Tuesday, October 27

समाचार

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

समाचार
 यही माघ २३ गतेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबिच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको आह्वानमा मङ्गलबार दिउँसो ३ बजे सर्वदलीय बैठक बस्ने भएको छ । प्रदेशसभाको हिउँदे अधिवेशन  माघ १८ गते मात्र सुरु भएको थियो । उक्त बैठकमा तीनवटा विधेयक पेस गर्ने भनिए पनि दलहरूबीच विशेषगरी बजेट कार्यान्वयनका विषयमा सहमति नजुट्दा विधेयक पेस हुन सकेनन् । यही कारण आगामी बैठकलाई प्रभावकारी बनाउन सभामुख पाठकले सर्वदलीय छलफलको पहल गर्नुभएको हो । सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् ।...
आजबाट गण्डकी प्रदेशसभाको सातौं अधिवेशन सुरु

आजबाट गण्डकी प्रदेशसभाको सातौं अधिवेशन सुरु

गतिविधि, बिशेष, समाचार
आजबाट गण्डकी प्रदेशसभाको सातौं अधिवेशन सुरु हुने भएको छ । हिउँदे अधिवेशनको नामले चिनिने यो अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो २ बजे बस्ने छ । माघ ८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक आह्वान गरेका हुन । आइतबार भएको कार्य व्यवस्था परामर्श समितिले सोमबारको बैठकका कार्यसूची तय गरेको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश टेबुल गर्ने र प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्ने तय भएको छ ।...
विवाह भएको दुई महिनामै २१ वर्षीया युवतीको हत्या

विवाह भएको दुई महिनामै २१ वर्षीया युवतीको हत्या

समाचार
महोत्तरीमा विवाह भएको दुई महिनामै २१ वर्षीया युवतीको हत्या भएको घटना सार्वजनिक भएको छ । गौशाला नगरपालिका-८ की खुश्वु यादव आइतबार मृत अवस्थामा फेला परेकी हुन् । माइती पक्षले खुश्वुको हत्या उनका पति अभिषेक यादवले गरेको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालका अनुसार, फरार रहेका मृतक युवतीका पति अभिषेकको खोजी कार्य भइरहेको छ । हत्यामा परिवारका अन्य सदस्यको संलग्नताको आशंका रहेको उनको भनाई छ । खुश्वुको शव गौशाला वडा नम्बर-५ स्थित भिसघारी क्षेत्रमा फेला परेको थियो । प्रहरीका अनुसार, धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको देखिन्छ । ‘घरभन्दा केही टाढाको घारीमा उनको शव भेटिएको थियो,’ डीएसपी जैसवालले भने, ‘स्थानीयका अनुसार विवाहपछिका दिनहरूमा पतिपत्नीबीच झगडा हुने गरेको थियो, जसमा दाइजोको विषय पनि प्रमुख कारण हुनसक्छ ।’...
सरकारद्वारा ताप्लेजुङको पाथीभरा क्षेत्रमा उत्पन्न विवाद समाधान गर्न वार्ता टोली गठन

सरकारद्वारा ताप्लेजुङको पाथीभरा क्षेत्रमा उत्पन्न विवाद समाधान गर्न वार्ता टोली गठन

समाचार
  सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधान गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी वार्ता टोलीमा संघीय मामिला, संस्कृति, पर्यटन, नागरिक उड्डयन, र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहने जनाएको छ। आन्दोलनरत पक्षलाई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न अपिल गरिएको छ। गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ र छिमेकी जिल्लाका प्रतिनिधिहरूसँग संवाद गरेर समाधान खोज्न पहल गरेका छन्। सरकारी नियमावली अनुसार केवलकार निर्माणसम्बन्धी विषय संघीय मामिला मन्त्रालयसँग सम्बद्ध भएकाले समन्वय र सहजीकरण गरिएको छ।...
विद्याकी देवी सरस्वतीको पूजा गर्दै  श्रीपञ्चमी मनाइँदै

विद्याकी देवी सरस्वतीको पूजा गर्दै श्रीपञ्चमी मनाइँदै

समाचार
आज विद्याकी देवी सरस्वतीको पूजा गर्दै  श्रीपञ्चमी  मनाइँदै छ । आजको दिन विद्यामा वृद्धि होस् भनि सरस्वतीको को पुजा आरधानाका साथमा    पुस्तक, कापी, कलम र वाद्ययन्त्र आदिको पूजा गर्ने  गर्दछन । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु र यन्त्रहरुलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। आज बाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यस दिनलाई ‘वसन्तपञ्चमी’ भनिन्छ । ऋग्वेदमा वाग्देवीको नामले प्रसिद्धि पाएकी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको  छ । श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा (सूर्य दर्शन) राख्ने र बेलविवाह (इही) जस्ता सामा...
अछाममा फूपुभदैनी नाता पर्ने  दुई जना किशोरीको हत्या

अछाममा फूपुभदैनी नाता पर्ने दुई जना किशोरीको हत्या

गतिविधि, समाचार
अछाममा फूपुभदैनी नाता पर्ने दुई जना किशोरीको हत्या गरेको खुलेको छ । ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको हो । यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुई जना किशोरले किशोरीको हत्या गरेको खुलेको छ । पक्राउ परेकाहरूलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरूले हत्या गरेको खुलेको हो । घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी ग...
डीएसपी भन्दै ठगी गरेको आरोपमा  धनुषामा एकजना पक्राउ

डीएसपी भन्दै ठगी गरेको आरोपमा  धनुषामा एकजना पक्राउ

समाचार
नेपाल प्रहरीका डीएसपी भन्दै ठगी गरेको आरोपमा  धनुषामा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका-२० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साह रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केबरको टोलिले उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको प्रहरी निरीक्षक जटशंकर यादवले जानकारी दिए । दिपकले डीएसपी भन्दै आफूसँग ५० हजार रुपैयाँ ठगी गरेको भनी धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का रमेश श्रेष्ठले इलाका प्रहरी कार्यालय ढल्केवरमा दिएको जाहेरीको आधारमा पक्राउ गरेको हो । दिपकलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप लि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।...
साउदी अरबमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु

साउदी अरबमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु

समाचार
साउदी अरबको पश्चिमी क्षेत्र जिजान भएको सडक दुर्घटनामा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी १५ जनाको मृत्यु भएकामा ३ जना नेपाली, ९ जना भारतीय र ३ जना घानाका नागरिक छन् । एक जना नेपाली घाइते भएका छन् । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । उनीहरुको नेपालको ठेगाना खुलाइएको छैन । जिजानबाट २६ जना कामदारलाई कार्यस्थलतर्फ लिएर जाँदै गरेको बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।...
त्रिकोणात्मक टी-२०: थाइल्याण्डको सामना गर्दै नेपाल

त्रिकोणात्मक टी-२०: थाइल्याण्डको सामना गर्दै नेपाल

खेलकुद, समाचार
त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा शनिबार नेपालले थाइल्याण्डसँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ। पहिलो खेलमा नेदरल्याण्ड्ससँँग २० रनले पराजित भएको नेपाल शनिबार थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ। यसअघि शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सविरुद्ध जित हात पार्दै प्रतियोगितामा विजय शुरुवात गरेको थियो।...
शनिबार तीन इजरायली बन्धक रिहा हुँदै

शनिबार तीन इजरायली बन्धक रिहा हुँदै

समाचार
इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह (हमास)बिच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक-कैदी आदानप्रदान शनिबार हुने भएको छ । शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । “इजरायलले भोलि हमासको कब्जाबाट मुक्त हुने अपेक्षा गरिएका बन्धकहरुको सूची प्राप्त गरेको छ । सूचीको पुनरावलोकन र परिवारलाई अद्यावधिक गरेपछि विस्तृत प्रतिक्रिया दिइनेछ,” प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो समाचार तयार पार्दासम्म रिहा हुने बन्धकको नाम सरकारले औपचारिकरुपमा सार्वजनिक गरिसकेको छैन । विज्ञप्तिमा अगाडि भनिएको छ, “सबै बन्धक परिवारलाई आईडीएफ (सैन्य) सम्पर्क अधिकारीहरूले अपहरितहरूको नामसहित अद्यावधिक गरेका छन् ।” शनिबार सार्वजनिक हुने सबै जीवित इजरायली पुरुष बन्धक रहेको पनि बताइएको छ । गत...