Wednesday, October 28

समाचार

माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबिच भागदौड हुँदा ८ जना घाइते

माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबिच भागदौड हुँदा ८ जना घाइते

समाचार
माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबिच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङ्क्रान्तिको अवसरमा थारु र मगर समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबिच भागदौड हुँदा उनीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।  उपरीक्षक ढुङ्गेलले भन्नुभयो, “आज टुँडिखेलमा ठुलो सङ्ख्यामा थारु र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए । भीडमा भागदौड हुँदा आठ जना घाइते भएका छन् ।” घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उहाँको भनाइ छ । महोत्सव स्थलमा प्रवेश गर्ने र बाहिरिनेबिच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ ।...
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब  विजयी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी

खेलकुद, मनोरन्जन, समाचार
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेशमाथि १२६ रनको फराकिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्का सहित ११३ रन बनाए । ओपनर इमरान शेख २६ तथा अर्का ओपनर सन्तोष कार्की ४२ रनमा आउट भए । कुशल मल्ल र विवेक यादवले सामान ३७ रन बनाए । मधेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए । विशाल पटेलले २ विकेट लिँदा रुपेश सिंह र राजेश यादवले समान १ विकेट लिए । आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेश ४८.३ ओभरमा १९४ रनमा अलआउट भयो । मधेशका लागि पवन सराफले सर्वाधिक ६५ रन बनाए । उनले ३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । ओपनर मयन यादवले ३४ रन बनाए । अर्का ओपनर अनिल शाहले १२ रन बनाए । ...

बालक अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

कृषि, मनोरन्जन, विचार, समाचार, संस्कृति
मोरङमा बालक अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका-१ का वडाध्यक्ष बाबुराम राजवंशीका नाबालक छोरालाई अपहरण गरेको आरोपमा प्रहरीले जहदा-१ का २० वर्षीय अभिषेक यादव,१९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका-१८ का २१ वर्षीय विवेकानन्द यादवलाई पक्राउ गरेको हो । जहदा-१ बुधनगरबाट पक्राउ परेका तीनै जना मिलेर १० वर्षीय धनीधर राजवंशीलाई अपहरण गरेको  देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको  मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । सुरुमा प्रहरीले अभिषेकलाई नियन्त्रणमा लिएको थियो ।  प्रहरी त्यसपछि अरु दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बालकलाई विराटनगर–१८ बाट सकुशल उद्धार गरेको छ । डीएसपी दाहालका अनुसार जहदा-१ बाट मंगलबार दिउँसो ३ बजेतिर बालक अपहरणमा परेका थिए ।...

सन्दीपलाई आठ वर्ष कैद सजाय

विचार, समाचार
जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपविरुद्धको रिटमा उक्त सजाय सुनाएको काठमाडौँ जिल्ला अदालतका वैतनिक वकिल बुनु भण्डारीले जानकारी दिनुभयो । यता काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका सन्दीप उच्च अदालत जाने हुनुभएको छ । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आउनुभएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जान लागिएको बताउनुभएको हो । बुधबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उहाँले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अ...
सर्लाहीको बरहथवामा कर्फ्यू आदेश

सर्लाहीको बरहथवामा कर्फ्यू आदेश

कृषि, विचार, समाचार, संस्कृति
जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा शुक्रबार ५ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्नरोन्नतिको विषयमा शुक्रबार दिउँसोदेखि भएको प्रदर्शन चर्किएपछि सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रणमा लिन बरहथवा बजार क्षेत्रमा साँझ ५ः३० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले स्थिति सामान्य पार्न शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू जारी गरिएको  बताउनुभयो। घटनामा बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशङ्कार साहको मृत्यु भएको छ । आन्दोलनकारीले प्रहरीले चलाएको गोली लागेर उहाँको मृत्यु भएको दाबी गरे पनि प्रहरीले अझै पुष्टि गरेको छैन । प्रदर्शनमा क्रममा नगरपालिकाको कार्यालय र नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि हवा...

जिल्ला अदालत परिसरबाट एक जना थुनुवा फरार

विचार, समाचार
काठमाडौं जिल्ला अदालत परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए । उनले भने, ‘फरार खड्काको खोजी गरिरहेका छौं ।’...

एमाले अध्यक्ष ओली पुगे बालुवाटार ,ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू

मनोरन्जन, विचार, समाचार
राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेलगतै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू भएको छ ।यसअघि बुधबार विहान कांग्रस र माओवादीबीच छलफल भएको थियो । दुई दलको सहमतिअनुसार सत्तारुढ चार दलको बैठक बसेको थियो ।...

नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान रुबिना प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी

खेलकुद, विचार, समाचार
कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि रुबिनाले कोशीका लागि सर्वाधिक ६२ रन बनाउनुभएको थियो । उहाँले उपाधिसहित यमाहाको स्कुटर पुरस्कार पाउनुभयो । नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान समेत रहनुभएकी रुबिनाले यस प्रतियोगितामा अलराउन्डर खेल प्रदर्शन गर्नुभयो । उहाँले १० खेलमा तीन अर्धशतकसहित कुल तीन सय ४५ रन बनाउनुका साथै ११ विकेट पनि लिनुभएको थियो । यस्तै उदीयमान खेलाडी ज्योत्स्निका मरासिनी, उत्कृष्ट ब्याटर सुमन खतिवडा र उत्कृष्ट बलर पूजा महतो चुनिनुभयो । व्यक्तिगत उत्कृष्टलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि जितेको हो । उपाधि विजेता टोली र खे...

शिवबहादुर गुरुङ र भविश्वर अर्याललाई कारागार चलान

विचार, समाचार
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका थिए । मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पोखरामा गितेन्द्र (जीबी) राईको समूहले खोलेको सूर्य दर्शन सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटे सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेको सहकारीका उपाध्यक्ष कैलाशक...
कोहलपुर नगरपालिकामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन

कोहलपुर नगरपालिकामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन

समाचार, संस्कृति
बाँकेको कोहलपुरमा महिलाका लागि स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा व्यवस्थापन निशुल्क शिविर सञ्चालन भएको छ ।  कोहलपुर नगरपालिका स्वास्थ्य शाखा र नगर अस्पतालको समन्वय तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको सहजीकरणमा शिविर आयोजना गरिएको हो । सो शिविरबाट कोहलपुरका २०७ जना महिलाको स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको कोहलपुर नगर अस्पतालका प्रमुख डा.रवि शर्मा वाग्लेले बताउनुभयो । उहाँले स्क्रिनिङ गरिएका मध्येमा पाँच जनामा भिआइए पोजेटिभ देखिएको बताउनुभयो । डा. वाग्लेका अनुसार शिविरमा क्यान्सर अस्पतालको विज्ञ चिकित्सकको टोलिले महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको थियो । खजुरा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.निरज भट्टराईको नेतृत्वको चिकित्सक टोलिमा मेडिकल अंकोलोजिष्ट डा.साजन थापा, युरोअंकोसर्जन ड...