Wednesday, April 22

Author: टोखा खबर

सामुदायिक भवनहरुको लगत संकलनको लागि ताकेता गर्दै टोखा नगरपालिका

सामुदायिक भवनहरुको लगत संकलनको लागि ताकेता गर्दै टोखा नगरपालिका

टोखा खबर
नगर क्षेत्र भित्र रहेका सामुदायिक भवनको लगत संकलनका लागि टोखा नगरपालिकाले सक्रियता कायम राखेको छ । सार्वजनिक सम्पतिको रुपमा रहेका सामुदायिक भवनको लगत संकलनको लागि नगरपालिकाले आफ्ना एघारै वटा वडालाइ हालै मिति २०८१ माघ ९ गते पुनः ताकेताको पत्र जारि गर्दै आफ्नो सक्रियतालाइ निरन्तरता दिएको हो । ‎ नगरपालिकाले सार्वजनिक सम्पति संरक्षण गर्न र त्यस्ता सार्वजनिक सम्पतिलाइ नगरपालिकाको स्वामित्वमा ल्याई आवश्यक ब्यबस्थापान गर्ने सन्दर्भमा यो प्रक्रिया अगाडी बढाएको हो । यस अघि मिति २०८१ असार ०५ मा सामुदायिक भवनहरुको विवरण नगरपालिका कार्यालयमा २०८१ असार ०७ गते भित्र उपलब्ध गराईदिन सबै वडाहरुलाइ पत्राचार गरेको थियो । मिति २०८० जेष्ठ १६ गते बसेको चौधौं नगरकार्यपालिका बैठकको निर्णयानुसार सामुदायिक भवन को लगत संकलन तथा भाडादर निर्धारण समिति गठन भएको थियो । सो अनुसार गठित कार्यदलको मिति २०८१ असार ५ गते बसे...
राष्ट्रपति पौडेल द्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

राष्ट्रपति पौडेल द्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

ताजा अपडेट, समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी सङ्घीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । राष्ट्रपति कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।...
डोनाल्ड ट्रम्पद्वारा ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण

डोनाल्ड ट्रम्पद्वारा ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण

समाचार
डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण गरेपछि उहाँले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट गर्नुभयो । उहाँले राष्ट्रको भविष्यको प्रगतिका लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्‍याउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नका लागि आह्वान गर्नुभयो । यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ।...
हिउँदे अधिवेशनबाट अध्यादेश पास भई लागु हुने :सञ्चारमन्त्री गुरुङ

हिउँदे अधिवेशनबाट अध्यादेश पास भई लागु हुने :सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, समाचार
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले माघ १८ गतेबाट सुरू हुने हिउँदे अधिवेशनबाट अध्यादेश पारित गरेर लागू गरिने बताउनुभएको छ । सोमबार लमजुङको मध्यनेपाल १ जितास्थित सप्तधारा माध्यमिक विद्यालयको ९१ औं बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले मुलुकको शासन ब्यवस्थामा देखिएको संकट टार्न अध्यादेश ल्याउनुपरेको बताउनुभयो । ‘अध्यादेशबारे विभिन्न टिप्पणी गरिएको छ । अध्यादेशको बाटो लियो भन्ने आरोप लगाइएको छ । तर त्यस्तो हैन’ मन्त्री गुरूङले भन्नुभयो, ‘संसद नभएको बेला अध्यादेश ल्याउने संबैधानिक ब्यवस्था छ । संसद नभएको बेला मुलुकमा आर्थिक संकट आयो भने बिखन्डनको कुरा आयो भने राष्ट्रिय स्वाधीनताको विषय आयो भने, ठुलो आपत विपत्ति आयो भने त्यसको सामना गर्न राज्यले नयाँ कानुन ल्याउनुपर्छ । त्यो नयाँ कानुन भनेको अध्यादेश हो ।’ उहाँले संसद अधिवेशन शुरू...
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

गतिविधि, समाचार
माघ ७ गते सोमबारदेखि कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदै छ । आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो । यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् । प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् । सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले सचिवालयमा तीन...
सुनको मूल्य तोलामा १ लाख ५७ हजार

सुनको मूल्य तोलामा १ लाख ५७ हजार

अर्थ, समाचार
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटेको जानकारी गराएको हो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो।...
आजदेखि कार्यभार सम्हाल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

आजदेखि कार्यभार सम्हाल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

ताजा अपडेट, समाचार
विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त हुनुभएको छ । राष्ट्रपतिको शपथ ग्रहणसँगै ट्रम्पले सोमवार अपराह्नदेखि राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको हो । गत नोभेम्बर ६ मा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले करिब साढे दुई महिनापछि सोमवार पदभार ग्रहण गर्नुभएको हो । यो क्षणलाई ट्रम्पले ‘अमेरिकाको मुक्तिको दिन’ भन्नुभएको छ । ७८ वर्षीय ट्रम्पको यो दोस्रो कार्यकाल हो । यस अघि उहाँ अमेरिकाको ४५ औँ राष्ट्रपति हुनुहुन्थ्यो । सत्ताच्युत भएको ठिक आठ वर्षपछि ट्रम्पको पुनरागमनलाई विश्वभरबाट बडो कौतुहलताका साथ हेरिएको छ भने अमेरिकामा वर्षौँदेखि गैर कानुनी तवरले लुकिछिपी रहेका आप्रवासीहरूको भने सातो गएको छ । ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेसँगै अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसबाट बिदाइ भएर जानुहुनेछ । बाहिरिनु भएको छ । बाइडेन र ट्रम्पबिच...
बुढानीलकण्ठमा  अपाङ्गता भएका बालबालिकाहरुको प्राथमिक स्वास्थ्य परिक्षण सम्पन्न

बुढानीलकण्ठमा  अपाङ्गता भएका बालबालिकाहरुको प्राथमिक स्वास्थ्य परिक्षण सम्पन्न

#, गतिविधि
६ माघ , काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा  अपाङ्गता भएका बालबालिकाहरुको प्राथमिक स्वास्थ्य परिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको मेयर कार्यकक्षमा सम्पन्न भएको कार्यक्रममा अपाङ्गतामा विशेष गरी AUTISM भएका २४ बालबालिकाहरुको स्वास्थ्य परिक्षण भएको थियो । अन्तरक्रिया तथा छलफल कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी,नगर अस्पताल निर्देशक डा. शुधांशु झा, डा. कौशल अधिकारी, महिला बालबालिका तथा समाजिक समावेशीकरण माहाशाखा प्रमुख पुष्पा बमको उपस्थिति रहेको थियो । बालबालिकाहरुको अवस्थाबारे अभिभावकहरु सँग भएको विशेष अन्तरक्रिया तथा छलफलमा ६५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।  ...
हमास समूहको नियन्त्रणमा रहेका नेपाली विपिनको रिहाइका लागि पहल हुदै

हमास समूहको नियन्त्रणमा रहेका नेपाली विपिनको रिहाइका लागि पहल हुदै

समाचार
काठमाडौं, माघ १ गते । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिरहनुभएको छ । यसैअन्तर्गत मन्त्री डा. राणाले मङ्गलबार बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गर्नुभएको छ । मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता हुनुहुन्छ । मन्त्री डा. राणाले कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको...
भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

गतिविधि
भक्तपुर । जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० देखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिनुभयो । भक्तपुरका चार नगरपालिकामध्ये सूर्यविनायक नगरपालिकाका चार हजार एक सय ६२, भक्तपुर नगरपालिकाका छ हजार सात सय ४२, मध्यपुरथिमि नगरपालिकाका चार हजार दुई सय तीन र चाँगुनारायण नगरपालिकाका दुई हजार पाँच सय ८४ किशोरीलाई एचपिभी खोप लगाइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ६ देखि १० सम्मका १६ हजार छ सय २८ र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ६३ किशोरीलाई खोप लगाइने छ । कार्यालयले खोप लगाउन खोप...