Wednesday, May 27

समाचार

थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासत पठाउनेआदेश

थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासत पठाउनेआदेश

समाचार
थुनछेक बहस नसकिएपछि पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई हिरासत पठाइएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा  लामिछानेलाई जिल्ला अदालत चितवनले आजका लागि हिरासत पठाउने आदेश गरेको छ । चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णु आचार्यका अनुसार थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । बुधवार बिहान आफैँ उपस्थित भएका लामिछानेको बयान सकिए लगत्तै थुनछेक बहस सुरू गरिएको थियो । वादीका तर्फबाट जिल्ला न्यायधिवक्ता रवि न्यौपाने, सहन्यायधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए । जाहेर वालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएपछि निरन्तर सुनुवाइका लागि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको हो । बिहीबार १० बजे उपस्थित गराउने गरी जिम्मा लगाइएको छ । बहसमा जाहेरवालाका तर्फबाट वरिष्ठ अध...
पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो

पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो

समाचार
ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो । सरकार र आन्दोलनरत पक्षबिच सोमबार र मङ्गलबार भएको वार्ताबाट केबुलकार निर्माणको काम तत्कालका लागि स्थगित गर्ने र यातायात बन्द फिर्ता लिने लगायतका विषयमा सहमति भएको हो । पाथीभरा केबुलकार परियोजना सुरु भएदेखि नै परियोजनाको विरोध हुँदै आएकोमा पछिल्लो पटक निर्माणको काम थलेपछि थप द्वन्द्व बढेको थियो । निर्माणको काम थालेपछि सङ्घर्षरत पक्ष अर्थात ‘नो केबुलकार समूह’ र प्रहरीबिच झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा केही विरोधी गम्भीर घाइते भएका छन् भने अन्य दुवै पक्षका सामान्य घाइते थिए । सोही विषयलाई लिएर द्वन्द्व चर्किएपछ...
रास्वपा का सभापति रवि लामिछाने बयान दिन  चितवन जिल्ला अदालतमा उपस्थित

रास्वपा का सभापति रवि लामिछाने बयान दिन चितवन जिल्ला अदालतमा उपस्थित

समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिन उपस्थित भएका छन् । मंगलबार सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा उनीविरुद्ध मुद्दा दर्ता भएपछि उनी आज अदालत पुगेका हुन् । जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार लामिछानेको बयान लिने प्रक्रिया सुरु हुन लागेको छ । बयानपछि थुनछेक बहस हुनेछ, जसको आधारमा न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने निर्णय गर्नेछन् । लामिछानेविरुद्ध ठगीसम्बन्धी कसुरमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । यसअघि, कास्की, काठमाडौं, र रुपन्देही जिल्लामा पनि संगठित अपराधको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको पूरक अभियोजनमा लामिछानेमाथि ठगी कसुरमा मात्र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ क...
नेपाल टेलिकमले ई-सिम सेवा दिदै

नेपाल टेलिकमले ई-सिम सेवा दिदै

प्रबिधी, समाचार
नेपाल टेलिकमले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा आजदेखि ई-सिम सेवा लिन सकिने जनाएको छ । नेपाल टेलिकमको यो सुविधा एप र वेबसाइटबाटै पाइने भएको छ । मंगलबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित  २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले बताइन् । उनले भनिन्, ‘अहिलेसम्म ग्राहकहरूले ई-सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो । अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् ।’ ई-सिम एक प्रकारको डिजिटल अर्थात् इम्बेडेड सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ। ई-सिम प्रयोगमा आए पश्चात् सिमकार्ड परिवर...
आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप दिँदै

आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप दिँदै

समाचार, स्वास्थ्य
आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपि...
सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

समाचार
 यही माघ २३ गतेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबिच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको आह्वानमा मङ्गलबार दिउँसो ३ बजे सर्वदलीय बैठक बस्ने भएको छ । प्रदेशसभाको हिउँदे अधिवेशन  माघ १८ गते मात्र सुरु भएको थियो । उक्त बैठकमा तीनवटा विधेयक पेस गर्ने भनिए पनि दलहरूबीच विशेषगरी बजेट कार्यान्वयनका विषयमा सहमति नजुट्दा विधेयक पेस हुन सकेनन् । यही कारण आगामी बैठकलाई प्रभावकारी बनाउन सभामुख पाठकले सर्वदलीय छलफलको पहल गर्नुभएको हो । सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् ।...
आजबाट गण्डकी प्रदेशसभाको सातौं अधिवेशन सुरु

आजबाट गण्डकी प्रदेशसभाको सातौं अधिवेशन सुरु

गतिविधि, बिशेष, समाचार
आजबाट गण्डकी प्रदेशसभाको सातौं अधिवेशन सुरु हुने भएको छ । हिउँदे अधिवेशनको नामले चिनिने यो अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो २ बजे बस्ने छ । माघ ८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक आह्वान गरेका हुन । आइतबार भएको कार्य व्यवस्था परामर्श समितिले सोमबारको बैठकका कार्यसूची तय गरेको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश टेबुल गर्ने र प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्ने तय भएको छ ।...
विवाह भएको दुई महिनामै २१ वर्षीया युवतीको हत्या

विवाह भएको दुई महिनामै २१ वर्षीया युवतीको हत्या

समाचार
महोत्तरीमा विवाह भएको दुई महिनामै २१ वर्षीया युवतीको हत्या भएको घटना सार्वजनिक भएको छ । गौशाला नगरपालिका-८ की खुश्वु यादव आइतबार मृत अवस्थामा फेला परेकी हुन् । माइती पक्षले खुश्वुको हत्या उनका पति अभिषेक यादवले गरेको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालका अनुसार, फरार रहेका मृतक युवतीका पति अभिषेकको खोजी कार्य भइरहेको छ । हत्यामा परिवारका अन्य सदस्यको संलग्नताको आशंका रहेको उनको भनाई छ । खुश्वुको शव गौशाला वडा नम्बर-५ स्थित भिसघारी क्षेत्रमा फेला परेको थियो । प्रहरीका अनुसार, धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको देखिन्छ । ‘घरभन्दा केही टाढाको घारीमा उनको शव भेटिएको थियो,’ डीएसपी जैसवालले भने, ‘स्थानीयका अनुसार विवाहपछिका दिनहरूमा पतिपत्नीबीच झगडा हुने गरेको थियो, जसमा दाइजोको विषय पनि प्रमुख कारण हुनसक्छ ।’...
सरकारद्वारा ताप्लेजुङको पाथीभरा क्षेत्रमा उत्पन्न विवाद समाधान गर्न वार्ता टोली गठन

सरकारद्वारा ताप्लेजुङको पाथीभरा क्षेत्रमा उत्पन्न विवाद समाधान गर्न वार्ता टोली गठन

समाचार
  सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधान गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी वार्ता टोलीमा संघीय मामिला, संस्कृति, पर्यटन, नागरिक उड्डयन, र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहने जनाएको छ। आन्दोलनरत पक्षलाई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न अपिल गरिएको छ। गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ र छिमेकी जिल्लाका प्रतिनिधिहरूसँग संवाद गरेर समाधान खोज्न पहल गरेका छन्। सरकारी नियमावली अनुसार केवलकार निर्माणसम्बन्धी विषय संघीय मामिला मन्त्रालयसँग सम्बद्ध भएकाले समन्वय र सहजीकरण गरिएको छ।...
विद्याकी देवी सरस्वतीको पूजा गर्दै  श्रीपञ्चमी मनाइँदै

विद्याकी देवी सरस्वतीको पूजा गर्दै श्रीपञ्चमी मनाइँदै

समाचार
आज विद्याकी देवी सरस्वतीको पूजा गर्दै  श्रीपञ्चमी  मनाइँदै छ । आजको दिन विद्यामा वृद्धि होस् भनि सरस्वतीको को पुजा आरधानाका साथमा    पुस्तक, कापी, कलम र वाद्ययन्त्र आदिको पूजा गर्ने  गर्दछन । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु र यन्त्रहरुलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। आज बाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यस दिनलाई ‘वसन्तपञ्चमी’ भनिन्छ । ऋग्वेदमा वाग्देवीको नामले प्रसिद्धि पाएकी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको  छ । श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा (सूर्य दर्शन) राख्ने र बेलविवाह (इही) जस्ता सामा...