सर्लाहीको गोडैता नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
सर्लाहीको गोडैता नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । नगरपालिकाले शुक्रबार गोडैता नगरपालिका–३, स्थित जनता माध्यमिक विद्यालय भगवतीपुरमा नगरभरका ९१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई भेला पारेर साइकल वितरण गरेको हो ।
अत्यन्तै न्यून पारिश्रमिक लिएर गाउँघरमा स्वास्थ्य सेवा प्रवाह गर्न उच्च योगदान पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप नगरभित्र यसरी पहिलो पटक साइकल उपलब्ध गराइएको नगरप्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई पारिश्रमिक वापत मासिक एक हजार रुपियाँ दिँदै आएकोमा गोडैता नगरपालिकाले सो रकममा बपालिकाको तर्फबाट दुई हजार रुपियाँ थप गरेर उपलब्ध गराउँदै आएको छ । अधिकतम सुविधा लिएर पनि स्वास्थ्य सेवा प्रवाह गर्न निरन्तर परिचालित महिला स्वास्थ्य स्वयंसेविकालाई नगरप्रमुख यादव, उपप्रमुख अन्जना कुश...







