आज देखि सरकार द्वारा चाडपर्वलक्षित सहुलियत पसल संचालन
काठमाडौँ, असोज २१ । सरकार द्वारा आज देखि उपत्यकासँगै बाहिरी जिल्लामा चाडपर्वलक्षित सहुलियत पसल संचालन हुदै छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिन विभिन्न जिल्लामा सहुुलियत पसल सञ्चालन हुन लागेको हो । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान (डिडिसी) र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहुलियत पसल सञ्चालन हुन लागेका हुन् ।
सहुलियत पसलमा दैनिक उपभोग्य खाद्यान्न छुटको व्यवस्था गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दसैँतिहार, छठ पर्वमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । चाडपर्वमा अत्यावश्यक खाद्य वस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज र सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ सहुलियत पसल सञ्चालन गर्न लागिएको उहाँले बताउनुभ...



