Tuesday, May 26

टोखा खबर

बौडेश्वर माध्यमिक बिद्यालयका पुर्व विद्यार्थी समूह द्वारा  छात्रवृत्ति प्रदान

बौडेश्वर माध्यमिक बिद्यालयका पुर्व विद्यार्थी समूह द्वारा छात्रवृत्ति प्रदान

अर्थ, गतिविधि, टोखा खबर, समाचार
पुर्व विद्यार्थी समूह द्वारा श्री बौडेश्वर माध्यमिक बिद्यालय,टोखामा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुलाई  छात्रवृत्ति प्रदान गरिएको छ । बिद्यालयमा प्रशासन बाट छनौट भएका  बिपन्न तथा गरिब परिवारका जेहेन्दार ५ जना भाईबहिनीहरुलाई  १ बर्षे छात्रवृत्ति प्रदान गरिएको हो । बौडेश्वर माध्यमिक बिद्यालय बाट  २०६० साल मा एस एल सी दिएका ब्याच ६० का  भुतपुर्ब बिधार्थीहरुले  ३० हजार रुपैया बराबर को सहयोग गरेका  छन । २५ जना भुतपुर्ब  बिद्यार्थीहरु बाट संकलित रकमले हाल विभिन्न कक्षामा  अध्यनरत  ५ जना बिद्यार्थी लाइ  छात्रवृत्ति सहयोग गरिएको थियो । छात्रवृत्ति  सहयोग पाउने बिद्यार्थीहरुमा  भूमिका ढुंगाना (कक्षा ३ ), युनिसा राइ (कक्षा६ ) ,डेनी डंगोल (कक्षा ६ ) ,जेनिशा लामा(कक्षा ८ ) , निरोज भुजेल(कक्षा ९ )  रहेका छन् । छात्रवृत्ति  स्वरूप परीक्षा शुल्क  लगाएत भौतिक सामग्री हरुमा स्कुल झोला ,कालो र  सेतो जुत्...
टोखा नगरपालिकाद्वारा विष्णुमति सफाई अभियानको निरन्तरता

टोखा नगरपालिकाद्वारा विष्णुमति सफाई अभियानको निरन्तरता

टोखा खबर
टोखा नगरपालिकाले  विष्णुमति सरसफाई अभियानलाइ निरन्तरता दिएको छ। चौंथो हप्तामा आज बानियाँटार पुलदेखि मनोहरतिर्थ पुलसम्मको क्षेत्रमा सरसफाई गरि  विष्णुमति सफाई अभियान लाइ  निरन्तरता दिइएको हो  । आजको सरसफाई अभियानमा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, वडाका जनप्रतिनिधिहरु, नगर प्रहरि, नेपाल आर्मी र सशस्त्र प्रहरी  र   विभिन्न संघ संस्था तथा  स्थानीय नगरबासीहरुको  उपस्थिति एबं सहभागिता रहेको थियो । यो सरसफाईको महाअभियानमा  विभिन्न क्लव तथा फोहोर संकलन संस्थाहरुको समेत सक्रिय सहभागितामा रहदै  आएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखामा स्थानीय सरकारले गरेको कामकारवाहीबाट आतङ्कीत भएर प्रतिपक्ष दलले विरोधका नाममा ज्ञापनपत्र बु्झाउँदै हिँड्नुको सट्टा झण्डै बोकेर आफ्नो घर वरपर तथा विष्णुमती सफाई  अभियानमा सहभागी हुन  आग...
तेस्रो हप्ता विष्णुमती नदि सरसफाई गर्दै टोखा नगरपालिका

तेस्रो हप्ता विष्णुमती नदि सरसफाई गर्दै टोखा नगरपालिका

टोखा खबर
टोखा नगरपालिकाले आज तेस्रो हप्ता  शनिबार पनि  विष्णुमती नदि क्षेत्रमा  सरसफाई गरेको छ । हरेक शनिबार विष्णुमती साङ्गले खोला  लगाएत का नदीनाला लाइ  नियमित सरसफाई गर्ने अभियान स्वरूप आज पनि सरसफाई गरेको हो  । आज बिहान ६.३० बजे टोखाको ११ वडा कार्यालय  अगाडी क्षेत्रबाट सरसफाई अभियान शुभारम्भ  गरिएको थियो ।नगर क्षेत्र लाइ स्वच्छ सफा राख्ने अभियान स्वरूप नगरपालिका ले चलाएको यो महाअभियान मा नगरपालिकाका सबै वडाका जनप्रतिनिधि तथा स्थानीयबासी र कर्मचारी एबं स्वयंसेवीहरु सबैको सक्रिय सहभागिता  रहदै आएको छ । नगरपालिकाले गत बैशाख २० गते बसेको कार्यपालिका बैठक बाट निर्णय गरि यो अभियान सुचारु गरेको थियो ।कला संस्कृति युक्त स्वच्छ समुन्नत टोखा नगर बनाउने अभिप्रायले  निरन्तर चल्ने  यो महाअभियानमा सक्रिय  सहभागी हुन नगरवासी तथा सम्बन्धित सबैमा  नगरपालिकाले अनुरोध समेत गरेको छ ।...
टोखाका साहित्यकारहरु सम्मानित

टोखाका साहित्यकारहरु सम्मानित

#, टोखा खबर, बिशेष, साहित्य
२०८१ बैशाख २९ गते,काठमाडौ । टोखा नगरपालिका र १ नं.वडा कार्यलय,झोर महाँकालको आयोजनामा साहित्यको जगेर्ना तथा प्रवर्धन कार्यक्रम -२०८१ का.जि.टोखा न.पा. वडा नं. १ स्थित झरना पार्टी प्यालेसको प्रेक्षालयमा स्थानीय तथा विभिन्न क्षेत्रबाट पाल्नुभएका साहित्यिक व्यक्तित्वहरूको उत्साहजनक उपस्थितिका साथ आज भव्य रूपमा सम्पन्न भयो ।उक्त कार्यक्रममा लामो समयदेखि साधनारत विभिन्न विधाद्वारा नेपाली भाषा साहित्यलाई जगेर्ना तथा प्रवर्धन गर्नुहुने स्थानीय १५ सर्जकहरूलाई नगद र सम्मानपत्र तथा मायाको चिनो सहित सम्मानित गरिएको थियो । टोखा न.पा. १ नं. वडाका वडा अध्यक्ष श्री रमेश कुमार लामिछानेज्यूको सभापतित्व , टोखा न.पा. का नगर प्रमुख श्री प्रकाश अधिकारीज्यूको प्रमुख आतिथ्य तथा साहित्यका विभिन्न विशिष्ट व्यक्तित्वज्यूहरूको आतिथ्य रहेको उक्त कार्यक्रममा स्थानीय सर्जक लगायत ३५ जना सर्जकहरूले आ आफ्ना रचना वाचन गर...
टोखा झोरमा  श्रस्टा सम्मान कार्यक्रम सम्पन्न

टोखा झोरमा श्रस्टा सम्मान कार्यक्रम सम्पन्न

टोखा खबर, साहित्य
टोखा नगरपालिका र टोखा नगरपालिका वडा नम्बर १ को संयुक्त आयोजना मा श्रस्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ  । साहित्य जगेर्ना तथा प्रवर्द्धन  गर्नका निमित  आयोजनामा गरिएको  कार्यक्रममा टोखा नगर पालिकाका नगरप्रमुख  प्रकाश अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको यस  कार्यक्रममा   बरिष्ठ   साहित्यकार डा० दामोदर पुडासैनी, मुक्तकार संन्तोष अमागाई तथा  साहित्य विधा कै हस्तिको रुपमा परिचित वासुदेव गुरागाई लगायत विशिष्ट ओहोदाका साहित्य संग सम्बंधित व्यक्तिहरुको  उपस्थिति रहेको थियो । झोरस्थित झरना पार्टी प्यालेसमा आयोजित  कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर १ झोरका विभिन्न साहित्यिक विधामा लामो समय  कलम चलाएका श्रष्ठाहरु लाई सम्मान गरिएको थियो  । जसमा  झोरका स्वर्गीय मंगलबहादुर तामाङ, स्वर्गीय भैरव अधिकारी, नरहरी दुलाल, श्यामकाजी श्रेष्ठ, शुदर्शन अधिकारी, सुमन कुमार धिताल, सुन्दर लामिछाने, ईश्...
टोखामा विष्णुमति नदि सरसफाई अभियानको  शुभारम्भ

टोखामा विष्णुमति नदि सरसफाई अभियानको शुभारम्भ

टोखा खबर, संस्कृति
टोखा नगरपालिकाले विष्णुमति नदि सरसफाई अभियान शुभारम्भ गरेको छ ।निरन्तर रुपमा हरेक शनिबार बिहान सरसफाई गरिने गरि आज बाट अभियान को शुरुवात भएको हो । विष्णुमति नदिको मेरिगोल्ड पुलबाट आज शुरुवात गरिएको सरसफाई अभियानमा नगरप्रमुख, उपप्रमुख , प्रशसकिय प्रमुख, जनप्रतिनिधिज्युहरु, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी , नगरपालीका भित्र सरसफाई अभियानमा लाग्ने सरसफाई कर्मि तथा स्थानीय एबं नगरवासीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।  नगरपालिका कै एक मुख्य नदि विष्णुमति नदि भएकोले यसलाइ स्वच्छ, सफा बनाउने अभियान मा नगरबासी तथा सबैले जुटेर कार्य गर्नु पर्ने नगर प्रमुख प्रकाश अधिकारी ले बताउनु भयो । यसै गरि नदि हाम्रो सभ्यता भएको ले यसलाई सरसफाई गर्नु अति नै आवश्यक रहेकोले विष्णुमति करिडोर र खोलालाइ सरसफाइ गर्न सबै लाइ संलग्न गराएर एबं सबै को स्वमित्व हुने गरि नगरपालिका अगाडी बढे...
टोखामा विष्णुमति नदि सरसफाई अभियानको शुभारम्भ

टोखामा विष्णुमति नदि सरसफाई अभियानको शुभारम्भ

#, टोखा खबर
टोखा नगरपालिकाले विष्णुमति नदि सरसफाई अभियान शुभारम्भ गरेको छ ।निरन्तर रुपमा हरेक शनिबार बिहान सरसफाई गरिने गरि आज बाट अभियान को शुरुवात भएको हो । विष्णुमति नदिको मेरिगोल्ड पुलबाट आज शुरुवात गरिएको सरसफाई अभियानमा नगरप्रमुख, उपप्रमुख , प्रशसकिय प्रमुख, जनप्रतिनिधिज्युहरु, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी , नगरपालीका भित्र सरसफाई अभियानमा लाग्ने सरसफाई कर्मि तथा स्थानीय एबं नगरवासीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । नगरपालिका कै एक मुख्य नदि विष्णुमति नदि भएकोले यसलाइ स्वच्छ, सफा बनाउने अभियान मा नगरबासी तथा सबैले जुटेर कार्य गर्नु पर्ने नगर प्रमुख प्रकाश अधिकारी ले बताउनु भयो । यसै गरि नदि हाम्रो सभ्यता भएको ले यसलाई सरसफाई गर्नु अति नै आवश्यक रहेकोले विष्णुमति करिडोर र खोलालाइ सरसफाइ गर्न सबै लाइ संलग्न गराएर एबं सबै को स्वमित्व हुने गरि नगरपालिका अगाडी बढे...
नगरबासीका लागि टोखा नगरपालिका बाटै राष्ट्रिय परिचय पत्र वितरण शुरु

नगरबासीका लागि टोखा नगरपालिका बाटै राष्ट्रिय परिचय पत्र वितरण शुरु

टोखा खबर
टोखा नगरपालिकामा  राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण बिभाग र नगरपालिकाको संयुक्त आयोजनामा आज राष्ट्रिय परिचय पत्र वितरण अभियान सम्बन्धि अभिमुखीकरण तथा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। टोखा नगरपालिका को सभाहल मा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख मुरारी तामांग लाइ प्रमुख अतिथि युबराज कटेलले परिचय पत्र दिएर वितरण कार्यक्रमको शुभारम्भ गरिएको हो । राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण बिभागका महानिर्देशक युबराज कटेल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा बिभागका निर्देशक मुकेश केशरी र पर्ब प्रसाद सापकोटा, नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामांग ,प्रशासकीय प्रमुख शेरबहादुर बि सी , शिक्षा प्रमुख बाबुराम गौतम तथा नगरपालिका सबै वडाका वडाध्यक्षहरु साथै नगरपालिकाका कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु, कर्मचारीहरु साथै अन्य संघ संस्थाहरुबाट पाल्नु भएका महानुभाबहरुको उपस्थिति रहेको थियो ।...
टोखा नगरपालिकाको व्यावसाय दर्ता अभियान २०८० अन्तर्गतको स्थलगत अनुगमन (फोटो फिचर )

टोखा नगरपालिकाको व्यावसाय दर्ता अभियान २०८० अन्तर्गतको स्थलगत अनुगमन (फोटो फिचर )

टोखा खबर
टोखा नगरपालिकाको व्यावसाय दर्ता अभियान २०८० अन्तर्गतको स्थलगत अनुगमन (फोटो फिचर )  
टोखामा थप सुबिधा सहित मेयर दिर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ

टोखामा थप सुबिधा सहित मेयर दिर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ

#, टोखा खबर
टोखा नगरपालिकाले तेस्रो पटक जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परिक्षणको मेयर दिर्घायु निःशुल्क स्वास्थ्य परीक्षण ( होलबडी चेकअप) कार्यक्रमको शुभारम्भ गरेको छ ।थप सुबिधाको व्यवस्था सहितको स्वास्थ्य परीक्षण कार्यक्रमको आज नगर प्रमुख श्री प्रकाश अधिकारीले समुद्घाटन गर्नु भएको हो । चण्डेश्वरी प्रादेशिक अस्पतालमा भएको समुद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बिसी, १ देखि ११ वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरसभा सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुख एबं कर्मचारीहरु लगाएत महिला स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो । बिगत २ बर्षदेखि नगरबासी लाइ उपलब्ध हुदै आएको चालू आब २०८०/०८१ का लागि संचालित यो तेस्रो नियमित कार्यक्रममा नगरबासी का लागी थाइरोइड, मुटु तथा छातीका परिक्षण, सुगर ,युरिक एसिडका का परिक्षण, बिशेषज्ञ सेवा आदि जस्ता सेवा तथा...