Tuesday, May 26

*

संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली भारत तर्फ प्रस्थान

*, मनोरन्जन, विचार, समाचार
 भोलिदेखि भारतको पिथौरागढमा हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली भारत तर्फ प्रस्थान गरेको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ। गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो।  यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने छ।  ...

भारतबाट ल्याइएका मुर्रा राँगा नेपाललाई हस्तान्तरण

*, विचार, समाचार
भारत सरकारले नेपाललाई उपहार दिएको मुर्रा जातको राँगालाई विहीबार भारतीय अधिकारीले नेपालका अधिकारीलाई हस्तान्तरण गरेका छन् । भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैंस अनुसन्धान संस्थानका वरिष्ठ पशु चिकित्सक डा. राजेश कुमारले राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय काठमाडौंका प्रमुख माधव अर्याललाई नेपालगन्जस्थित पशु क्वारेन्टाइन चेकपोष्ट अन्तर्गतको होल्डिङयाडमा विहीबार मुर्रा राँगा हस्तान्तरण गर्नुभयो । बुधवार अपरान्ह ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा राँगा लोड गरेर पुगेका ट्रकलाई विभिन्न कागजपत्र नभएको भन्दै साढे चार घण्टासम्म रोकि राति अबेर मात्र नेपाल प्रवेश गर्न दिइएको थियो । विहीबार राँगा हस्तान्तरण गर्दै भारतीय पशु चिकित्सक राजेश कुमारले मुर्रा राँगाले भैंसीको नस्ल सुधारमा क्रान्ति ल्याउने बताउनुभयो । सो अवसरमा राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्...
इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

*, विचार, समाचार
काठमाडौँ I दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुबईको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताउनुभयो । उहाँले भन्नुभयो, “इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ । इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको छ । बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको छ ।” दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । आक्रमणमा परि डोटी लामीखाल-८ का पदम थापा, सल्यान सारदा-३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह...

चिनियाँ राष्ट्रपति सीद्वारा समवेदना

*, कृषि, विचार
काठमाडौँ I चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रवार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउनुभएको छ । आफ्नो सन्देशमा उहाँले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठुलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ । चिनियाँ सरकार र जनताकातर्फबाट राष्ट्रपति सीले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका जनताले अप्ठ्यारो पार गरी सकेसम्म चाँडो घर पुनः निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्दै नेपाललाई आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको उल्लेख गर्नुभएको छ । यसै गरी चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि आफ्ना नेपाली समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना सन्देश पठाउनुभएको छ ...
त्रिदेशीय टी-२० आई सिरिजमा आज हङकङ र युएई भिड्दै

त्रिदेशीय टी-२० आई सिरिजमा आज हङकङ र युएई भिड्दै

*, खेलकुद
त्रिदेशीय टी-२० आई सिरिजमा आज हङकङ र यूएईबीच प्रतिस्पर्धा हुँदैछ। माथिल्लो मूलपानी मैदानमा विहान ११ बजे सुरू हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। सिरिजको पहिलो खेलमा यूएई नेपालसँग ७ विकेटले पराजित भएको थियो। त्यस्तै सिरिजको दोस्रो खेलमा हङकङ नेपालसँग ६ विकेटले स्तब्ध बन्दा तेस्रो खेलमा ७९ रनले हार बेहोरेको थियो। आयोजक नेपाल फाइनलमा पुगिसकेको छ। अब यूएई र हङकङमध्ये एक टोली मात्र फाइनलमा प्रवेश गर्नेछन्।...
गाजाको अस्पतालमा भएको आक्रमणमा कम्तीमा ४ सय ७१ जनाको मृत्यु

गाजाको अस्पतालमा भएको आक्रमणमा कम्तीमा ४ सय ७१ जनाको मृत्यु

*, विचार
गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४७१ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको गाजास्थित हमासनियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । “ब्याप्टिस्ट अस्पतालभित्र इजरायलीद्वारा गरिएको सबैभन्दा ठूलो र सबैभन्दा हिंसात्मक नरसंहारमा मृत्यु हुनेको सङ्ख्या ४७१ पुगेको छ, र २८ जनाको अवस्था गम्भीर छ, साथै, ३१४ जना घाइते भएका छन्,“ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हुनसक्ने हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन् । आक्रमणले अरब विश्वमा आक्रोश फैलाएको छ । इजरायल र प्यालेस्टाइनी लडाकूसमूहले मङ्गलबार उक्त केन्द्रमा भएको आक्रमणका लागि एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।।...

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकासँग अष्ट्रेलिया १३४ रनले पराजित

*, खेलकुद, विचार
काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा तीन सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले शतकीय पारी खेले । उनले एक सय छ बल खेल्दै आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक एक सय नौ रनको योगदान दिए । यस्तै एडेन माक्रमले ५६ रन बनाए । उनले ४४ बल खेल्दै सात चौका र एक छक्का हाने । यसैगरी कप्तान टेम्बा बभुमाले ५५ बल खेल्दै दुई चौकासहित ३५, रास्सी भान डर डुसेन ३० बलमा दुई चौकासहित २६, हेनरिक क्लासेन २७ बल खेल्दै तीन चौकासहित २९, मार्को यानसनले २२ बलमा तीन चौका र एक छक्कासहित २६ तथा डेविड मिलरले १३ बल खेल्द...
नेपालको हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्री महतको आग्रह

नेपालको हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्री महतको आग्रह

*, मनोरन्जन, समाचार
काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (इयू)का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । इयूलाई नेपालमा आर्थिक सहायता बढाउन मन्त्री महतले आग्रह गर्नुभयो । सन् २०१३ देखि इयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । इयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो । विसं २०७९ फागुनमा इयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गर...

हङकङविरुद्धको खेलमा पूजा महतोले लिइन् डेब्यु विकेट

*, खेलकुद
आईसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चार देश सम्मेलित सिरिजको पहिलो खेलमा डेब्यु गरेकी पूजा महतोले विकेट लिएकी छन् । वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा हङकङविरुद्धको खेलमा पावरप्लेको दोस्रो ओभरमा पूजाले डेब्यु गरेकी हुन् । समाचार तयार हुँदासम्म पूजाले २ ओभर बलिङ गर्दै एक मेडनसहित २ रन खर्चेर एक विकेट लिएकी छन् । उनले चौथो ओभरको तेस्रो बलमा ओपनर यास्मिन दस्वानीलाई बोल्ड गर्दै डेब्यु विकेट लिएकी हुन् । पूजा कुनै पनि घरेलु क्रिकेट नखेली सीधै टिममा आएकी हुन् ।...