Tuesday, October 27

समाचार

म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार भन्दा बढी

म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार भन्दा बढी

समाचार
म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघेको जुन्ता सरकारले बिहीबार जनाएको छ । छ दिन पहिले ७.७ म्याग्नीच्यूडको गएको भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या तीन हजार ८५ पुगेको पुष्टि भएको र ३४१ जना अझै बेपत्ता रहेको र चार हजार ७१५ जना घाइते भएको जुन्ता सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि १७ देशबाट करिब एक हजार टन राहत तथा अन्य सामग्रीसहित सयौँको सङ्ख्यामा उद्धार तथा सहायताकर्मी आइपुगेको जाउ मिन तुनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खोजी र उद्धारकार्यलाई निरन्तरता दिइरहेका छौँ, साथै, हामी अन्तर्राष्ट्रिय समुदाय र मेडिकल टोलीको कडा परिश्रमप्रति विशेष कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।”...
तराई–मधेस केन्द्रित सात दलद्वारा  सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा

तराई–मधेस केन्द्रित सात दलद्वारा सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा

समाचार
तराई–मधेस केन्द्रित सात राजनीतिक दलले सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन्। मोर्चाको उद्देश्य संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, र सुशासन प्रवर्द्धन गर्नु रहेको छ। मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी, र तजनता प्रगतिशील पार्टी समावेश छन्। मोर्चाले २६ बुँदे उद्देश्य र प्रतिबद्धता प्रस्तुत गरेको छ, जसमा प्रदेशको सीमाङ्कन, स्रोत साधनको न्यायोचित बाँडफाँट, र सङ्घीय लोकतान्त्रिक प्रणालीलाई समृद्ध बनाउने लक्ष्य समावेश छ। साथै, प्रहरी समायोजन ऐन र सङ्घीय निजामती ऐन निर्माणको कार्यलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।...
काठमाडौँमा बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित

काठमाडौँमा बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित

समाचार
काठमाडौँमा केही दिनदेखि बाक्लो तुवाँलो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान र अवतरण प्रभावित भएको छ। भिजिबिलिटी घटेकाले आइएफआर (Instrument Flight Rules) प्रविधिको सहारामा उडान र अवतरण भइरहेको छ। महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, हाल विमानस्थलमा तीन हजार मिटरको भिजिबिलिटी छ। तर, बिहीबार बुद्ध एयर, यति एयरलाइन्स, र श्री एयरलाइन्सका केही माउन्टेन फ्लाइटहरू भैरहवा र जनकपुरतर्फ डाइभर्ट भएका छन्। उडान तथा अवतरण हालसम्म रद्द गरिएको छैन।...
वायु प्रदूषणका हिसाबले काठमाडौं उपत्यका आज विश्वमै दोस्रो स्थानमा

वायु प्रदूषणका हिसाबले काठमाडौं उपत्यका आज विश्वमै दोस्रो स्थानमा

समाचार
काठमाडौ‌- काठमाडौं उपत्यकाको वायु प्रदूषण आज विश्वमै दोस्रो स्थानमा रहेको छ । प्रदूषणको दृष्टिले हिजो विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा रहेको हो । प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा रहेको एयर क्वालिटी इन्डेक्सले जनाएको छ । इन्डेक्सका अनुसार अहिले बिहान साढे ९ बजेको मापन अनुसार नेपालको वायु गुणस्तर सूचकाङ्क एक्यूआई २६८ छ भने भारतको ३९५ रहेको छ । विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र विभिन्न जंगलमा लागेको डढेलोको धुवाँको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च भएको विज्ञहरुले बताएका छन् । यस्तो बेला विशेष सावधानी नअपनाए स्वास्थ्य र वातावरण दुवैमा दीर्घकालीन असर पुर्याउने विज्ञहरुको भनाइ छ ।...
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबिच भेटवार्ता

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबिच भेटवार्ता

समाचार
थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबिच बुधबार भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्थ्यो । त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावात्राले स्वागत गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबिचका गैरसरकारी र व्यावसायिक संस्थाबिच विभिन्न छ सहमतिपत्र आदानप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्र...
भीमफेदीमा रहेको नेपाली सेनाको ब्यारेकमा आगलागी

भीमफेदीमा रहेको नेपाली सेनाको ब्यारेकमा आगलागी

#, समाचार
मकवानपुरको भीमफेदीमा रहेको नेपाली सेनाको बहुउद्देश्यीय प्लास्टिक कारखाना परिसरभित्रको सैनिक   भएको छ। आगलागीका कारण सेनाका जवान बस्ने भवनको एक तिहाई भाग जलेर नष्ट भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालका अनुसार बिहान ७:३० बजे विद्युत् सर्ट भएर सुरु भएको आगलागीले ब्यारेकका करिब १० वटा कोठामा पूर्ण क्षति पुर्‍याएको छ। राणाकालीन माटो र काठले बनेका घर भएकाले आगो नियन्त्रण गर्न दमकल प्रयोग गर्दा पनि समस्या भएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो। उहाँले आगलागीबाट मानवीय क्षति नभएको र ब्यारेकमा रहेका सामानहरू निकालिएको जानकारी दिनुभयो।...
२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

#, समाचार
काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरेको हो । एक जनालाई २५ करोडसहित पक्राउ गरेका छौं । यसबारे थप अनुसन्धान हुँदैछ’ अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले भने । यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।...
समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो: एमाले महासचिव शङ्कर पोखरेल

समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो: एमाले महासचिव शङ्कर पोखरेल

समाचार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का महासचिव शङ्कर पोखरेलले समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले आज आयोजना गरेको ‘राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवद्र्धनका लागि राजनीतिकर्मी भूमिका’ विषयको कार्यक्रममा समावेशितालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रुपमा स्वीकार गरिएको बताउनुभयो । महासचिव पोखरेलले सामाजिक र सांस्कृतिक मान्यताको कारण महिला पछाडि पारिएका टिप्पणी गर्नुभयो । महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिँदै उहाँले देशको संविधान र निर्वाचनसम्बन्धी कानुनले महिलाका निम्ति गरेको व्यवस्थाको पालना हुनुपर्छ भन्नुभयो । महासचिव पोखरेलले महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीले अधिकभन्दा अधिक महिल...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

समाचार
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।...
टोखामा दुइ मोटरसाइकल एक आपसमा जुध्दा एकको मृत्यु, एक जना गम्भीर घाइते

टोखामा दुइ मोटरसाइकल एक आपसमा जुध्दा एकको मृत्यु, एक जना गम्भीर घाइते

#, समाचार
२०८१ चैत २ । काठमाडौंको टोखा नगरपालिका–१ फुलबारी चोकमा दुइ मोटरसाइकल एक आपसमा जुध्दा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट शिवपुरी ५ का रिवाज आचार्य रहेका छन् । प्रहरी वृत्त महाराजगञ्जका अनुसार शनिबार दिउँसो १४ः२५ बजे टोखा–१ फूलबारी गेटस्थित सडक खण्डमा बा.प्र.०२.०३९ प.९८२८ र बा. प्र. ०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकल ठोक्किएको हो । ६३७८ नम्बरको मोटरसाइकल चालक आचार्यको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्को मोटरसाइकल चालक भोजपुर पवादुम्न गाउँपालिका–२ घर भई हाल भक्तपुर डेरा गरी बस्ने २८ वर्षीय प्रदीप तिवारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उक्त घटनापछि स्थानीयले सडकमा प्रदर्शन गरेका छन् । दुवै सवारी साधन प्रहरी प्रभाग टोखाले नियन्त्रणमा लिएको जनाइएको छ । दुर्घटना ह...