Wednesday, May 27

समाचार

राष्ट्रिय परिचयपत्र वितरणको काम सहज हुने :सञ्चारमन्त्री गुरुङ

राष्ट्रिय परिचयपत्र वितरणको काम सहज हुने :सञ्चारमन्त्री गुरुङ

समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय परिचयपत्र वितरणको कामलाई सहज बनाइने बताउनुभएको छ । कास्की जिल्ला प्रशासन कार्यालयमा आज आफ्नो राष्ट्रिय परिचयपत्र लिने क्रममा पत्रकारसँग कुरा गर्दै उहाँले सबै नागरिकको हातमा परिचयपत्र पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘परिचयपत्र वितरणमा ढिलाइ भएको गुनासो आएको छ’ उहाँले भन्नुभयो, ‘गुनासोलाई सम्बोधन गर्नेगरी सकारले काम अघि बढाएको छ ।’ नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयमा परिचयपत्र वितरणलाई सहज बनाइने बताउनुभयो । नेपाली नागरिकताको प्रमाणपत्रको कमीकमजोरीलाई हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन राष्ट्रिय परिचयपत्र वितरणलाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ । मन्त्री गुरुङले करिब दुई वर्षअघि कास्की जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका ला...
जिल्ला अदालत, रुपन्देहीले  रवि लामिछानेलाई १ करोड धरौटीमा  छाड्न आदेश

जिल्ला अदालत, रुपन्देहीले रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

ताजा अपडेट, समाचार
बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका रवि लामिछानेलाई जिल्ला अदालत, रुपन्देहीले  १ करोड धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए । लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो । सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, श्रीमती ...
सभामुख र दलका प्रमुख सचेतकबिच छलफल

सभामुख र दलका प्रमुख सचेतकबिच छलफल

बिशेष, समाचार
सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा आएका विधेयकबारे सत्तापक्ष र विपक्षी दलका  प्रमख सचेतकसँग छलफल गर्नुभएको छ। सभामुख घिमिरेले आइतबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आमन्त्रण प्रतिनिधिसभामा रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा धारणा माग गर्नुभएको हो। “सभामुखले राष्ट्रियसभाबाट पारित भएर आएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिमै अड्किएका अन्य विधेयकबारे धारणा माग गर्नुभएको छ, त्यसबारेमा पार्टीमा छलफल गरेर सोमबार फेरि सभामुखसँग बस्नेगरी आजको छलफल टुङ्गिएको छ”, कांगे्रस प्रमुख सचेतक घिमिरेले भन्नुभयो। एमाले प्रमुख सचेतक बर्तौलाले भने संसदमा विचाराधीन सबै विधेयक अघि बढ्ने बताउनुभएको थियो। संसद्को हिउँदे अधिवेशन ...
ताप्लेजुङ घटनाका घाइतेलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिंदै

ताप्लेजुङ घटनाका घाइतेलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिंदै

समाचार
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा प्रहरीसँगको झडपका क्रममा घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । प्रहरीले चलाएको गोली लागेर यामबहादुर लिम्बू र सगुन लावती गम्भीर घाइते छन् । झडपका क्रममा भिरबाट लडेका धर्मान पालुङ्वाको अवस्था पनि गम्भीर छ । अस्पताल स्रोतका अनुसार सगुन लावतीको छातीमा गोली लागेको छ । यामबहादुरको तिघ्रामा गोली लागेको छ । पालुङ्वाको कुम (व्युटीबोन) भाँच्चिएको छ । उनीहरू शनिबार साझको झडपमा घाइते भएका थिए । घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै  विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो । अस्पतालले थप उपचारका लागि रेफर गरेपछि काठमाडौं लैजाने तयारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ‘यहाँबाट रेफर भएपछि काठमाडौं पठाउन सेनाको हेलिकप्टर आउँदैछ,’ उनले भने, ‘हामीले यहाँबाट पठाउने प्रबन्ध गरेको ...
मतपत्रमा पानी फयाँकिएपछि अखिल क्रान्तिकारीको मतगणना स्थगित

मतपत्रमा पानी फयाँकिएपछि अखिल क्रान्तिकारीको मतगणना स्थगित

समाचार
माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि मतगणना भइरहेका बेला मतपत्रमा पानी फ्याँकिएपछि मधेश प्रदेशको गणना रोकिएको छ । मधेश प्रदेशमा एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि विवाद भएको थियो । विवादकै क्रममा अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएको आरोप जनार्दन शर्मानिकट विद्यार्थी नेताहरूको छ । सापकोटा शक्ति बस्नेत समर्थित हुन् । तर, सापकोटा पक्षले भने हेमन्त राई पक्षले मतपत्र च्यात्न खोजेको र नसकेपछि पानी फालेको आरोप लगाएको छ । मधेश प्रदेशमा अध्यक्षका उम्मेदवार नारायणकाजी श्रेष्ठ पक्षका उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् ।...
बाँकेमा चिसो अत्यधिक बढेपछि तीन दिनका लागि विद्यालय बन्द

बाँकेमा चिसो अत्यधिक बढेपछि तीन दिनका लागि विद्यालय बन्द

गतिविधि, ताजा अपडेट, समाचार
बाँकेमा चिसो अत्यधिक बढेपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई फेरी तीन दिनका लागि बन्द गरेर जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि फेरी तीन दिनका लागि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका उपसचिव रामबहादुर हमालले दिनुभएको जानकारी अनुसार चिसो अत्यधिक बढेकोले आइतवार माघ १३ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालयमा जाडो बिदा दिइएको हो । यसअघि पनि शीतलहर र चिसो बढ्दा गत पुस २६ गतेदेखि २९ गतेसम्म चार दिनका लागि कोहलपुर नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएको थियो । चिसोले बालबालिकाहरु फेरि प्रभावित भएको जानकारी आएकोले यस पटक नगरका सबै विद्यालय तीन दिन बन्द गरिएको उपसचिव हमालले जनाउनुभयो। यसैगरी, नेपालगन्ज उपमहानगर र खजुरा गाउँपालिकामा पनि चिसो बढेपछि विद्यालयहरु तीन दिनका लागि बन्द गरिएका थिए । आइतबारबाट...
राष्ट्रपति पौडेल द्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

राष्ट्रपति पौडेल द्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

ताजा अपडेट, समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी सङ्घीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । राष्ट्रपति कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।...
डोनाल्ड ट्रम्पद्वारा ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण

डोनाल्ड ट्रम्पद्वारा ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण

समाचार
डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण गरेपछि उहाँले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट गर्नुभयो । उहाँले राष्ट्रको भविष्यको प्रगतिका लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्‍याउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नका लागि आह्वान गर्नुभयो । यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ।...
हिउँदे अधिवेशनबाट अध्यादेश पास भई लागु हुने :सञ्चारमन्त्री गुरुङ

हिउँदे अधिवेशनबाट अध्यादेश पास भई लागु हुने :सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, समाचार
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले माघ १८ गतेबाट सुरू हुने हिउँदे अधिवेशनबाट अध्यादेश पारित गरेर लागू गरिने बताउनुभएको छ । सोमबार लमजुङको मध्यनेपाल १ जितास्थित सप्तधारा माध्यमिक विद्यालयको ९१ औं बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले मुलुकको शासन ब्यवस्थामा देखिएको संकट टार्न अध्यादेश ल्याउनुपरेको बताउनुभयो । ‘अध्यादेशबारे विभिन्न टिप्पणी गरिएको छ । अध्यादेशको बाटो लियो भन्ने आरोप लगाइएको छ । तर त्यस्तो हैन’ मन्त्री गुरूङले भन्नुभयो, ‘संसद नभएको बेला अध्यादेश ल्याउने संबैधानिक ब्यवस्था छ । संसद नभएको बेला मुलुकमा आर्थिक संकट आयो भने बिखन्डनको कुरा आयो भने राष्ट्रिय स्वाधीनताको विषय आयो भने, ठुलो आपत विपत्ति आयो भने त्यसको सामना गर्न राज्यले नयाँ कानुन ल्याउनुपर्छ । त्यो नयाँ कानुन भनेको अध्यादेश हो ।’ उहाँले संसद अधिवेशन शुरू...
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

गतिविधि, समाचार
माघ ७ गते सोमबारदेखि कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदै छ । आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो । यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् । प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् । सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले सचिवालयमा तीन...