आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी प्रतिवेदन अर्थमन्त्री पौडेललाई हस्तान्तरण
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ। सो प्रतिवेदन उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभएको हो।
योजना आयोगले आगामी बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न सम्बन्धित मन्त्रालय, निकाय, र आयोगसँग छलफल गरी प्रतिवेदन तयार गरेको छ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत, कानुनी र संरचनागत सुधार हुँदै गएको र त्यसले सकारात्मक परिणाम दिएको बताउनुभयो। उहाँले आगामी बजेट सबल अर्थतन्त्र निर्माणमा केन्द्रित हुने दाबी गर्नुभएको छ।
आयोगले प्रतिवेदनमा परियोजनाहरू प्राथमिकता दिने, खर्च कुशलता बढाउने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सघाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई बजेटमा समेट्नुपर्ने सुझाव दिएको छ। चालु आर्थिक वर्षमा दायित्व सिर्जना भएका तथा आगामी...










