Wednesday, April 22

Author: टोखा खबर

सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुग्यो

सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुग्यो

अर्थ, समाचार
सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । आइतबार तोलामा रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला रू एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।।...
पठनपाठन तथा  शैक्षिक गतिविधिहरू पूर्ण रूपमा सञ्चालन गर्न सबै बिद्यालयलाइ टोखा नगरपालिकाको आग्रह

पठनपाठन तथा शैक्षिक गतिविधिहरू पूर्ण रूपमा सञ्चालन गर्न सबै बिद्यालयलाइ टोखा नगरपालिकाको आग्रह

टोखा खबर
टोखा नगरपालिकाले आफ्ना नगर क्षेत्र भित्रका सबै बिद्यालयलाइ पठनपाठन लगायतका शैक्षिक गतिविधिहरू पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । नगरपालिकाको शिक्षा शाखाले सबै बिद्यालयका लागि आज एक सूचना जारी गर्दै शैक्षिक सत्र सुरुवात भइ सकेकाले शिक्षक आन्दोलनका कारण भन्दै शैक्षिक शत्रका तालिका अनुसारका आफ्ना नियमित शैक्षिक गतिबिधिलाइ अबरोध नगर्न अनुरोध गरेको हो । शिक्षक आन्दोलनका कारण शैक्षिक गतिविधिहरू तथा पठनपाठन अवरुद्ध भएको भए अनिवार्य रूपमा मिति २०८२/०१/१० देखि पूर्ण रूपमा सञ्चालनमा ल्याई सुचारु गर्न र नगर शिक्षा ऐनको दफा १०४ बमोजिमको आचार संहिता शिक्षक तथा कर्मचारीबाट पालना गर्न गराउन समेत अनुरोध गरिएको छ । शिक्षक आन्दोलनले विद्यालय पठनपाठनका गतिविधिहरूमा प्रत्यक्ष असर परेको देखिएकाले शैक्षिक सत्र बैशाख एक गतेदेखि शुरुवात भइ सक्दा पनि नगर क्षेत्रका सबै बिद्यालयहरुमा विद्यार्थी भर्ना तथा पठन...
अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन प्रधानमन्त्री ओलीको आग्रह

अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन प्रधानमन्त्री ओलीको आग्रह

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान गर्नुभएको छ । नेपाल प्रगतिशिल प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताउनुभएको हो । विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन भएको र  ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सडकमा आन्दोलनमा आउनु नपर्ने  प्रधानमन्त्री ओलीले  बताउनु भएको छ ।...
शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

समाचार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ । देशभरका शिक्षकहरूले सङ्घीय राजधानीको सडकमा चर्काएको १९ दिन पुग्दा यता शिक्षामन्त्री भट्टराईले भने पदबाट राजीनामा दिनुभएको हो । उहाँले सोमवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनु भयो । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरूको मागलाई सम्बोधन गर्न उहाँ सक्रिय रूपमा लाग्नुभएको थियो । लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई पारित गर्न उहाँले सक्रियता बढाउनु भएको थियो । उहाँले सोमवार बस्ने प्रधानमन्त्री...
४० वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै ठमेलको एभरेस्ट स्कूल

४० वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै ठमेलको एभरेस्ट स्कूल

विचार
ठमेल काठमान्डौमा रहेको एभरेस्ट स्कूल प्रत्येक बर्ष धेरै नया बिद्यार्थीको रोजाईमा पर्दछ । ४० बर्ष भन्दा अघि स्थापना भइ निरन्तर रुपमा लामो समय देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एक उत्कृस्ट स्कुलको रुपमा परिचित छ । यसै एभरेस्ट स्कूलको पठनपाठन र ब्यबस्थापन सम्बन्धमा स्कूलका प्रिन्सिपल अनुप आचार्य संग गरिएको कुराकानी यस प्रकार छ: प्रश्न १: एभरेस्ट स्कूलले ४० वर्षदेखि शिक्षा प्रदान गर्दै आएको छ, यो निरन्तर लामो यात्राको मुख्य आधार र प्रेरणा के हो? हाम्रो प्रेरणा भनेको हरेक विद्यार्थीको सम्भावनालाई उजागर गर्नु हो। एभरेस्ट स्कूलको आधार भनेको विश्वास, पारिवारिक माहोल र समर्पित शिक्षण हो। एभरेस्ट स्कूल केवल एक शैक्षिक संस्था होइन, यो एउटा परिवार हो। हामीले सधैं विद्यार्थी, अभिभावक र शिक्षकहरूबीच पारिवारिक सम्बन्धलाई प्राथमिकता दिएका छौं। हामीले ४० वर्षदेखि परम्परागत मूल्य र आधुनिक शिक्षाको स...
१९ औ दिन शिक्षकहरूको प्रदर्शन जारी

१९ औ दिन शिक्षकहरूको प्रदर्शन जारी

समाचार
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । सोमवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् । सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरे सम्म विद्यालय नफर्किने अडान शिक्षकहरूको छ । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरूका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिविद्धतामा शिक्षकहरू विश्वस्त छैनन् । स...
आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी प्रतिवेदन अर्थमन्त्री पौडेललाई हस्तान्तरण

आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी प्रतिवेदन अर्थमन्त्री पौडेललाई हस्तान्तरण

समाचार
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ। सो प्रतिवेदन उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभएको हो। योजना आयोगले आगामी बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न सम्बन्धित मन्त्रालय, निकाय, र आयोगसँग छलफल गरी प्रतिवेदन तयार गरेको छ। अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत, कानुनी र संरचनागत सुधार हुँदै गएको र त्यसले सकारात्मक परिणाम दिएको बताउनुभयो। उहाँले आगामी बजेट सबल अर्थतन्त्र निर्माणमा केन्द्रित हुने दाबी गर्नुभएको छ। आयोगले प्रतिवेदनमा परियोजनाहरू प्राथमिकता दिने, खर्च कुशलता बढाउने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सघाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई बजेटमा समेट्नुपर्ने सुझाव दिएको छ। चालु आर्थिक वर्षमा दायित्व सिर्जना भएका तथा आगामी...
अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आम नागरिकमा गृह मन्त्रालयको अनुरोध

अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आम नागरिकमा गृह मन्त्रालयको अनुरोध

#, समाचार
काठमाडौँ, वैशाख ६  । गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“ संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानूनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।”...
टोखामा महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

टोखामा महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

#, टोखा खबर
काठमाडौँ  । नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा  महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ। टोखा-२ स्थित मिर्मिरे भवनमा शनिबार बिहान ८:०० बजेदेखि बेलुकी ३ बजे सम्म सञ्चालन भएको शिविरमा ३५० जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए  । “शुरुमै उपचार गरेमा क्यान्सर निको हुन्छ” भन्ने नारासहित आयोजित यो शिविरलाइ सह-आयोजनामा बाल विकास क्लब, मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि., गणेश इङ्गलिस सेकेन्डरी स्कूल, नेपाल भाषा साहित्य तःमुँज्या र जन ज्योति पुस्तकालय, टोखाले सहकार्य गरेका थिए। शिविरका लागि नाम दर्ता २०८१ चैत्र ३० गतेसम्म मिर्मिरे बचत तथा ऋण सहकारी संस्थामा गरिएको थियो। यसअघि २०८१ चैत्र २९ गते शुक्रबार दिउँसो ४:०० बजे मिर्मिरे भवनमा क्यान्सरसम्बन्धी स्वास्थ्य सचेतना तथा सतर्कता कार...
गणतन्त्र पक्षधर एक भइ अघि बढ्ने विषयमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताबिच छलफल

गणतन्त्र पक्षधर एक भइ अघि बढ्ने विषयमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताबिच छलफल

#, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताबिच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनोहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल छलफलमा सहभागी हुनुहुन्थ्यो। छलफलमा सङ्क्रमण...