Wednesday, April 22

Author: टोखा खबर

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यान्मार भिड्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यान्मार भिड्दै

खेलकुद, समाचार
काठमाडौं। अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज म्यान्मारको सामना गर्दैछ । यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यान्मारले यसअघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा आ–आफ्नो स्थान सुरक्षित गरेका हुन् । नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन् । गोल अन्तरका आधारमा म्यान्मार अगाडि छ भने नेपाल दोस्रो स्थानमा छ । नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, आज यो खेलअघि लेबनान र किर्गिस्तान अपरान्ह १ बजेदेखि खेल्दै छन् । फाइनलबाट बाहिरिएपनि दुवै सान्त्वना जितको खोजीमा आजको खेल खेल्दै छन् । प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबी...
झडप बढ्न थालेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी

झडप बढ्न थालेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी

#, समाचार
ताप्लेजुङ- पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर झडप बढ्न थालेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्नुभएको हो । आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । आदेश उल्लङ्घन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानून अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।...
एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न

एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न

#, खेलकुद, गतिविधि
काठमाडौं।  एनसीएमटी (NCMT) कलेज  द्वारा आयोजित दोस्रो एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ। दुइ दिने खेल  प्रतियोगितामा १४  वटा कलेजका बिभिन्न टिमहरुले सहभागिता जनाएका थिए। खेल प्रतियोगिता २०८१  साल फागुन ९ र १० गते  मनांग मर्स्याङ्दी फुटसल, गोंगबुमा  भएको थियो। फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै  ए आइ टि एम (AITM) कलेज , ललितपुर प्रथम, र टेक्सास (Texas) कलेज, चाबहिल दितीयको  उपाधि जित्न सफल भएको थियो । त्यसै गरि सरस्वती बहुमुखी क्याम्पस, ठमेलले तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोंगको प्रमुख अतिथ्यतामा उद्घाटन सहित  फाइनल खेलपछि प्रमाण पत्र तथा  पुरस्कार वितरण  समारोह सम्पन्न भएको  थियो। नृत्य तथा सांस्कृतिक क्रियाकलाप सहित आयोजित समाहरोहमा  विजेता टोलीलाई ट्रफी, प्रमाण पत्र तथा पुरस्कृत राशी प्रदान गरिएको थियो। सामाखुशी...
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउने प्रतिभालाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पुरस्कार पाउने सबैको प्रशंसा गर्नुभएको हो । “नेपाली माटोलाई गौरवान्वित पार्ने प्रतिभालाई हार्दिक बधाई ! तपाईंहरूको लगन, परिश्रम र योगदानलाई सलाम !” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले आफूलाई युनिभर्सल पिस फेडेरेसन, कोरियाले सन् २०१८ डिसेम्बरमा “लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड” एक लाख अमेरिकी डलरको पुरस्कार प्राप्त भएको थियो र उक्त राशिमा त्यति नै थप गरी अक्षयकोष स्थापना गरेर हरेक वर्ष राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ । प्रधानमन्त्री ओलीका अनुसार पहिलो पटक चिकित्सक डा सन्दुक रूइत, कृषि उपकरण अन्वेषक रदी मिया र मादकपदार्थ सेवन गरी चलाएको सवारीसाधन आफैँ रोकिने प्...
देशभरको आजको मौसम पूर्वानुमान

देशभरको आजको मौसम पूर्वानुमान

समाचार
काठमाडौँ- हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहेको बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ । महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति...
काभ्रेमा बस दुर्घटना, एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

काभ्रेमा बस दुर्घटना, एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

गतिविधि
काभ्रे- जन्ती पुर्‍याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।...
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने समेतका माग

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने समेतका माग

#, समाचार
प्रतिनिधिसभाको आजको बैठकमा  सांसदहरुले विभिन्न मागहरु सहित  सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गर्नुभयो । आजको बैठकमा बोल्नुहुँदै सांसद अच्युतप्रसाद मैनालीले विद्यमान वन ऐनले जङ्गली जनावरको आक्रमणबाट पीडित हुनेलाई सरकारले राहत र क्षतिपूर्ति दिनुपर्ने स्पष्ट व्यवस्था नरहेकाले सोसम्बन्धी व्यवस्था गरिनुपर्ने बताउनुभयो । सांसद अन्जनी श्रेष्ठले जङ्गली जनावरको आक्रमण बढेको विषय संसद्मा उठाउनुभयो । सांसद टेकबहादुर गुरुङले सुक्खायाममा वनमा डढेलोको जोखिम बढी हुने भएकाले त्यसको न्यूनीकरण र आगलागी नियन्त्रणमा तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो । सांसद अनिशा नेपालीले आन्दोलनरत स्वर्गद्वारी गुठीका मोही किसानको जायज माग सम्बोधन गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।...
टोखा नगरपालिकामा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ

टोखा नगरपालिकामा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ

टोखा खबर
टोखा नगरपालिकाद्वारा आयोजित चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उद्घाटन भएको छ । माघ २९ गतेदेखि फाल्गुन ३ गते सम्म संचालन हुने प्रतियोगिताको आज तिलिङटार माध्यामिक विद्यालय,धापासीमा  उद्घाटन भएको हो । नगर प्रमुख प्रकाश अधिकारीको सभापतित्व र मा. स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संयुक्त रुपमा ब्यानर सहितको बेलुन उडाएर प्रतियोगिताको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा नगरपालिका बाट नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी., नगर प्रवक्ता बच्चुराज बस्याल, नगर खेलकुद समिति संयोजक नरोत्तम राना, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, तिलिङटार मा वि का प्रधानाध्यापक सरोज पाण्डे, नगरपालिकाका कर्मचारीहरू, पत्रकारहरू, विद्यार्थीहरू तथा स्थानीय जनसमुदायहरुको उपस्थिति रहेको थियो। उद्घाटन...
क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउदै सरकार

क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउदै सरकार

समाचार
असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन सरकार लागिपरेको  छ ।  क्षतिग्रस्त भएको ५ महिना पछी राजमार्ग पुनःनिर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ  । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत मन्त्रालयका अधिकारीहरुले क्षतिग्रस्त सडकको अनुगमन समेत गर्नुभएको छ । सडक अनुगमनमा क्रममा मन्त्री दाहालले करिब एक हप्तामा सडक पुनःनिर्माणका लागि स्रोत सुनिश्चितता हुने बताउनुभयो । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार एक हप्तामा क्षतिग्रस्त सडक पुनःनिर्माणको स्रोत सुनिश्चितता भए प्रक्रियागत रूपमा अघि बढ्दा आउँदा वैशाखसम्म ठेक्का लगाइ स्थायी पुनःनिर्माण थालिनेछ । कार्यालयद्वारा गत पुसमा गरिएको अध्ययनले क्षतिग्रस्त सडक पुनःनिर्माण गर...
सुनको मूल्य बढ्यो ,चाँदीको मूल्य घट्यो

सुनको मूल्य बढ्यो ,चाँदीको मूल्य घट्यो

अर्थ
आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो को तुलनामा  सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।...