमा १ लाख रुपैयाँ राशिको नेपाली गजल प्रतियोगिता आयोजना गरिएको छ। परिषदले जानकारी दिएअनुसार विश्वभर रहेका नेपाली गजल लेखिरहेका स्रष्टाहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन्। परिषदकी सङ्घसंस्था समन्वय प्रमुख चन्द्रा थापाका अनुसार हरेक वर्ष परिषदले अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी रूपमा मनाउँदै आएको छ। यस वर्ष पनि युवा लक्षित विभिन्न सिर्जनात्मक कार्यक्रमको आयोजना गरेर उक्त दिवस मनाउन लागिएको थापाले बताइन्। अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष एवं प्रतियोगिता संयोजक घनेन्द्र ओझाले राज्य तहबाट नेपाली गजलका लागि गरिएको प्रयास सराहनीय भएको भन्दै अन्य प्राज्ञिक, साहित्यिक निकायहरूले पनि गजल समबद्ध सम्मेलन, महोत्सव, गोष्ठी र कार्यशाला गर्नुपर्न...

हर्क साम्पाङको प्रस्ताव : लोक सेवाको परीक्षा लाइभ गरौं

गतिविधि, ताजा अपडेट, बिशेष
३ साउन ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ताको पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा मंगलबार बिहान उनले परीक्षा र अन्तर्वार्ता लाइभ नगरे विश्वास नहुने बताएका छन्। 'लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ। नत्र विश्वास नहुने देखिन्छ', उनले लेखेका छन्।...

कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने

ताजा अपडेट, बिशेष, श्रव्यदृश्य
३ साउन । नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ । यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ । बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ । गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ । गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, कांग्रेसले दर्जन बढी स...

एकै परिवारका ६ जनाको हत्या गर्ने ४ जनालाई जीवनभर जेल

गतिविधि, ताजा अपडेट, बिशेष
असार २१ । जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद सजायको फैसला सुनाएको हो । हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएपनि चार जनालालाई आजीवन कारावासको सजाय सुनाएको श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । उनले एक जना नाबालक रहेकाले कम सजाय भएको बताए । २५ वर्षलाई आधार मानेर दुईतिहाइ कैद हुने फैसला भएको छ । आजीवन कारावासको सजाय सुनाइएकाहरुले बाँचुनजेलसम्म कारागारमा बसेर कैद सजाय कटाउनुपर्ने गौतमले बताए । ४ जनाले मृतक परिवारको राहत कोषमा २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ । नाबालकलाई भने यसमा छुट दिइएको छ । नाबालकले भने १६ वर्ष ८ महिना मात्रै कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ । उ...

रामेछापमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

गतिविधि, ताजा अपडेट, बिशेष
असार २१ । रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ, काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् । प्रहरीका अनुसार हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । बस ब्रेकफेल भएर दुर्घटनामा परेको प्र...

१० वर्षीया बालिका बलात्कृत, ५० वर्षीय पुरुष पक्राउ

गतिविधि, ताजा अपडेट, बिशेष
पर्सा : १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दिलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ती बालिकालाई गद्दिले जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...