Wednesday, May 27

समाचार

शुक्रबार सुनको मूल्य बढेको छ

शुक्रबार सुनको मूल्य बढेको छ

अर्थ, समाचार
आज नेपाली बजारमा  सुनको मूल्य बढेको छ । सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ १८ गते शुक्रबार सुनको मूल्य तोलामा बढेर १ लाख ६२ हजार ८ सय पुगेको छ । बिहीबार यसको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला १ हजार ९१५ रुपैयाँ पुगेको छ । बिहीबार यो मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।...
आजदेखि संसद्को हिउँदे अधिवेशन  प्रारम्भ

आजदेखि संसद्को हिउँदे अधिवेशन प्रारम्भ

गतिविधि, ताजा अपडेट, समाचार
आजदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ हुँदै छ  । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । विधेयक अधिवेशनका रूपमा समेत चिनिने अधिवेशनमा विधायिकी कार्यलाई प्रभावकारी बनाउन विचाराधीन विधेयकको छलफललाई महत्व दिने तयारी छ । सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् । संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ । यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अधिवेशनैप...
काठमाडौंमा ल्होसारको रमझम

काठमाडौंमा ल्होसारको रमझम

गतिविधि, बिशेष, समाचार, संस्कृति
सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरियो । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।...
अमेरिकामा  विमान दुर्घटना : १८ जनाको शव भेटियो, उद्दार कार्य जारी

अमेरिकामा विमान दुर्घटना : १८ जनाको शव भेटियो, उद्दार कार्य जारी

बिशेष, समाचार
अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीहरूले उद्धृत गरी जानकारी गराएका छन् । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । नदीमा खोजी तथा उद्धार कार्य जारी छ। स्थानीय समय अनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको घटनाको अनुसन्धान सुरु गरिएको छ । दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्यहरू विमानस्थलमा पुगेका छन्। घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स र ट्रकपनि रहेका छन् । रेग...
ओखलढुङ्गा सुमो दुर्घटना : तीन जनाको मृत्यु

ओखलढुङ्गा सुमो दुर्घटना : तीन जनाको मृत्यु

समाचार
खोटाङबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।खोटाङबाट काठमाडौंका लागि छुटेको ना. १ ज. ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घना भएको भएको हो । सुमोमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थमा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उहाँको छोरा २८ वर्षीय पुजन गुरुङ र माया देवीको बहिनी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–का ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ । बिरामी मायादेवी गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर गएको बुझिएको छ । सुमोमा चालकसहित चार जना सवार थिए । तीन जनाको घटनास्थलमै मृत्यु ...
फाल्गुण २ र ३ गते रोजगार मेला आयोजना गर्दै बुढानिलकण्ठ नगरपालिका

फाल्गुण २ र ३ गते रोजगार मेला आयोजना गर्दै बुढानिलकण्ठ नगरपालिका

#, गतिविधि, बिशेष, समाचार
बुढानिलकण्ठ नगरपालिकाले यही फाल्गुण २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्ने भएको छ।“ शिक्षा , सीप र उधमसिलता रोजगारी हाम्रो प्राथमिकता “ भन्ने नारा सहित मेलामा युवा रोजगारीलाई प्राथमिकता दिएको मंगलवार पत्रकार सम्मेलन गर्दे बुढानिलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामाले जानकारी गराइन्। आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको अनिताले सुनाइन। अनिताले भनिन्- “ अहिलेको युवा पुस्ता खासै खुशी छैनन् किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेका छन्, न उनीहरु खुसी छन्, नत परिवार नै खुसी छ, त्यसकारण स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको हो।” मेलामा कुल ४८ वटा स्टल रहने छन्, ...
भारतको उत्तरप्रदेशस्थित कुम्भ मेलामा भागदौड मच्चिदा कयौं व्यक्ति हताहत

भारतको उत्तरप्रदेशस्थित कुम्भ मेलामा भागदौड मच्चिदा कयौं व्यक्ति हताहत

गतिविधि, समाचार
उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ । भारतको  प्रयागराजमा गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । भारतीय मिडियाहरुको अनुसार  मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन ।यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ । १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । तर मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानिसहरुको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरु हटाएर सडक खुला गर...
आइरन डोम-वायु सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश

आइरन डोम-वायु सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश

समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाका लागि इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ को योजना सुरु गर्न कार्यकारी आदेश जारी गर्नुभएको छ । ट्रम्पले रक्षा मन्त्रीलाई ६० दिनभित्र ब्यालिस्टिक, हाइपरसोनिक र उन्नत क्रुज क्षेप्यास्त्रहरूबाट सुरक्षा गर्न डिजाइन गरिएको ‘अर्को–पुस्ताको क्षेप्यास्त्र सुरक्षा कवच (नेक्स्ट–जेनेरेसन मिसाइल डिफेन्स शिल्ड)’ को कार्यान्वयन योजना पेस गर्न आदेश दिनुभएको छ । यसमा अन्तरिक्ष–आधारित अवरोधकहरूको विकास पनि समावेश छ । सन् २०२४ को चुनावी अभियानमा ट्रम्पले बारम्बार अमेरिकाका लागि इजरायलको आइरन डोम प्रणालीको संस्करण निर्माण गर्ने वाचा गर्नुभएको थियो । तथापि उहाँले यो प्रणाली छोटो दूरीका खतराहरूका लागि डिजाइन गरिएको तथ्यलाई बेवास्ता गर्नुभयो । यसले यसलाई संयुक्त राज्य अमेरिकाका लागि मुख्य खतरा रहेको महादेशीय क्षेप्यास्त्रहरू...
समाजिक सञ्जाल सम्बन्धि बिधेयक सङ्घीय संसदमा पेस

समाजिक सञ्जाल सम्बन्धि बिधेयक सङ्घीय संसदमा पेस

समाचार
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले समाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गरेको छ । सामाजिक सञ्जाल व्यवस्थापनमा गर्न विधेयक जति सक्दो छिटो ल्याउने कुरामा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जोड दिँदै आउनुभएको छ । यसै अनुरूप उक्त विधेयकलाई सङ्घीय संसद् समक्ष पेस गर्न २०८१ माघ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको थियो । मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव गजेन्द्रकुमार ठाकुरले सबैको चासोको विषय बनेको सामाजिक सञ्जाल व्यवस्थापन गर्न बनेको सञ्चार विधेयक अब सङ्घीय संसदमा पेस भई सदनमा छलफलको प्रक्रियामा जाने बताउनुभयो । त्यस्तै, मन्त्रालयको मिडिया काउन्सिल विधेयक पनि सङ्घीय संसदमा दर्ता भई छलफलको क्रममा रहेको छ भने सुरक्षा मुद्रणसम्बन्धी ऐन, २०८१ र सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ प्रमा...
ताप्लेजुङ घटनामा  पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्तामा आउन आह्वान

ताप्लेजुङ घटनामा पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्तामा आउन आह्वान

#, गतिविधि, समाचार
ताप्लेजुङ घटनामा पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्तामा आउन आह्वान गरेको छ   कोशी प्रदेश सरकारले गठन गरेको टोलीको मंगलबार बसेको  बैठकले  वार्तामा आउन आह्वान गरेको हो । गत शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा प्रहरी र केबलकारको विरोधमा रहेको पहिचान पक्षधरबीच झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । झडपमा २१ प्रहरी घाइते भएका थिए ।सो घटनापछि प्रदेश सभाको बैठकमा सांसदले ताप्लेजुङको विवाद वार्ताबाट समाधान गर्न माग गरेका थिए । ताप्लेजुङ पाथिभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरुसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाले वार्तामा आउन आह्वान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी...