Wednesday, May 27

समाचार

सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु

विचार, समाचार, संस्कृति
अरनिको राजमार्ग अन्तर्गत जिल्लाको पाँचखाल नगरपालिका( ६ हनुमानगढीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा८७प ६४१  नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको पनौती नगरपालिका( १२ बस्ने अन्दाजी ३४ वर्षका रूपक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलले बसलाई ओभरटेक गर्ने क्रममा  अनियन्त्रित भई विपरीत दिशाबाट जाँदै गरेको  प्रदेश ३( ०१( ००५ ख ९७०३ नम्बरको डिब्बा गाडीमा  ठक्कर  खाई दुर्घटना भएको हो । सवारी दुर्घटनामा संलग्न डिब्बा गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...
सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

मनोरन्जन, विचार, समाचार, संस्कृति
जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकीसित विवाह भएको धार्मिक मान्यता छ । त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेस्रो दिन प्रत्येक वर्ष जनकपुरमा धनुष यज्ञ आयोजन हुने गर्छ । आजका दिन रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने गरिन्छ ।  अपराह्न धनुषा यज्ञ आयोजन गरिएको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए । राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए । उक्त धनुष कसैले हल्लाउन पनि सकेनन् । तर, अयोध्याबाट आएका भगवान रामले उठाएपछि धनुष टुक्रा भएको...

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो

समाचार
काठमाडौँ। दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् । बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्छन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न आइतबार बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।...

अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि सन्दीप लामिछाने विरुद्धको मुद्दा स्थगित

विचार, समाचार
अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि सन्दीप लामिछाने विरुद्धको मुद्दा स्थगित गरिएको छ ।  आइतबार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । लामिछानेका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा शम्भु थापा लगायतका कानुन व्यवसायीहरू उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गराइएको हो । यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेस भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको थियो । आइतबार दुवै पक्षले बहस नोटमा जिकिर लिएका विषयलाई थप प्रस्ट पार्न अन्तिम सुनुवाइ गर्नुपर्ने थियो । त्यसपछि न्यायाधीशले आफ्नो फैसला सुनाउने वा निर्णय सुनाउन अर्को पेसी तोक्न सम्भावना रहन्थ्यो । सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मु...
सवारी दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु

सवारी दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु

मनोरन्जन, विचार, समाचार, संस्कृति
कास्कीमा सवारी दुर्घटनामा परी  गम्भीर घाइते भएकी दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा बस्‍ने २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका-५ जिरो बस्‍ने २४ वर्षीया भावना बराल रहेको अस्पतालले जनाएको छ । आइतबार पोखराबाट तालचोक जाँदै गरेको बाएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । घाइते उनीहरूलाई उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा पठाएको थियो। उनीहरूको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ठक्कर दिने कार चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लियो ललितपुर

चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लियो ललितपुर

खेलकुद, विचार, समाचार
नेपाल सुपर लिग फुटबलमा ललितपुर सिटीले चितवन एफसीलाई हराएको छ र, शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित चितवनलाई ३–१ गोल अन्तरले हराएको हो । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १९औं मिनेटमा पापा इबुकेबेको गोलबाट अग्रता लिएको थियो । गोलमा इमोह एजेकेल, दिनेश हेमजन र इबुकेबेबीच राम्रो तालमेल मिलेको थियो । एजेकेलले बायाँ भागबाट दिनेशलाई पास दिए । दिनेशले दिएको पासमा सिक्स यार्ड बक्समा रहेका इबुकेबेले वान टच गोल गरे ।...

नगर प्रमुखको फर्जी हस्ताक्षरमा मल सिफारिस

विचार, समाचार, संस्कृति
सप्तरीको खडक नगरपालिकाको एक सहकारीले नगर प्रमुखको फर्जी हस्ताक्षर गरी सिफारिस बनाएर मल सप्लाइ गरेको छ । खडक नगरपालिका –११ बनौलीको सहकारी संस्था लिमिटेडले नगरपालिकाको नगर प्रमुख जयप्रकाश चौधरीको हस्ताक्षर किर्तेगरी कृषि सामग्री कम्पनी राजविराजबाट एकसय ३० बोरा डिएपी र १२ बाेरा युरिया मल लगेको पाइएको छ । नगरपालिकाले वडा ४ को डिलर रहेको मञ्जुश्री सहकारीलाई मङ्सिर १७ गते नै सिफारिस गरिसकेको एकसय १४ बोरा मलखादकै कोटामा सहकारी लिमिटेड बनौलीका सञ्चालक रामप्रकाश शरण चौधरीले नगरपालिकाको फर्जी लेटर प्याड, छाप प्रयोग गरी नगर प्रमुखको नक्कली हस्ताक्षर गरी मलखाद लगिएको बताउनुभयो । आफ्नो कोटाअनुसार नगरले गरेको १७ गतेको सिफारिस लिएर पाँच दिनपछि शुक्रवार मल लिन कृषि सामग्री कम्पनी पुग्नुभएका मञ्जुश्री सहकारीका सञ्चालक सन्तोषकुमार साहलाई त्यहाँको कार्यालय प्रमुख सोनेलाल मुरमुरले खडकको कोटा सकिसकेकाले मल न...

संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली भारत तर्फ प्रस्थान

*, मनोरन्जन, विचार, समाचार
 भोलिदेखि भारतको पिथौरागढमा हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली भारत तर्फ प्रस्थान गरेको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ। गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो।  यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने छ।  ...
कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा

कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा

विचार, समाचार, संस्कृति
तानसेन–१४, दुमैस्थित कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्ने पुरुष रिव्दीकोट–३, मालमुल बस्ने वर्ष ६७ का होमबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  मङ्सिर ५ गते घरमा केही जानकारी नदिइ खत्री बेपत्ता हुनुभएको थियो । खत्री बेपत्ता भएलगत्तै खोजी कार्य गरिएकोमा बिहीबार बेलुकी ४ बजेतिर कालीगण्डकी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । ...
कञ्चनपुरमा हत्या र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ

कञ्चनपुरमा हत्या र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ

विचार, समाचार, संस्कृति
कञ्चनपुरमा महिलाको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी मृतकको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।  पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, धनगढी उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय ईन्द्र बराल सुनार, ४३ वर्षीय खगेन्द्र बहादुर सोव र सोही उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय दिपेन्द्र सिजापती छन्।उनीहरूमध्ये महेश डगौराले हत्या गरी सुनका गहना लुटेको प्रहरीले जनाएको छ। लक्ष्मण चौधरी र निरज भट्ट सुनका गहना बिक्री गर्ने तथा न्यू बर्दादेवी सुनचाँदी पसलका संचालक ईन्द्र बराल सुनार, न्यू दिया सुनचाँदी पस...