Tuesday, October 27

समाचार

फाल्गुण २ र ३ गते रोजगार मेला आयोजना गर्दै बुढानिलकण्ठ नगरपालिका

फाल्गुण २ र ३ गते रोजगार मेला आयोजना गर्दै बुढानिलकण्ठ नगरपालिका

#, गतिविधि, बिशेष, समाचार
बुढानिलकण्ठ नगरपालिकाले यही फाल्गुण २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्ने भएको छ।“ शिक्षा , सीप र उधमसिलता रोजगारी हाम्रो प्राथमिकता “ भन्ने नारा सहित मेलामा युवा रोजगारीलाई प्राथमिकता दिएको मंगलवार पत्रकार सम्मेलन गर्दे बुढानिलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामाले जानकारी गराइन्। आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको अनिताले सुनाइन। अनिताले भनिन्- “ अहिलेको युवा पुस्ता खासै खुशी छैनन् किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेका छन्, न उनीहरु खुसी छन्, नत परिवार नै खुसी छ, त्यसकारण स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको हो।” मेलामा कुल ४८ वटा स्टल रहने छन्, ...
भारतको उत्तरप्रदेशस्थित कुम्भ मेलामा भागदौड मच्चिदा कयौं व्यक्ति हताहत

भारतको उत्तरप्रदेशस्थित कुम्भ मेलामा भागदौड मच्चिदा कयौं व्यक्ति हताहत

गतिविधि, समाचार
उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ । भारतको  प्रयागराजमा गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । भारतीय मिडियाहरुको अनुसार  मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन ।यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ । १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । तर मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानिसहरुको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरु हटाएर सडक खुला गर...
आइरन डोम-वायु सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश

आइरन डोम-वायु सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश

समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाका लागि इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ को योजना सुरु गर्न कार्यकारी आदेश जारी गर्नुभएको छ । ट्रम्पले रक्षा मन्त्रीलाई ६० दिनभित्र ब्यालिस्टिक, हाइपरसोनिक र उन्नत क्रुज क्षेप्यास्त्रहरूबाट सुरक्षा गर्न डिजाइन गरिएको ‘अर्को–पुस्ताको क्षेप्यास्त्र सुरक्षा कवच (नेक्स्ट–जेनेरेसन मिसाइल डिफेन्स शिल्ड)’ को कार्यान्वयन योजना पेस गर्न आदेश दिनुभएको छ । यसमा अन्तरिक्ष–आधारित अवरोधकहरूको विकास पनि समावेश छ । सन् २०२४ को चुनावी अभियानमा ट्रम्पले बारम्बार अमेरिकाका लागि इजरायलको आइरन डोम प्रणालीको संस्करण निर्माण गर्ने वाचा गर्नुभएको थियो । तथापि उहाँले यो प्रणाली छोटो दूरीका खतराहरूका लागि डिजाइन गरिएको तथ्यलाई बेवास्ता गर्नुभयो । यसले यसलाई संयुक्त राज्य अमेरिकाका लागि मुख्य खतरा रहेको महादेशीय क्षेप्यास्त्रहरू...
समाजिक सञ्जाल सम्बन्धि बिधेयक सङ्घीय संसदमा पेस

समाजिक सञ्जाल सम्बन्धि बिधेयक सङ्घीय संसदमा पेस

समाचार
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले समाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गरेको छ । सामाजिक सञ्जाल व्यवस्थापनमा गर्न विधेयक जति सक्दो छिटो ल्याउने कुरामा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जोड दिँदै आउनुभएको छ । यसै अनुरूप उक्त विधेयकलाई सङ्घीय संसद् समक्ष पेस गर्न २०८१ माघ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको थियो । मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव गजेन्द्रकुमार ठाकुरले सबैको चासोको विषय बनेको सामाजिक सञ्जाल व्यवस्थापन गर्न बनेको सञ्चार विधेयक अब सङ्घीय संसदमा पेस भई सदनमा छलफलको प्रक्रियामा जाने बताउनुभयो । त्यस्तै, मन्त्रालयको मिडिया काउन्सिल विधेयक पनि सङ्घीय संसदमा दर्ता भई छलफलको क्रममा रहेको छ भने सुरक्षा मुद्रणसम्बन्धी ऐन, २०८१ र सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ प्रमा...
ताप्लेजुङ घटनामा  पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्तामा आउन आह्वान

ताप्लेजुङ घटनामा पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्तामा आउन आह्वान

#, गतिविधि, समाचार
ताप्लेजुङ घटनामा पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्तामा आउन आह्वान गरेको छ   कोशी प्रदेश सरकारले गठन गरेको टोलीको मंगलबार बसेको  बैठकले  वार्तामा आउन आह्वान गरेको हो । गत शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा प्रहरी र केबलकारको विरोधमा रहेको पहिचान पक्षधरबीच झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । झडपमा २१ प्रहरी घाइते भएका थिए ।सो घटनापछि प्रदेश सभाको बैठकमा सांसदले ताप्लेजुङको विवाद वार्ताबाट समाधान गर्न माग गरेका थिए । ताप्लेजुङ पाथिभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरुसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाले वार्तामा आउन आह्वान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी...
राष्ट्रिय परिचयपत्र वितरणको काम सहज हुने :सञ्चारमन्त्री गुरुङ

राष्ट्रिय परिचयपत्र वितरणको काम सहज हुने :सञ्चारमन्त्री गुरुङ

समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय परिचयपत्र वितरणको कामलाई सहज बनाइने बताउनुभएको छ । कास्की जिल्ला प्रशासन कार्यालयमा आज आफ्नो राष्ट्रिय परिचयपत्र लिने क्रममा पत्रकारसँग कुरा गर्दै उहाँले सबै नागरिकको हातमा परिचयपत्र पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘परिचयपत्र वितरणमा ढिलाइ भएको गुनासो आएको छ’ उहाँले भन्नुभयो, ‘गुनासोलाई सम्बोधन गर्नेगरी सकारले काम अघि बढाएको छ ।’ नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयमा परिचयपत्र वितरणलाई सहज बनाइने बताउनुभयो । नेपाली नागरिकताको प्रमाणपत्रको कमीकमजोरीलाई हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन राष्ट्रिय परिचयपत्र वितरणलाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ । मन्त्री गुरुङले करिब दुई वर्षअघि कास्की जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका ला...
जिल्ला अदालत, रुपन्देहीले  रवि लामिछानेलाई १ करोड धरौटीमा  छाड्न आदेश

जिल्ला अदालत, रुपन्देहीले रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

ताजा अपडेट, समाचार
बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका रवि लामिछानेलाई जिल्ला अदालत, रुपन्देहीले  १ करोड धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए । लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो । सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, श्रीमती ...
सभामुख र दलका प्रमुख सचेतकबिच छलफल

सभामुख र दलका प्रमुख सचेतकबिच छलफल

बिशेष, समाचार
सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा आएका विधेयकबारे सत्तापक्ष र विपक्षी दलका  प्रमख सचेतकसँग छलफल गर्नुभएको छ। सभामुख घिमिरेले आइतबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आमन्त्रण प्रतिनिधिसभामा रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा धारणा माग गर्नुभएको हो। “सभामुखले राष्ट्रियसभाबाट पारित भएर आएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिमै अड्किएका अन्य विधेयकबारे धारणा माग गर्नुभएको छ, त्यसबारेमा पार्टीमा छलफल गरेर सोमबार फेरि सभामुखसँग बस्नेगरी आजको छलफल टुङ्गिएको छ”, कांगे्रस प्रमुख सचेतक घिमिरेले भन्नुभयो। एमाले प्रमुख सचेतक बर्तौलाले भने संसदमा विचाराधीन सबै विधेयक अघि बढ्ने बताउनुभएको थियो। संसद्को हिउँदे अधिवेशन ...
ताप्लेजुङ घटनाका घाइतेलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिंदै

ताप्लेजुङ घटनाका घाइतेलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिंदै

समाचार
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा प्रहरीसँगको झडपका क्रममा घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । प्रहरीले चलाएको गोली लागेर यामबहादुर लिम्बू र सगुन लावती गम्भीर घाइते छन् । झडपका क्रममा भिरबाट लडेका धर्मान पालुङ्वाको अवस्था पनि गम्भीर छ । अस्पताल स्रोतका अनुसार सगुन लावतीको छातीमा गोली लागेको छ । यामबहादुरको तिघ्रामा गोली लागेको छ । पालुङ्वाको कुम (व्युटीबोन) भाँच्चिएको छ । उनीहरू शनिबार साझको झडपमा घाइते भएका थिए । घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै  विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो । अस्पतालले थप उपचारका लागि रेफर गरेपछि काठमाडौं लैजाने तयारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ‘यहाँबाट रेफर भएपछि काठमाडौं पठाउन सेनाको हेलिकप्टर आउँदैछ,’ उनले भने, ‘हामीले यहाँबाट पठाउने प्रबन्ध गरेको ...
मतपत्रमा पानी फयाँकिएपछि अखिल क्रान्तिकारीको मतगणना स्थगित

मतपत्रमा पानी फयाँकिएपछि अखिल क्रान्तिकारीको मतगणना स्थगित

समाचार
माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि मतगणना भइरहेका बेला मतपत्रमा पानी फ्याँकिएपछि मधेश प्रदेशको गणना रोकिएको छ । मधेश प्रदेशमा एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि विवाद भएको थियो । विवादकै क्रममा अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएको आरोप जनार्दन शर्मानिकट विद्यार्थी नेताहरूको छ । सापकोटा शक्ति बस्नेत समर्थित हुन् । तर, सापकोटा पक्षले भने हेमन्त राई पक्षले मतपत्र च्यात्न खोजेको र नसकेपछि पानी फालेको आरोप लगाएको छ । मधेश प्रदेशमा अध्यक्षका उम्मेदवार नारायणकाजी श्रेष्ठ पक्षका उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् ।...