Monday, October 26

समाचार

पाकिस्तानले ३ घण्टामै तोड्यो युद्धविराम, जम्मू कश्मीरमा फेरि ड्रोन आक्रमण र गोलाबारी

पाकिस्तानले ३ घण्टामै तोड्यो युद्धविराम, जम्मू कश्मीरमा फेरि ड्रोन आक्रमण र गोलाबारी

समाचार
भारत र पाकिस्तानबीच ८६ घण्टा लामो युद्ध शनिबार साँझ ५ बजे समाप्त भएको ३ घण्टामै पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ। जम्मू कश्मीरमा सीमापार पाकिस्तानको उत्तेजक गतिविधि फेरि एकपटक तीव्र भएको भारतीय संचारमध्यमले जनाएका छन् । शनिबार राति पाकिस्तानले धेरै गोलीबारी गरेको र कश्मीरको बारामुल्ला जिल्लामा एक शंकास्पद ड्रोनका कारण विस्फोट भएको भारतीय संचारमध्यमहरुले जनाएका छन्। आजतकका अनुसार, पाकिस्तानले अखनूर, राजौरी र आरएसपुरा अन्तर्राष्ट्रिय सीमामा तोपखाना प्रहार गरेको छ। यस्तै सोही समयमा बारामुल्लामा ड्रोन आक्रमण गरेको छ। बारामुल्लामा ब्ल्याकआउट भएको र श्रीनगरका धेरै क्षेत्रहरूमा बिजुली आपूर्ति बन्द भएको छ। यसबाहेक राजौरीमा पनि गोलीबारी भएको रिपोर्ट आएको बताइएको छ।...
भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

समाचार
भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा सहमति भएको जानकारी दिएका थिए । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । उता भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् । छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’ दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दु...
नेपाल सूचनाको हकलाई मौलिक हकको रूपमा गर्ने दक्षिण एशियाकै पहिलो देश:राष्ट्रपति रामचन्द्र पौडेल

नेपाल सूचनाको हकलाई मौलिक हकको रूपमा गर्ने दक्षिण एशियाकै पहिलो देश:राष्ट्रपति रामचन्द्र पौडेल

बिशेष, समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सूचनाको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको  दक्षिण एशियाकै पहिलो देश भएको बताउनु भएको छ । राष्ट्रिय सूचना आयोगको १८औं स्थापना दिवसको अवसरमा शीतल निवासमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले सूचना लोकतन्त्रको प्राणवायु भएको र सुसूचित समाजले मात्र लोकतन्त्रलाई जीवन्त बनाउने बताउनु भएको छ । नेपालको  संविधानको धारा २७ मार्फत सूचनाको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । राष्ट्रपति पौडेलले नागरिकको करबाट सङ्कलित सार्वजनिक कोषको खर्च र सरकारका कामकारबाही नागरिकप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनु भएको छ । सूचनामा नागरिकको पहुँच सुनिश्चित नभएसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नहुने र पारदर्शिता तथा जवाफदेहिता सहभागितामूलक लोकतन्त्रको आधार भएको उहाको भनाइ थियो। राष्ट्रपति पौडेलले राज्यको लगानीमा जनताको निगरानी नभए कुशासन मौलाउने, विधिको शासन अवरुद्ध ...
सभामुख घिमिरेले भारतको किट विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थीको विषयमा छानविन गर्न सरकारलाई निर्देशन

सभामुख घिमिरेले भारतको किट विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थीको विषयमा छानविन गर्न सरकारलाई निर्देशन

समाचार
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा ने पाली विद्यार्थी प्रिसा साह मृत भेटिएको विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । सभामुख घिमिरेले अध्ययनका लागि बिदेसिएका विद्यार्थीहरूको एकपछि अर्को घटनाले राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको विषय भएको भन्दै सरकारलाई यस घटनाको सत्यतथ्य पत्तालगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई न्यायिक सहयोग गर्न सरकारलाई निर्देशन दिनुभएको हो । बैठकको आकस्मिक समयमा सांसदहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको विषयमा निष्पक्ष छानविन गर्न माग गर्नुभयो । सांसदहरु देवेन्द्र पौडेल, डा. अमरेशकुमार सिंह, रामकृष्ण यादव, निर्मला कोइराला, लगाय...
धनकुटाको गोठगाउँमा दुर्घटना, १ जनाको मृत्यु, १३ जना घाइते

धनकुटाको गोठगाउँमा दुर्घटना, १ जनाको मृत्यु, १३ जना घाइते

समाचार
काठमाडौँ- सुनसरीको धरानबाट भोजपर तर्फ जादै गरेको यात्रु बाहक बस आज बिहान धनकुटा ६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी १३ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा धनकुटा नगरपालिका ६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेको धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । को १ ख २१७७ नंबरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । धनकुटा बजारबाट करिब ३ किलोमीटरको दुरीमा सडकबाट करिब ५० मीटर तल खसेर दुर्घटना भएको जनाइएको छ । उनको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेहरुको जिल्ला अस्पताल तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।।...
वर्षाका कारण सडक चिप्लो हुदा सूर्यविनायक–जगाति सडकमा यातायात सेवा प्रभावित

वर्षाका कारण सडक चिप्लो हुदा सूर्यविनायक–जगाति सडकमा यातायात सेवा प्रभावित

गतिविधि, समाचार
वर्षाका कारण सडक चिप्लो हुदा सूर्यविनायक–जगाति सडकमा यातायात सेवा प्रभावित बनेको छ । शनिबार राति बाट शुरु भएकोको वर्षाका कारण सडक चिप्लो हुदा एकतर्फी रुपमा सवारी साधन चलिरहेका छन्। सडक चिप्लो हुदा गाडी चिप्लिएर दुर्घटनाको जोखिम बढेपछि एकतर्फी रुपमा सवारी संचालन गरेको र विभिन्न ठाउबाट  सवारी साधनलाई डाइभर्सन गरिएको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले बताएका  छन । सोहि अनुसार आज काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगाबाट आउन मात्र दिइएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिएका छन्  । साथै  भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधनलाई जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको पनि जनाएका छन् ।हाल लाइ भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक गाडीलाई भने सल्लाघारीको च...
काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा  हल्का वर्षा,देशभर आंशिक बदली रहने

काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा  हल्का वर्षा,देशभर आंशिक बदली रहने

समाचार
काठमाडौं उपत्यका लागएत  देशका विभिन्न  पहाडी क्षेत्रमा  हल्का वर्षा भइरहेको छ। बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त पश्चिमी बायु तथा स्थानीय वायुको प्रभावका कारण वर्षा भइ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसै अनुसार आज दिउँसो पनि  देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । देशका हिमाली एवम् पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत  रहेको छ ।त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने मशाशाखाले जनाएको छ । देशको पहाडी भागका केही स्थान र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भा...
उदयपुरको कटारी  स्थित सोमबारेमा स्कर्पियो दुर्घटना, एकजनाको मृत्यु अन्य छ जना यात्रु घाइते

उदयपुरको कटारी स्थित सोमबारेमा स्कर्पियो दुर्घटना, एकजनाको मृत्यु अन्य छ जना यात्रु घाइते

गतिविधि, समाचार
उदयपुरको कटारी नगरपालिका स्थित सोमबारेमा स्कर्पियो दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै अन्य छ जना यात्रु घाइते भएका छन् । सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सडकको छेउमा लगाएको फलामे ट्रस्ट बेरीयरमा ठक्कर खाएर भएको सो स्कर्पियो दुर्घटनामा झापा जिल्लाको दमक नगरपालिका वडा नं ३ का ५५ वर्षका माधव बस्नेतको मृत्यु भएको हो । गम्भीररूपमा घाइते बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक कमल बजगाइँले बताउनु भयो । विहिवार अपरान्ह भएको उक्त दुर्घटनामा परी गाडीमा सवार झापा दमकका गाडी चालक वर्ष ३८ का देबेन्द्र तामाङसहित यात्रुहरु क्रमशः वर्ष ४९ क...
आज बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु, रथलाई पुल्चोकबाट तानेर गावहाल पुर्‍याइयो

आज बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु, रथलाई पुल्चोकबाट तानेर गावहाल पुर्‍याइयो

समाचार, संस्कृति
ललितपुर, वैशाख १८ । ललितपुरमा आज बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा हिजो बुधबार सुरु भएको हो। पद्मपाणी लोकेश्वर र बुगं द्यःको नामले पनि पुकारिने मच्छिन्द्रनाथको आगमन नेपालमा भएको र विनाशकारी खडेरीको अन्त्यको उपलक्ष्यमा रथयात्रा निकालिएको मानिन्छ। आज बिहीबारबाट तान्न सुरु गरिएको  रथलाई पुल्चोकबाट तानेर गावहाल पुर्‍याइएको छ । गावहाल सुन्धारा हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङमती पुर्‍याइन्छ । पुल्चोकमा ६० फिट अग्लो रथ निर्माण गरेर मच्छिन्द्रनाथलाई विराजमान गराइ ललितपुरको नगर परिक्रमा गराइन्छ। रथयात्रा प...
सरकार द्वारा श्रमिक र रोजगारदाता दुवैलाइ समेट्ने श्रम संसार पोर्टल सञ्चालन

सरकार द्वारा श्रमिक र रोजगारदाता दुवैलाइ समेट्ने श्रम संसार पोर्टल सञ्चालन

प्रबिधी, समाचार
काठमाडौं : सरकारले रोजगारदाता र उद्यमीको समस्या समाधान गर्न श्रम संसार पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले काम र कामदार नपाइने समस्या समाधान गर्नका लागि श्रमसंसार पोर्टल सञ्चालनमा ल्याइएको जानकारी गराएका छन्। रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने पनि उनले बताएका छन्।उनले भने, ‘सार्वजनिक सवारी साधनको सेवा दिने र लिनेले जसरी अहिले राइड सेयरिङ एप सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी श्रमसंसार पोर्टलको आरम्भ गरेको छ।’ रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने र एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्यालाई समाधान गर्ने प्रधानमन्त्री ओलीको दाबी छ।...