Tuesday, April 21

Author: टोखा खबर

अनुमति लिएर तोकिएको रेन्जभित्र मात्र  रेडियो फ्रिक्वेन्सी प्रयोग गर्न दूरसञ्चार प्राधिकरणको आग्रह

अनुमति लिएर तोकिएको रेन्जभित्र मात्र रेडियो फ्रिक्वेन्सी प्रयोग गर्न दूरसञ्चार प्राधिकरणको आग्रह

प्रबिधी
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति लिएर मात्र तोकिएको रेन्जभित्र मात्र रेडियो फ्रिक्वेन्सी प्रयोग गर्न सरोकारवालालाई सूचित गरेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले सेलुलर/मोबाइल, माइक्रोवेब र स्याटलाइट सेवाका लागि बाँडफाँट गरिएका फ्रिक्वेन्सीहरू अनुमति प्राप्त गरेर तोकिएको रेन्जभित्र मात्र प्रयोग गर्न अनुरोध गरेको हो । “दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति, २०८० मा सेलुलर/मोबाइल सेवा, माइक्रोवेब सेवा र स्याटेलाइट सेवामा प्रयोग गर्नका लागि बाँडफाँट (Allocation) गरिएका फ्रिक्वेन्सी प्रयोग गर्नुपर्दा प्रयोगको अनुमति लिएर अनुमति प्राप्त रेन्जभित्र मात्र उपरोक्त फ्रिक्वेन्सीको प्रयोग गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” प्राधिकरणले भनेको छ । बजारमा अनुमति नलिई तथा अनुमति पाएको भन्दा फरक प्रयोजनका ल...
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

अर्थ
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०२ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको ख...
बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम

बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम

अर्थ, बिशेष
चालु आर्थिक वर्ष २०८१/८२ को एक महिना मात्र बाँकी हुँदा बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम रहेको छ । चालु आवको ११ महिना पूरा हुँदा कुल बजेटको ४८.६८ प्रतिशत अर्थात् ३१ अर्ब ४१ करोड ९५ लाख ९८ हजार रुपियाँ खर्च भएको हो । चालु आवको तीन महिना बाँकी हुँदा गत चैत महिनासम्ममा कुल बजेटको ३२.५१ प्रतिशत अर्थात् २० अर्ब ९८ करोड ६६ लाख १४ हजार रुपियाँ खर्च भएको थियो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रतिशतका आधारमा यो अवधिमा पुँजीगतको तुलनामा चालु खर्च बढी छ । चालु आवका लागि विनियोजित कुल ६४ अर्ब ५४ करोड चार लाख ४१ हजार रुपियाँमध्ये प्रदेश सरकारका मन्त्रालय, कार्यालय र आयोगले पुँजीगततर्फ विनियोजित ३७ अर्ब २४ करोड ९० लाख ५६ हजारमा जेठ मसान्तसम्ममा ४५.९० अर्थात् १७ अर्ब नौ करोड ६८ लाख ९५ हजार रुपियाँ खर्च भएको छ । यस्तै चालुतर्फ २५ अर्ब ७९ करोड १३ लाख ७४ ...
सुनचाँदी कारोबारको करबारे प्रधानमन्त्रीलाइ व्यवसायी द्वारा  ध्यानाकर्षण

सुनचाँदी कारोबारको करबारे प्रधानमन्त्रीलाइ व्यवसायी द्वारा ध्यानाकर्षण

अर्थ, बिशेष
सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको टोलीले मङ्गलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् । भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताउनुभएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जानकारी दिनुभयो । व्यवसायीले राखेका मागका विषयमा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिनुभएकाले यस विषयमा आफूहरू पनि आशावादी रहेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्रीले संवादबाट समस्याको समाधान खोज्न आफू...
आज यी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

समाचार
काठमाडौँ- हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने छ । कोशी, मधेस, ब...
डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध

डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध

समाचार
मङ्गलबार राति परेको पानीले फेरि डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको छ । सोमबारको बाढीले डाइभर्सन बगाएपछि हिजो दिनभरि अवरुद्ध भएको सडक साँझदेखि एकतर्फी खुलेको थियो । मङ्गलबार रातिको बाढीले फेरि डाइभर्सन बगाउँदा सडक पूर्णरुपमा अवरद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । तत्काल यो सडक खुल्ने अवस्था नरहेकाले यो मार्ग भएर यात्रा नगर्न प्रहरीले सबैसित आग्रह गरेको छ । डाइभर्सन मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहे पनि बाढीको बहाव नघटेकाले समस्या भएको नेपालले बताउनुभयो । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित विनयी खोलाको २ सय ४५ मिटर लामो पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदैआएको छ । खोलाले यो डाइभर्सन बगाएको यो छैटौं पटक हो । धेरैजसो सवारी स...
मार्केटिङको बहानामा बन्धक बनाएका  १२ जना बालबालिकाको  प्रहरी द्वारा उद्धार

मार्केटिङको बहानामा बन्धक बनाएका १२ जना बालबालिकाको प्रहरी द्वारा उद्धार

गतिविधि, समाचार
सुनसरी- हर्बल सामग्रीको मार्केटिङको बहानामा बालबालिकालाई बन्धक बनाएर काममा लगाउने गिरोहको फेला परेको छ । इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–९ स्थित बसपार्क नजिकैको बन्दना होटलबाट १२ जना बालबालिकाको उद्धार गरेको हो । घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । कम्पनीको नाममा टिकटकमार्फत प्रलोभन काठमाडौंको चाबहिलमा कार्यालय रहेको वेल्स ग्लोबल इन्टरनेसनल प्रा.लि. नामक कम्पनीले टिकटकमा हर्बल सामग्रीको मार्केटिङका लागि आकर्षक विज्ञापन प्रकाशित गरेको थियो । उक्त विज्ञापन हेरेर धनकुटा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, गोरखा, बाजुरा लगायतका जिल्लाबाट बालबालिका तथा युवाहरू कामको आशामा काठमाडौं पुगेका थिए । उनीहरूलाई सुरुमा काठमाडौंमा करिब एक महिना राखेर काम गराइएको र त्यसपछि इटहरी स्थानान्तरण ...
एसियाली राजमार्गः काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र कालोपत्र गर्न सुरु थालियो

एसियाली राजमार्गः काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र कालोपत्र गर्न सुरु थालियो

गतिविधि, समाचार
एसियाली राष्ट्रहरूलाई सडक सञ्जालबाट जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ । आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिका अनुसार मङ्गलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो । निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ । एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमीमा मात्र काम भइरहेको छ । पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ । चालु आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको छ । आयोजना पूर्वीखण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा २१ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वी खण्डमा पनि चालु आवमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ । प...
काठमाडौँको उत्तरी भेगका बिद्यार्थीका लागि दोस्रो पटक शैक्षिक मेला हुदै

काठमाडौँको उत्तरी भेगका बिद्यार्थीका लागि दोस्रो पटक शैक्षिक मेला हुदै

गतिविधि, टोखा खबर
काठमाडौँको उत्तरी भेगका बिद्यार्थीका लागि Second Northern SEE Education Fest, 2082 हुने भएको छ । आउदो जेठ ३१ गते काठमान्डौको टोखा स्थित लर्ड पार्टी प्यालेसमा बिद्यार्थी तथा अभिभावकका लागि शैक्षिक परामर्श तथा सूचना प्रदान गर्ने उद्देश्यका साथ् कार्यक्रम हुन लागेको आज प्रेस सम्मेलन गरि जानकारी दिइएको हो । Sky Vision Foundation को आयोजनामा हुने कार्यक्रममा एकै थलोमा रही उत्तर भेगीय क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुका भर्ना प्रक्रिया, कोर्स, पठन पाठनका तरिका, छात्रवृत्ति आदि जस्ता बिबिध बिषयमा बिद्यार्थी तथा अभिभावककालाइ जानकारी दिनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका ध्रुब प्रसाद आचार्यले बताउनु भयो । शनिबार बिहान ११ देखि ६ बजे सम्म हुने कार्यक्रमले मुख्य गरि Information,Motivation,Career Councilling र Entertainment जस्ता चार वटा विधाबाट कार्यक्रम लाइ सम्पन्न गर्ने बताईएको छ । ...
सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

समाचार
बुधबार राति झापाको दमकमा  भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दमक ४ का ३६ वर्षीय मिलन थापाको मृत्यु भएको हो। कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दमक नगरपालिका –७ पशुहाट डाँडास्थित पूर्व पश्चिम लोकमार्गमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। मे १ ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।त्यसक्रममा मोटरसाइकल चालक थापा गम्भीर घाइते भएका थिए। थापाको विराटनगरस्थित आर्या न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  बस चालक झापा गौरादह नगरपालिका–४ का ३२ वर्षीय सरकार टुडुलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।...