Saturday, October 24

Author: टोखा खबर

सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन

सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन

#
३१ असार, काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ । उनीहरुको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो । लगत्तै प्रहरीले उनीहरुलाई हटाएको थियो । प्रदर्शनमा सहभागीहरुले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।  ...
बुधबारदेखि सिलिन्डर भरी ग्यास किन्न पाइने

बुधबारदेखि सिलिन्डर भरी ग्यास किन्न पाइने

#
३१ असार,काठमाडौं ।नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको छ । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । निगमले बुधबारदेखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको एक सूचना जारी गर्दै जानकारी दिएको छ । ७.१ केजीको ग्यास सिलिन्डर पूर्ण रुपमा प्रतिस्थापन नहुँदासम्म भने दुबै सिलिण्डरको बिक्री हुने निगमले जनाएको छ ।...
नागढुंगा सुरुङमार्ग साउनमा सञ्चालन गरिने ,प्रयोग दस्तुर कति ?

नागढुंगा सुरुङमार्ग साउनमा सञ्चालन गरिने ,प्रयोग दस्तुर कति ?

#
३१ असार,काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा सुरुङमार्ग’ यही साउनभित्रै सञ्चालनमा आउने भएको छ। सडक विभागअन्तर्गतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार अब केही दिनभित्रै उद्‌घाटनको मिति तय हुनेछ। सुरुङमार्गको सम्पूर्ण काम सकिएकाले अहिले सञ्चालनको तयारी भइरहेको आयोजनाले जनाएको छ। काठमाडौंको नागढुंगाबाट धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग दुई हजार ६८८ मिटर कुल लम्बाइ रहेको छ। सुरुवाती ठेक्का सम्झौतानुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन सकेको थिएन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते यो सुरुङमार्गको शिलान्यास गरेका थिए। हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको थियो। जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करि...
वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

#
३१ असार,काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्रमा ऋणमुक्त गराउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेपछि श्रेष्ठले निगमको सेवा युरोपमा विस्तार गर्दै निगमलाई चुस्त,मितव्ययी,पारदर्शी र व्यवसायीक बनाएर अहिले भएको ऋण तिरेर आफ्नै आम्दानीले चल्न सक्ने बनाउने मेरो योजनामा आफु पूर्ण पुर्ण रुपमा समर्पित हुने बताए । हवाई सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका विषयविज्ञ श्रेष्ठलाई निगमको महाप्रबन्धको समेत जिम्मेवारी सम्हालनेगरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ। विसं २०४९ मा निगमको निर्देशकबाट सेवानिवृत्त भएका उनले निगमको बजार विभाग,संस्थागत विभाग र व्यवसाय प्र...
नेपाल–अमेरिका बिजनेस समिट हुने

नेपाल–अमेरिका बिजनेस समिट हुने

#
३१ असार, काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार,लगानी,उद्यमशीलता,नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेस्टमेन्ट समिट (एनएबीआईएस) आयोजना गर्ने भएको छ । सेप्टेम्बर २५ देखि २७ सम्म न्यूयोर्कस्थित न्यूयोर्क जेएफके मेरियट होटलमा आयोजना हुने तीन दिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलन ‘पूँजी,बिचार र अवसरलाई जोड्ने’नाराका साथ सञ्चालन हुने बताइएको छ । समिटमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि,व्यवसायी,लगानीकर्ता,उद्यमी,नीतिनिर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने  छ । सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार,लगानी प्रवर्द्धन,प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ । समिटको आधिकारिक घोषणा कार्यक्रममा बोल्दै ग्रेटर न्यूयोर्क नेपाली चे...
फ्रान्सलाई हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा

#
३१ असार, काठमाडौं । फ्रान्सलाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थिय पेनाल्टी बचाउन माहिर मानिएका गोलकिपर माइक मेग्ननलाई छक्काउँदै ओयार्जाबालले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे। १६ वर्षपछिको स्पेनको यो अग्रता खेलको ५८ औं मिनेटमा दोब्बर भयो । पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै पोस्टको तल्लो कुनामा उत्कृष्ट गोल गरे। गलत्त फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदान छिराउँदै खेलमा फर्कने प्रयास गर्यो । तर, स्पेनका गोलकिपर उनाई सिमोनले चनाखो हुँदै...
ट्राफिक जरिवाना तिर्न नसक्ने व्यक्तिलाई श्रमदान प्रदानको सजाय दिइने

ट्राफिक जरिवाना तिर्न नसक्ने व्यक्तिलाई श्रमदान प्रदानको सजाय दिइने

#
३१ असार ,काठमाडौं । सरकारले ट्राफिक जरिवाना तिर्न नसक्ने व्यक्तिलाई श्रमदान प्रदानको सजाय दिने भएको छ। नगद जरिवानाको साटो कुनै व्यक्तिले सरकारी श्रमदान गरेर तिर्न पाउने व्यवस्था समेत कानूनमा गर्न लागिएको हो। मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको उत्तर दिंदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ट्राफिक जरिवानामा नयाँ व्यवस्था गर्न लागेको जानकारी दिए। विकासमन्त्री लम्सालले  धेरै जरिवाना नभए पनि पहिलेभन्दा बढी हुने स्पष्ट पारे। ‘सञ्चार माध्यममा आएजस्तो ५० हजार जरिवानाको कुरा सत्य होइन। हामीले जरिवानालाई वैज्ञानिक बनाउन लागेका हौँ’, मन्त्री लम्लासले भने, ‘गल्तीको प्रकृति, तिव्रता र पुनरावृत्तिका आधारमा ५०० देखि ५० हजार रुपैयाँसम्मको सीमा निर्धारण गरिनेछ।’ ट्राफिक जरिवाना तिर्न नसक्ने व्यक्तिबाट श्रमदान गराउने बुँदा थप्ने उनले बताए। सडक दुर्घटनाको न्यूनीकरणका लागि पनि नियम कडा बन...
तुलाधर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

तुलाधर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

#
३० असार,काठमाडौं। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हालेकी छन्। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहेकी आयुक्त डा तुलाधरलाई सो जिम्मेवारी सरेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। पाँच सदस्यीय हुने आयोगका हाल आयुक्त डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा कायम छन्।  तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको २०८२ वैशाख ५ गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको २०७९ फागुन ४ गते कार्यकाल सकिएको थियो। ...
घट्यो गोलभेँडा , थोक मूल्य प्रतिकिलो ६ रुपैयाँ

घट्यो गोलभेँडा , थोक मूल्य प्रतिकिलो ६ रुपैयाँ

#
३० असार,काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य अत्याधिक घटेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मंगलबार सबै प्रकारका गोलभेँडाको मूल्यमा कमी आएको हो । तथ्यांकअनुसार सानो लोकल गोलभेँडा प्रतिकिलो ६ रुपैयाँमा झरेको छ । सोमबार प्रतिकिलो थोकमा ८ रुपैयाँमा किनबेच भएको थियो । यस्तै नेपाली ठूलो गोलभेँडा मंगलबार प्रतिकिलो थोकमा औसत ३३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो प्रतिकिलो ४० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी टनेलको गोलभेँडाको मूल्य पनि घटेको छ । हिजो सोमबार प्रतिकिलो १४ रुपैयाँमा किनबेच भएको उक्त गोलभेँडा आज प्रतिकिलो १३ रुपैयाँ कायम भएको जनाइएको छ ।  ...
लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै होल्ड,सबै नाका बन्द

लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै होल्ड,सबै नाका बन्द

#
३० असार, काठमाडौं । वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ । नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो । वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो । आज बिहान पनि गाडीहरु छाडिएको छैन । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका इन्सपेक्टर किरण घिमिरेका अनुसार नागढुंगा तथा मुग्लिन–नारायणगढ चल्ने सवारी साधनलाई रोक लगाइएको छ । यस्तैचितवनका केराबारी र तुइनखोलामा पहिरो खसेकाले सवारी आवतजावत अवरुद्ध छ । यसैगरी बीपी राजमार्गको रोशी खोलामा बहाव बढेको र मंगलटारमा लेदोसहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै गरिने सवारी यात्रामा पनि रोक लगाइएको छ । फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा पुग्ने सडक बन्द गरिएको छ । कान्तिप...