Wednesday, May 27

समाचार

नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जना पक्राउ

नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जना पक्राउ

ताजा अपडेट, समाचार
नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जनालाई  प्रहरी पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका-२ हरिटोल ठेगाना भएको हाल ललितपुर महानगरपालिका-७ ग्वार्को बस्ने ३० वर्षीय डा.आलोक भन्ने जितेन्द्र मण्डल रहेको छ । प्रहरीका अनुसार मण्डलले सामाजिक सञ्जाल फेसबुक मार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रुपैयाँ समेत चोरी गरेको थियो । सोही पीडितको खबर प्राप्त भएपछि घटनाको अनुसन्धानको क्रममा  मण्डललाई काठमाडौँ  उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्कबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट नगद ५९ हजार ३ सय ६० रुपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ । उनलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान  र...
जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई भव्य स्वागत

जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई भव्य स्वागत

खेलकुद, समाचार
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेर जनकपुर फर्किएको जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई महोत्तरी जिल्लाको मटिहानी र जलेश्वरमा भव्य स्वागत गरिएको छ । जनकपुरबाट ट्रफीसहित शनिबार महोत्तरीको पिपरा हुदै मटिहानी प्रवेश गरेका खेलाडीहरुलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले २५ किलोको मालासहित सम्मान र स्वागत गर्नुभएको हो । खेलाडीलाई हरेक ठाउँमा स्थानीयले सडकमा फुलमालासहित स्वागत गरेका थिए । जनकपुर बोल्ट्सका खेलाडीहरु अनिल साह, आसिफ शेख, ललित राजवंशी, क्यानका उपाध्यक्ष महोत्तरीको जलेश्वर निवासी रोशन कुमार सिंहलगायतका खेलाडी र टिमलाई स्वागत गरिएको हो । जनकपुर बोल्ट्सले पहिलो संस्करणको उपाधि पाएर मधेशको नाम उच्च बनाएको वताउनुहुँदै मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले यो सम्मान र स्वागत सम्पूर्ण नेपाली खेलाडीको भएको बताउनुभयो । उहाँले एनपिएलको खेल हु...
प्रमुख दलको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री

प्रमुख दलको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री

ताजा अपडेट, समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको  सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । माछापुछ्रे गाउँपालिका-१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उहाँले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको हो । उहाँले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताउनुभएकाे हाे । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ ।” सञ्चारमन्त्रीले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँ...
आर्थिक विकासलाई गति दिनु सरकारको पहिलो दायित्व : मन्त्री गुरुङ

आर्थिक विकासलाई गति दिनु सरकारको पहिलो दायित्व : मन्त्री गुरुङ

समाचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताबाट मुलुकलाई निकास दिई आर्थिक विकासलाई गति दिनु अहिलेको सरकारको पहिलो दायित्व भएको बताउनुभएको छ । मन्त्रिपरिषद्को यही पुस ५ गते शुक्रबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री गुरुङले देशको राजनीतिलाई स्थिरता दिई विकास निर्माणका कामलाई गति दिनकै लागि अहिलेको सरकार बनेको बताउनुभयो । सञ्चारकर्मीले राखेको एक जिज्ञासाको जवाफमा सञ्चारमन्त्री गुरुङले राजनीतिक स्थिरताका लागि नै अहिलेको सत्ता गठबन्धन बनेको र दलहरुबीच कुनै समस्या नरहेको हुनाले अहिले सरकार ढल्ने वा सत्ता गठबन्धनमा परिवर्तन हुने कुनै सम्भावना समेत नरहेको बताउनुभयो । मन्त्री गुरुङले विगतको राजनीतिक अस्थिरताका कारण उत्पन्न समस्याबाट देशलाई थप क्षति हुन नदि...
तिब्बत नाक्छु शहरका मेयरका टोलीलाइ टोखा नगरपालिकामा सम्मान

तिब्बत नाक्छु शहरका मेयरका टोलीलाइ टोखा नगरपालिकामा सम्मान

#, टोखा खबर, समाचार
चिनको स्वशासित क्षेत्र नाक्छु  शहरका मेयर सहितका टोलीलाइ टोखा नगरपालिकाले सम्मान तथा अभिनन्दन गरेको छ । नगरपालिकाको निमन्त्रणामा औपचारिक भ्रमणका लागि काठमान्डौ आएका मेयर  तासी दोर्जी सहितका प्रतिनिधि मण्डललाई टोखाका नगर प्रमुख  प्रकाश अधिकारीले  सम्मान तथा अभिनन्दन गर्नु भएको थियो  । कार्तिक २५ गते बिहान टोखा बजारमा स्वागतार्थ आयोजित  स्वागत तथा सम्मान कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम  प्रस्तुत गरिएको थियो ।  छिमेकी मित्र राष्ट्र चिनबाट पाल्नु भएका  ६ जनाका प्रतिनिधि मण्डललाई  नगर प्रमुख लगाएत जनप्रतिनिधिहरु तथा टोखाका स्थानीयबासीहरुले नेवारी संस्कृति एबं बाजागाजा सहित  स्वागत गर्दै  टोखा बजारको परिक्रमा समेत गराइएको  थियो । निमन्त्रणा  गरि  भ्रमणमा बोलाउनु भएकोमा  मेयर  तासी दोर्जीले धन्यबाद ब्यक्त गर्दै आफु खुसि रहेको कुरा बताउनु भयो । साथै कोरोना संकट बेला आपसी सहायो...
फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: सांसद मनाङे

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: सांसद मनाङे

समाचार
काठमाडौँ – गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले आफू विरुद्धको मुद्दाको पूर्ण पाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने बताउनु भएको छ । व्यक्ति हत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उहाँलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेसँगै उहाँ सम्पर्कविहीन हुनुभएको थियो। शुक्रवार एक विज्ञप्ति जारी गर्दै उहाँले सर्वोच्चबाट फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाउनुभएको छ । पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताई सक्नु भएको छ । उहाँले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ । मनाङेको सांसद हुने योग्यतामा प्रश्न उठाइएको अर्को मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।...
नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुदा पाँच जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुदा पाँच जनाको मृत्यु

समाचार
चितवन I नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...
अमेरिकामा राष्ट्रपतीय निर्वाचनको आज मतदात हुदै

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको आज मतदात हुदै

समाचार
वासिङ्टन डिसी (अमेरिका)। विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा हुनुहुन्छ । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर...
मधेसमा मनाइने  छठ उत्सव आजदेखि  विधिपूर्वक सुरु

मधेसमा मनाइने छठ उत्सव आजदेखि विधिपूर्वक सुरु

समाचार
महोत्तरी- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो । जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी,...
पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद ,३० हजार जरिवाना

पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद ,३० हजार जरिवाना

समाचार
काठमाडौँ – पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्ने भएको छ । नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था रहेकोनेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई कानुनी व्यवस्था अनुसार काराही हुने उल्लेख गर्नुभयो । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले पटकाजन्य पदार्थको अवैधरुपमा हुने ओसारपसार नियन्त्रणका लागि सीमानाका तथा राजमार्गहरुमा चेकजाँच भइरहेको जानकारी दिनुभएको छ । पटाका जस्ता पदार्थबाट धनजनको क्षति हुन सक्ने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा कडाई...