Wednesday, May 27

समाचार

अनलाइनबाट जुवा खेलाएको आशङ्कामा ५३ जना पक्राउ

अनलाइनबाट जुवा खेलाएको आशङ्कामा ५३ जना पक्राउ

गतिविधि, ताजा अपडेट, बिशेष, समाचार
अनलाइनबाट जुवा खेलाएको आशङ्कामा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ गरेको छ । सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन नामक कम्पनी दर्ता गरी जुवा खेलाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हाे । पक्राउ पर्नेमा २९ महिला पनि रहेका छन् । ५३ जनामध्ये तीन जना भारतीय नागरिक हुन् ।...
भूकम्पका कारण स्नातकको परीक्षा समय १५ मिनेट थपियो

भूकम्पका कारण स्नातकको परीक्षा समय १५ मिनेट थपियो

ताजा अपडेट, बिशेष, समाचार
त्रिविको स्नातक तहको प्रथम वर्षको मंगलबारको परीक्षामा १५ मिनेट समय थप गरिएको छ । बिहान ७ बजेबाट परीक्षा थियो । तर परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि केहीबेर परीक्षा प्रभावित भएको थियो । त्यसैले परीक्षामा १५ मिनेट समय थप गरिएको हो । ‘१५ मिनेट परीक्षाको समय थप गरेका छौँ। समय थप गर्न सबै केन्द्रमा सर्कुलर गरेका छौँ,’ त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले भने । भूकम्पका कारण केहीबेर प्रभावित भएपनि अहिले परीक्षा चलिरहेको छ । बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गे काउन्टीमा थियो ।...
अमेरिकी डलरसहित रियाल र दिनारको मूल्य बढेको छ

अमेरिकी डलरसहित रियाल र दिनारको मूल्य बढेको छ

अर्थ, समाचार
नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित रियाल र दिनारको मूल्य बढेको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३७.०३ रुपियाँ र बिक्री १३७.६३ रुपियाँ पुगेको छ । अघिल्लो दिन भने खरिद १३६.३४ रुपियाँ र बिक्री १३७.५४ रुपियाँ थियो । त्यस्तै हिजो साउदी रियाल १ बराबर खरिद दर  ३६.४६ रुपियाँ र बिक्री ३६.६२ रुपियाँ रहेकामा यसदिन बढेर खरिद ३६.४९ रुपियाँ र बिक्री ३६.६५ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । मंगलबार बहराइन दिनार १ बापत ३६३.५० रुपियाँमा किन्न र ३६५.०९ मा बेच्न पाइन्छ । अघिल्लो कारोबार दिनमा भने खरिद ३६३.२४ रुपियाँ र बिक्री ३६४.८३ रुपियाँ थियो ।...
तिब्बतमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प:मृत्यु हुनेको सङ्ख्या ३६

तिब्बतमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प:मृत्यु हुनेको सङ्ख्या ३६

ताजा अपडेट, बिशेष, समाचार
आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ। चिनियाँ समाचार संस्था सीजीटीएनका अनुसार यो समाचार तयार पार्ने अवस्थासम्म मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको र थप विवरण आउने क्रममा रहेको जनाएको छ ।
हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित

हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित

ताजा अपडेट, बिशेष, समाचार
लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् । तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् । मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए । कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम् तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको थियो । आइतबार बिहानको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । बारामा आइतबार विहान ८:५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गर...
आजबाट रविको तर्फबाट बहस सुरु

आजबाट रविको तर्फबाट बहस सुरु

गतिविधि, बिशेष, समाचार
 कास्कीमा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै छ । गएको शुक्रवार प्रतिवादीहरूको बहस सुरु भएकोमा यसअघि पूर्व प्रहरी नायब महानिरीक्षक एवम् गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी बन्जाडे र जिबी एन्ड कम्पनिजकी कर्मचारी लीला पछाइका तर्फबाट कानुन व्यवसायीले बहस गरिसकेका छन् । कास्की जिल्ला अदालतका स्रेष्तेदार राजन खनालले न्यायाधीश नीतिज राईको इजलासमा जारी थुनछेक बहसमा केही बेरमा लामिछानेको तर्फबाट कानुन व्यवसायीको बहस सुरु हुने जानकारी दिनुभयो । “यो मुद्दामा छविलाल जोशी र लीला पछाईको तर्फबाट बहस सकिएको छ । आजबाट रवि लामिछानेको तर्फबाट बहस सुरु हुन्छ,” स्रेष्तेदार खनालले भन्नुभयो । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, सुशील पन्त, डा नारायण ...
पुलिस र आर्मीको गोलरहित बराबरी

पुलिस र आर्मीको गोलरहित बराबरी

खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको विभागीय डर्बीमा दुवै टोलीले पाएको अवसर गुमाएका थिए । पहिलो हाफमा पुलिसकी पूजा रानाको गोललाई रेफ्रीले मान्यता नदिएपछि विवादको कारण खेल २५ मिनेट रोकिएको थियो ।...
त्रिविले नेपाली र अंग्रेजीमा सोध्न थाल्यो प्रश्नपत्र

त्रिविले नेपाली र अंग्रेजीमा सोध्न थाल्यो प्रश्नपत्र

ताजा अपडेट, बिशेष, समाचार
त्रिभुवन विश्वविद्यालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको छ । त्रिविले अहिले चलिरहेको स्नातक तहको पहिलो वर्षको परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजीमा सोधेको हो । यसअघि अंग्रेजीमा मात्र प्रश्नपत्र सोध्ने गरिएको थियो । अंग्रेजीमा मात्र सोध्दा विद्यार्थीले प्रश्न नबुझेको गुनासो आएपछि त्रिविले दुवै भाषामा प्रश्नपत्र सोधेको हो ।...
दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला

दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला

गतिविधि, समाचार
दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला परेको छ  । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत पत्ता लागेको हो । शनिबार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको छ । अब कति मात्रामा ग्यास रहेको छ ? आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ ? भनेर अनुसन्धान भइरहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । गत वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको थियो । मेसिनले खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पत्ता लगाएको छ । चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास नै भएको पत्ता लागेको पेट्रोलियम पदार्थ आयोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार मात्र ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको भन्दै उहाँले ड्रिलिङ...
सानोठिमीमा स्कुटर दुर्घटना हुदा  श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

सानोठिमीमा स्कुटर दुर्घटना हुदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गतिविधि, ताजा अपडेट, समाचार
भक्त्तपुरको  मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा शुक्रबार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते हुनुभएको छ । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते हुनुभएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।...