Tuesday, May 26

टोखा खबर

टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ

टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ

टोखा खबर, समाचार
काठमाडौँ, २८ असोज । काठमाडौँको टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गरिएको छ ।टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको रु १५ करोड ३८ लाख १५ हजार लागतमा निर्मित सो भवनको आज जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक बुढाथोकीले नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने उल्लेख गर्नुभयो । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका नगरवासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवाप्रवाह गर्न आग्रह गर्दछु,”– उहाँले भन्नुभयो । टोखा नगरपालिकाका प्रमुख अधिकारीले टोखाको विकासका लागि नगरपालिका लागेको भन्दै सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले छरिए...

टोखामा स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन सम्बन्धि अभिमुखिकरण सम्पन्न

टोखा खबर
टोखा नगरपालिका भित्रका स्वाथ्य संस्था ब्यवस्थापन समितिका सदस्य तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मिति २०८० साल असोज २१ गते देखि असोज २५ गते सम्म गरि ५ वडा का ५ वटा स्वास्थ्य सस्था तथा स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण प्रदान गरिएको थियो ।    अघिल्लो आर्थिक बर्षमा समेत गरि ११ वटै वडाका स्वास्थ ब्यबस्थापन समिती का सदस्य र स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सन्तोष कुवरले बताउनु भयो । गत आर्थिक बर्ष २०७९/०८० मा टोखा नगरपालिका बाट ३ वटा र स्वास्थ्य कार्यालय काठमाडौ बाट ३ वटा गरि ६ वटा वडाका स्वास्थ्य संस्थाका ब्यवस्थापन समिती सदस्यहरु र स्वास्थ्यकर्मीहरु लाई अभिमुखिकरण गरिएको थियो । नेपालको संविधानको धारा ३५ ले ब्यवस्था गरे अनुसार स्वास्थ्य स...

टोल स्तरीय खेलको आज दोस्रो दिनको खेल सम्पन्न:मालुंग र फुलबारी बिजयी

खेलकुद, टोखा खबर
टोखा न.पा वडा न - १ को टोल स्तरीय खेलको आज दोस्रो दिनको खेल पनि सम्पन्न भयको छ । भुतखेल चौरमा भयको उक्त खेल टोखा न.पा -१ का टोल / गाउ अर्थात् साबिक वडा बीच भयको थियो।   आज भयको पहिलो खेल  बिडारी गाउँ (साबिक वडा न- ५ ) र मालुंग ( साबिक वडा न ३ ) बीच भयको खेल मा मालुंग ले बिडारी गाउँ लाइ (२-१ )ले बिजयी भयको छ भने उक्त खेल बाट म्यान अफ द म्याच निकेश महर्जन हुनु भयको छ ।त्यसैगरी फुलबारी गाउँ (साबिक वडा न २ ) र लामिछाने गाउँ                            ( साबिक वडा न ९ ) बीच भयको खेलमा फुलबारी गाउँ ले लामिछाने गाउँ लाइ (३-०) गोल ले बिजयी भयको छ उक्त खेल बाट फुलबारी का खेलाडी सागर डंगोल म्यान अफ द म्याच हुनु भयको छ । भोलि दुलाल गाउँ (साबिक वडा न ७ ) र झोर (साबिक वडा न ६  ) को पहिलो खेल हुनेछ ,भने दोस्रो खेल जहानिय गाउँ (साबिक वडा न ४ )र लालबारी गाउँ (साबिक वडा न ८) बीच दोस्रो खेल हुनेछ ।...

टोखा नगरपालिकामा कर सप्ताह अभियान शुभारम्भ

टोखा खबर, समाचार
काठमाडौँ, १४ असोज।  टोखाको बिकास र संमृद्धिको आधार,दिगो र फराकिलो स्थानीय कराधार भन्ने मुल नारा सहित टोखामा प्रथम कर सप्ताह अभियान २०८० को आज बाट शुरुवात भएको छ । दैनिक फरक कार्यक्रम सहित कर सप्ताह अभियान आगामी असोज २० गतेसम्म संचालन हुनेछ । टोखाको भुतखेल मा आयोजित समुद्घघाटन समाहरोहमा बोल्दै नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले स्थानीय तहको मातहत कर प्रणाली रहेकाले करको दायरलाई फराकिलो बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । कर प्रणालीमा पारदर्शिता नभएको भन्दै उहाँले कर सेवालाई प्रविधिमा लैजानुपर्नेमा समेत जोड दिनुभयो । यसै गरि सप्ताह ब्यापी अभियानको समुद्घाटन समाहरोहमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखाले आन्तरिक कर प्रणालीलाई मजबुत बनाउनका लागि कर सप्ताह आयोजना गरेको बताउनुभयो । उहाँले कर सप्ताहले राजस्व सङ्कलन वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो...