Tuesday, October 27

समाचार

काठमाडौँमा डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने

काठमाडौँमा डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने

प्रबिधी, समाचार
काठमाडौँ– महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तरराष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ । कार्यालयले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी यही फागुन १५ र १६ गते सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो । महान्यायाधिवक्ता रमेश बडालले सम्मेलनमा डिजिटल अपराध अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तरराष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानुनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने बताउनुभयो । काठमाडौँमा हुने सम्मेलनमा नेपाल, संयुक्त अधिराज्य (बेलायत), नेदरल्यान्ड्स, मलेसिया, साउदी अरेविया, सिङ्गापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलङ्का, नर्वे, रुसलगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानुनविज्ञ, न्...
सुनसहित नागढुंगाबाट एक भारतीय पक्राउ

सुनसहित नागढुंगाबाट एक भारतीय पक्राउ

समाचार
सुनसहित नागढुंगाबाट एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय रोकश कुमार छन् । उनीबाट ३५४ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई आइतबार राति साढे ९ बजे पक्राउ गरेको हो । उनी रुपदेन्हीको सुनौलीबाट काठमाडौं आउँदै गरेको लु २ ख ४४१५ नम्बरको बसमार्फत काठमाडौं आउँदै थिए । पक्राउ परेका उनलाई कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।...
लमजुङमा भूकम्पको धक्का

लमजुङमा भूकम्पको धक्का

समाचार
लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो। मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। मर्स्याङ्दी गाउँपालिका र सदरमुकाम बेंसीसहर वरपर भूकम्पको छोटो तर कडा झड्का महसुस भएको थियो । भूकम्पको झड्काले झसङ्ग बनाएको स्थानीयवासीले बताएका छन्। यसअघि पनि मर्स्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुनडाँडा केन्द्रबिन्दु भएर पटक-पटक भूकम्प गएका छन् । यसअघि २०७८ जेठ ५ गते बिहान लमजुङको मर्स्याङ्दी गाउँपालिका८ भुलभुले केन्द्रबिन्दु भएर गएको ५.८ म्याग्निच्यूड स्केलको भूकम्पले मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र बेसीसहर नगरपालिकाका करिब एक हजार घर पूर्णरूपमा क्षति भएका थिए । सो भूकम्पले दुई हजार घरमा आंशिक क्ष...
महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाइ अभियान हुने

महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाइ अभियान हुने

गतिविधि, समाचार
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति तथा उपसमितिहरू गठन गरेको छ । सोमवार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमितिका परिषद् सदस्य राजकुमार खत्रीले नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताए । फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाइको व्यवस्था समेत गरेको उनको भनाइ छ । उनले भने ‘२०८१ साल फागुन १४ गते बुधवार २६ फेब्रुअरी २०२५ दिन परेको यस वर्षको महान् पर्व शिवरात्रि पर्वमा लाखौँ संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरूको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्डलाई पालना गर्दै समग्ररुपमा दर्शनको व्यवस्था गर्न प्रभावकारी बनाउनका लागि पशुपति क्षेत्...
देशभरि पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशभरि पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

गतिविधि, समाचार
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। साथै, कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ। रातिको समयमा पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य ठाउँहरूमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी, र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपात पर्न सक्ने सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि मौसम पूर्वानुमानअनुसार, कोशी, बागमती, र गण्डकी प्रदेश...
महाशिवरात्रिका लागि आकर्षक बनाइँदै पशुपति क्षेत्र

महाशिवरात्रिका लागि आकर्षक बनाइँदै पशुपति क्षेत्र

बिशेष, समाचार
काठमाडौँ – महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपति क्षेत्रलाई झिलिमिलि बत्ती, फूल र रङरोगनले सिँगार्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। बत्तीका कारण रातभर उज्यालो देखिने पशुपति क्षेत्र नेपालका राष्ट्रिय झन्डाको आकारमा सजाइएका बत्तीहरूले झन् आकर्षक बनेको छ। पर्वको व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समितिअन्तर्गत नौ वटा उपसमिति बनाई सुरक्षा, अनुगमन, स्वयंसेवा, स्वास्थ्य, साधुसन्त व्यवस्थापन, प्रचारप्रसार, आवास-भोजन, दर्शन तथा सरसफाइजस्ता विषयमा तयारी अन्तिम चरणमा पुर्‍याइएको छ। कोषका सदस्य सचिव  डा मिलनकुमार थापाका अनुसार महाशिवरात्रि पर्वलाई भव्य बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।...
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यान्मार भिड्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यान्मार भिड्दै

खेलकुद, समाचार
काठमाडौं। अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज म्यान्मारको सामना गर्दैछ । यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यान्मारले यसअघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा आ–आफ्नो स्थान सुरक्षित गरेका हुन् । नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन् । गोल अन्तरका आधारमा म्यान्मार अगाडि छ भने नेपाल दोस्रो स्थानमा छ । नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, आज यो खेलअघि लेबनान र किर्गिस्तान अपरान्ह १ बजेदेखि खेल्दै छन् । फाइनलबाट बाहिरिएपनि दुवै सान्त्वना जितको खोजीमा आजको खेल खेल्दै छन् । प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबी...
झडप बढ्न थालेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी

झडप बढ्न थालेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी

#, समाचार
ताप्लेजुङ- पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर झडप बढ्न थालेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्नुभएको हो । आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । आदेश उल्लङ्घन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानून अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।...
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउने प्रतिभालाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पुरस्कार पाउने सबैको प्रशंसा गर्नुभएको हो । “नेपाली माटोलाई गौरवान्वित पार्ने प्रतिभालाई हार्दिक बधाई ! तपाईंहरूको लगन, परिश्रम र योगदानलाई सलाम !” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले आफूलाई युनिभर्सल पिस फेडेरेसन, कोरियाले सन् २०१८ डिसेम्बरमा “लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड” एक लाख अमेरिकी डलरको पुरस्कार प्राप्त भएको थियो र उक्त राशिमा त्यति नै थप गरी अक्षयकोष स्थापना गरेर हरेक वर्ष राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ । प्रधानमन्त्री ओलीका अनुसार पहिलो पटक चिकित्सक डा सन्दुक रूइत, कृषि उपकरण अन्वेषक रदी मिया र मादकपदार्थ सेवन गरी चलाएको सवारीसाधन आफैँ रोकिने प्...
देशभरको आजको मौसम पूर्वानुमान

देशभरको आजको मौसम पूर्वानुमान

समाचार
काठमाडौँ- हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहेको बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ । महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति...