Wednesday, April 22

Author: टोखा खबर

गायक सङ्गीतकार हेमन्त कान्छा रसाइलीको ‘जानै लाग्यो वैँश रिमई’ गीतको भिडियो सार्वजनिक

गायक सङ्गीतकार हेमन्त कान्छा रसाइलीको ‘जानै लाग्यो वैँश रिमई’ गीतको भिडियो सार्वजनिक

मनोरन्जन
गायक तथा सङ्गीतकार हेमन्त कान्छा रसाइलीको ‘जानै लाग्यो वैँश रिमई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिदाइको समयमा हुने रुवाबासी र मन कटक्क खाने दृश्यसहितको भिडियोमा गायक तथा सारङ्गीवादक हेमन्त कान्छा रसाइली र गायिका देवीघर्तीको स्वर सुन्न सकिन्छ । गीतमा राजकुमार बगरका शब्द सिर्जना छन्। गीतमा मिक्सिङ र मास्टरिङ एचबिएन किस्मतले गर्नुभएको छ । गायक स्वयम्कै सङ्गीत रहेको गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। मोडलद्वय हेमन्त र लक्ष्मी मज्जैसँग अभिनय गर्नुभएको छ । भिडियोमा जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथालाई निर्देशक एकिन्द्र शाशङ्करले कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । करण चैरसियाको छायाङ्कन, प्रविण भट्टको सम्पादन तथा कलर रहेको सार्वजनिक गीतको भिडियो गायक रसाइलीले युट्युब च्यानलबाट सार्वजनिक ...
एमाले र कांग्रेसबिच कुनै समस्या छैन : गृहमन्त्री रमेश लेखक

एमाले र कांग्रेसबिच कुनै समस्या छैन : गृहमन्त्री रमेश लेखक

समाचार
पोखरा। गृहमन्त्री रमेश लेखकले एमाले र कांग्रेसबिच कुनै समस्या नभएको जिकिर गर्नुभएको छ। शनिबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुबै दल सहमतिकै आधारमा अघि बढेको बताउनुभएको हो। लोकतन्त्रलाई समाप्त पार्ने खेल भइरहेको दाबी गर्दै उहाँले निरंकुशताको युग हामीले देखिसकेको बताउनुभयो। लोकतन्त्र समाप्त पार्नु भनेको पहिलो प्रहार मिडियामा हुने उहाँको भनाइ थियो। लोकतन्त्रको विकल्प नभएको बताउनुहँुदै लोकतन्त्रको नाममा कुनै निरंकुशता ल्याउन नेपाली जनता तयार नरहेको उल्लेख गर्नुभयो। संविधान संशोधनका लागि एमाले र कांग्रेसबिच संयुक्त कमिटी बनाउनेबारे सहमति बनेको उहाँले जानकारी दिनुभयो। ७० वर्षअघिको प्रहरी ऐन, २०१२ ले काम चलाइरहेको अवस्थामा प्रहरी समायोजनको काम भइरहेको उहाँले बताउनुभयो। ९ महिने सरकारमा रहिरहँदा आफूले नीतिगत र कानुनी सुधार गरेको उहाँले दाबी गर्नुभयो...
आजको मौसम : कोशी प्रदेश र बागमती प्रदेशमा मेघगर्जन सहित हल्का वर्षा ,देशभर आंशिक बदली रहने

आजको मौसम : कोशी प्रदेश र बागमती प्रदेशमा मेघगर्जन सहित हल्का वर्षा ,देशभर आंशिक बदली रहने

समाचार
काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भईरहेको छ ।  हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशको पहाडी भागका केही स्थानहरू र बाँकी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
टोखाको बिस्का नखः (जात्रा) आज सम्पन्न

टोखाको बिस्का नखः (जात्रा) आज सम्पन्न

टोखा खबर
प्राचिन शहर टोखामा हरेक बर्ष हुने धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बिस्का नखः (जात्रा) आज सम्पन्न भएको छ । नेवार समुदायको बाहुल्य रहेको टोखामा अघिल्ला वर्ष झैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म बिस्का नखः (जात्रा) चलेको थियो । यही वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक रुपमा बिस्का जात्रा सुरु भएको थियो । वैशाख २ गते टोखा नगरपालिका–२ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरी रथलाई सोही दिन माथिल्लो लाछीमा लगेर बिसाइएको थियो । यस्तै वैशाख ३ गते माथिल्लो लाछीमा सिन्दुर जात्रा गरेर उठाइएको रथ हासलटोलमा लगेर बिसाइएको थियो । रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ । अनी हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ । रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराएर सानो लाछीमा लगेर ब...
इ-सेवाबाट अनधिकृत रुपमा एक करोड ट्रान्सफर गर्ने पक्राउ

इ-सेवाबाट अनधिकृत रुपमा एक करोड ट्रान्सफर गर्ने पक्राउ

समाचार
काठमाडौँ- आर्थिक अपराधका गिरोहले खाता ‘सस्पेण्ड’ हुन लागेको बताउँदै अनधिकृत रुपमा चार हजारभन्दा बढीको इ-सेवाको खातामा पहुँच पुर्‍याइ करोडौँ रकम ट्रान्सफर गरेको पाइएको छ । ‘फिसिङ लिङ्क’ पठाइ इ-सेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौँको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका २२ वर्षीय राहुल बूढालाई प्रहरीले पक्राउ गरेको छ । उनले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिङ्क पठाइ खाता सस्पेण्ड हुन लागेको भनी चेतावनी दिइ भेरिफाइका लागि लिङ्क खोल्न लगाई इ–सेवामा अनधिकृत पहुँच पु-याइ रकम ठगी गरेका हुन् । उनले चार हजारभन्दा बढी व्यक्तिहरूको इ-सेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको खातामा एक करोड दुई लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो । रकम चोरीमा...
भारतीय पर्यटकलाई सीमापार आगमन सहज बनाउने प्रयास-नेपाल पर्यटन बोर्ड

भारतीय पर्यटकलाई सीमापार आगमन सहज बनाउने प्रयास-नेपाल पर्यटन बोर्ड

समाचार
नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरुका लागि सीमापार आवागमन सहज बनाउने प्रयास गरिरहको जनाएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासमा भएको ‘नेपाल फेस्टिभल’अन्तर्गत ‘दिगो पर्यटन सुदृढीकरणः धार्मिक, सम्पदागत र साहसिक पर्यटन प्रवर्द्धन’ शीर्षकको सत्रमा मङ्गलबार सम्पन्न कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भारतीय पर्यटकको आवागमन सहजताका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभएको थियो । वरिष्ठ निर्देशक ऐरले भन्नुभयो, “हामीले भारतीय पर्यटकको आवागमन सहजता बनाउने प्रयास गरिरहेका छौँ ।” यसका साथै धार्मिक तथा साहसिक पर्यटनलाई समेट्ने नेपालको समग्र दीर्घकालीन दृष्टिकोण र नीतिगत सुधारका कामहरु भइरहेको उहाँले जानकारी दिनुभयो । भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार भएकाले बोर्डले सीमा पार पर्यटन प्रवर्द्धनमा अझ सक्रिय भई सहकार्य गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा बोर्डकातर्फबा...
भोलिदेखि तीन दिन देशका विभिन्न भागहरूमा वर्षा हुने सम्भावना

भोलिदेखि तीन दिन देशका विभिन्न भागहरूमा वर्षा हुने सम्भावना

बिशेष
भोलिदेखि देशका विभिन्न भागहरूमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार एक/दुई दिन हल्कादेखि मध्यम वर्षा जारी रहने पूर्वानुमान गरिएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार बुधबारदेखि देशका अधिकांश स्थानहरूमा पानी पर्ने सम्भावना छ । ‘अबको तीन दिन देशभर विभिन्न ठाउँमा वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘अहिले गहुँ, मुसुरो जस्ता बाली काट्ने समय भएकाले कृषकहरूले मौसम जानकारी लिएर मात्र बाली भित्र्याउनुपर्छ ।’ कोशी प्रदेशमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले त्यहाँ विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागमा पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको जानकारी छ । महाशाखाले बेमौसमी वर्षाले कृषि उत्पादनमा असर पर्न सक्ने भन्दै किसान, यातायात सेवा र जनसाधारणलाई आवश्यक सावधा...
काठमाडौंमा जहाज आकस्मिक अवतरण गर्दा  त्रिभुवन विमानस्थलमा ५ मिनेट अवरुद्ध

काठमाडौंमा जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थलमा ५ मिनेट अवरुद्ध

#, समाचार
काठमाडौं । त्रिभुवन विमानस्थलमा ५ मिनेट अवरुद्ध भएको छ । जहाजमा समस्या आएपछि जहाज हटाउने समयमा विमानस्थल अवरुद्ध भएको हो । रामेछापबाट लुक्ला जान लागेको सिता एयरको जहाजमा समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण गर्दा विमानस्थल नै अवरुद्ध भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले १० बजेर ६ मिनेटदेखि १० बजेर ११ मिनेटसम्म विमानस्थल अवरुद्ध भएको बताए । उनका अनुसार अहिले सिताको जहाज पार्किङमा लगिएको छ । भने उडान र अवतरणमा केही समस्या छैन । जहाजको चेक जाँच भइरहेको छ ।...
उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट

उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट

गतिविधि
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छन्। विश्वभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायतका क्षेत्रमा ४० वर्षमुनिका ११६ जना छनोट भएका छन्। दक्षिण एसियाबाट ११ जनामध्ये नेपालबाट डंगोल एक्ली छानिएकी हुन् र उनी राजनीति क्षेत्रबाट छनोट भएका १९ मध्ये एक हुन्। थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीतिबाटै छनोट भएका छन्। वर्ल्ड इकोनोमिक फोरमले सुन्दर भविष्यका असाधारण व्यक्तिहरूलाई सीमित संख्यामा छनोट गर्छ। डंगोलले यो सम्मानप्रति गर्व व्यक्त गरेकी छन्।...
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्ड बीच नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउन सहकार्य

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्ड बीच नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउन सहकार्य

प्रबिधी
काठमाडौँ: नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्डले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउन सहकार्य गर्ने भएका छन्। दुवै संस्थाले नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई एनसीएचएलको नेपालपे क्यूआर र अन्य क्यूआर व्यापारिक स्थानहरूमा मास्टरकार्ड प्रयोग गरी सजिलै मोबाइल क्यूआर स्क्यान गरेर भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउने सहमति गरेका छन्। यस सहकार्यले मास्टरकार्ड प्रयोगकर्तालाई नेपालपे क्यूआर स्क्यान गरेर सामान तथा सेवाको भुक्तानी गर्न सहज बनाउनेछ। एनसीएचएलका अनुसार हाल नेपालमा नेपालपे क्यूआर र अन्य इन्टरअपरेबल क्यूआर नेटवर्कमा करिब १० लाखभन्दा बढी मर्चेन्ट आबद्ध छन्। मास्टरकार्डले विश्वभर तीन अर्बभन्दा बढी कार्ड जारी गरिसकेको छ। एनसीएचएल नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानीमा स्थापना भएको कम्पनी हो। यसले इलेक्ट्रोनिक चेक क्...