Wednesday, April 22

Author: टोखा खबर

शान्ति सेनामा नेपाल पहिलो

*, समाचार
संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो । शान्ति सेनामा यसअघि पहिलो नम्बरमा रहेको बङ्गलादेशको सङ्ख्या छ हजार १९७ रहेको छ । बङ्गलादेशभन्दा ५१ जना बढी शान्ति सैनिक खटाएर शान्ति सेनामा योगदान पुर्‍याउने मुलुकमा नेपाल पहिलो बनेको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालसहित १२१ राष्ट्रले द्वन्द्वग्रस्त मुलुकका २२ वटा मिसनमा ७६ हजार ४७९ जना शान्ति सेना खटाइएका छन् । जसमा ७० हजार एक सय पुरुष र छ हजार ३७९ जना महिला सैनिक छन् । नेपाल सरकारले शान्ति सेनामा हाल १० हजार पुर्‍याउने लक्ष्य राखेको छ । सन् १९५८ मा राष्ट्रसङ्घको आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेबनानमा पाँच जना नेपाली सैनिक पर्यवेक्षक टोली खटाएको थियो । शान्...

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

मनोरन्जन, विचार, समाचार
सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक पारित गरेको छ ।  कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन अनुसार प्रतिनिधि सभाले बुधबार विधेयक पारित गरेको हो । गत असोज २४ गते नै समितिले प्रतिवेदन पारित गरे पनि अघिल्लो अधिवेशनमा पारित हुन सकेको थिएन । चालु अधिवेशनमा प्रतिनिधि सभाले पारित गरेको यो पहिलो विधेयक हो ।    सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण र व्यावसायिक वातावरण प्रवर्धनका लागि भन्दै सरकारले १९ कानुन एकै पटक संशोधन अघि बढाएको थियो । अघिल्लो संसद्मा पनि उक्त विधेयक सरकारले ल्याएको थियो । तर विधेयक पारित नभई प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएको थियो । नयाँ संसद्मा सरकारले सुरुवातबाटै विधेयक अघि बढाएको थियो । विधेयकले नेपाल राष्ट्र बैङ...
नेपाल र क्यानडा भिड्दै

नेपाल र क्यानडा भिड्दै

*, खेलकुद, विचार, समाचार
आजबाट नेपाल र क्यानडाबिच तीन एक दिवसीय शृङ्खला सुरु हुँदै छ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारी स्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गर्दै लुटपाटको प्रयास

कृषि, मनोरन्जन, समाचार
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेर लुटपाटको प्रयास भएको छ । सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँदा बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार, एक राउण्ड गोली उनको पाखुरामा लागेको छ । ‘अहिले उहाँको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ’, उनले भने, ‘थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ, तर उहाँ खतरामुक्त हुनुहुन्छ ।’ प्रहरीका अनुसार, अज्ञात व्यक्तिले पेस्तोल र खुर्पा जस्तो धारिलो हतियार देखाएर स्कुटर छाड्न भनेको थियो । छोरासहित स्कुटरमा रहेका विश्वकर्माले नछाडेपछि एक राउण्ड फायर गरेको पाइएको प्रहरीले जनाएको छ ।...

श्री कृष्ण बरुणेश्वोर महादेव मन्दिर निर्माण का लागि टोखा र तारकेश्वर नगरप्रमुख बीच समझदारी पत्र (MOU) मा हस्ताक्षर

टोखा खबर, संस्कृति
ऐतिहासिक धार्मिक तथा पौराणिक स्थल को रुपमा परिचित बौडेश्वर महादेव मन्दिर परिसर क्षेत्र निर्माण गर्न को लागि टोखा र तारकेश्वर नगरपालिकाका नगर प्रमुखहरु बीच आपसी समझदारी पत्र मा संयुक्त हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।   आइतबार बिहान भएको कार्यक्रम मा दुवै नगरपालिका को सिमाना मा पर्ने श्री कृष्ण बरुणेश्वोर (बौडेश्वर) महादेव मन्दिर आसपास निर्माण गर्ने गरि दुइ करोड लागत को सहलगानीमा हस्ताक्षर भएको हो । दुवै नगरपालिका बाट एक-एक करोड को लगानी बाट मन्दिर परिसरमा पार्टी ,मन्दिर सम्म आउने बाटोमा सिंढी निर्माण तथा पंचमी नुहाउन को लागि स्नान कुण्ड लगाएत का भौतिक संरचना निर्माण गरिने गरि आपसी सहमति भएको छ । बौडेश्वर मन्दिर परिसरमा सम्पन्न भएको उक्त कार्यक्रममा टोखा नगरपालिका बाट नगरप्रमुख प्रकाश अधिकारी ,उप प्रमुख मुरारी तामांग, प्रशासकीय अधिकृत शेर बहादुर बि सी , र तारकेश्वर नगरपालिका बाट नग...

वीर अस्पताललाई चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउन हुँदैन: उपकुलपति बस्नेत

समाचार
काठमाडौँ, माघ १५ गते । चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रो. डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउन नहुने बताउनुभएको छ । सोमवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०६३ सालमा वीर अस्पताललाई चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान आङ्गिक अस्पताल बनाइएको बताउँदै अहिले संसदमा पेस भएको नेपाल ऐन संशोधनका दफा ४४ मा चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा संशोधन गरिएकोप्रति आफूहरूको असहमति रहेको बताउनुभयो । उहाँले चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, ०६३ को दफा १४ को १ मा संशोधन गरेर वीर अस्पताललाई चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानसँग छुट्याउनुपर्छ भन्ने पेस भएको बताउनुभयो । उहाँले संशोधनले विशेषज्ञ चिकित्सक उत्पादनमा प्रत्यक्ष असर गर्ने बताउनुभयो । उहाँले भन...

ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु, कैयौँ घाइते

*
वासिङ्टन, माघ १५ गते । अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकाले जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाको सीमा नजिक उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको बताउनुभएको हो । राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रशासनले आक्रमणका बारेमा अझै पनि सत्य तथ्य सङ्कलन गरिरहेको बताउनुभएको छ । यद्यपि उहाँले सिरिया र इराकमा सक्रिय इरान समर्थित लडाकू समूहलाई यस आक्रमणको लागि जिम्मेवार भएको दावी गर्नुभएको छ । अमेरिकी सेन्ट्रल कमाण्डले एक छुट्टै विज्ञप्ति जारी गर्दै एकतर्फी ड्रोनबाट गरिएको आक्रमणमा घाइते सैनिकको सङ्ख्या २५ पुगेको पुष्टि गरेको छ । बाइडनले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले सबै जिम्मे...
शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा स्मृति सभा

शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा स्मृति सभा

मनोरन्जन, समाचार
काठमाडौँ । शहीद सप्ताहअन्तर्गत आज छैटौँ दिन शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौँ महानगरपालिकाले आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा स्मृति सभा गरी उहाँहरूलाई स्मरण गरेको हो । स्मृति सभामा कामपाका उपप्रमुख सुनिता डङ्गोलले शहीदहरूको योगदानको गाथा पुस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो । “आज हामीलाई स्वतन्त्र बनाउन उहाँहरूले दिनुभएको प्राणको आहुति नयाँ पुस्तालाई बुझाउनुपर्छ”, उहाँले भन्नुभयो । आम नागरिकको स्वतन्त्रताका लागि सम्पूर्ण शहीदहरूले गर्नुभएको त्यागबाट प्राप्त उपलब्धिहरू हामीले कसरी पाएका छौँ । यस्ता कुरा हामी जनप्रतिनिधिले स्वमूल्याङ्कन गर्ने बेला आएको छ”, कामपा–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले भन्नुभयो । हुकुमी शासनको विरुद्धमा काम गरेको, जनतालाई प्रजातन्त्रका लागि उक्स...

विवाद मिलाउन गएका प्रहरीमाथि कुटपिट

समाचार, संस्कृति
रुकुम पश्चिम – रुकुम पश्चिममा कुटपिटबाट दुईजना प्रहरी घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका -३, स्यार्पूमा भएको सामान्य विवाद मिलाउन गएका प्रहरी कुटपिटबाट घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार घाइते हुनेमा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का रहेका छन् । घाइते शाहीको भित्री ढाडमा र खड्काको टाउकोमा चोट लागेको बताइएको छ । कुटपिट पछि घाइते दुवैजना प्रहरीको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ । प्रहरीले बताए अनुसार आइतबार बेलुकी ७ बजे स्यार्पु गाउँका ३४ वर्षीय हिरालाल केसीलाई स्थानीय गोबिन्द बिक र लक्ष्मण बिक लगायत १३-१४ जनाको समूहले कुटपिट गरेका थिए । कुटपिट लगत्तै स्थानीयले ईलाका प्रहरी कार्यालय बाँफिकोटलाई टेलिफोन मार्फत जानकारी गराएका थिए । त्यसपछि प्रहरी नायब निरीक्षक शोभा सिंह थारुको कमाण्डमा चारजनाको प्रहरी टोल...
नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

मनोरन्जन, समाचार
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानले वि...