Saturday, April 18

#

आजको सम्भावित मौसमः देशभर पानी पर्ने

आजको सम्भावित मौसमः देशभर पानी पर्ने

#, समाचार
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहँदा देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश...
राष्ट्रिय स्वतन्त्र पार्टी लाई संसदमा होहल्ला नगर्न सभामुखको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी लाई संसदमा होहल्ला नगर्न सभामुखको आग्रह

#
काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गर्नुभएको छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरूप बदल्न आग्रह गर्नुभएको थियो । तर, सभामुखको आग्रह रास्वपाले अस्वीकार गरेको छ। रास्वपाले आफ्नो विरोध कायमै रहने जनाएपछि प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ। प्रश्नोत्तरका लागि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बानेश्वर प्रस्थान गरिसक्नुभएको छ । सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्...
नेपालमा एक हप्तामा सात जनामा कोरोना संक्रमण,अधिकांश काभ्रे जिल्लाका रहेको पुष्टि

नेपालमा एक हप्तामा सात जनामा कोरोना संक्रमण,अधिकांश काभ्रे जिल्लाका रहेको पुष्टि

#, समाचार
पछिल्लो एक हप्तामा नेपालमा कम्तिमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका  अधिकांश काभ्रे जिल्लाका रहेका  छन्। धुलिखेलमा परीक्षणका क्रममा यी केसहरू पुष्टि भएका हुन्। संक्रमितहरूलाई टेकु अस्पताल ल्याइएको छ। स्वास्थ्य मन्त्रालयले यी केसहरू नयाँ भेरियन्ट हुन् वा भारत र चीनमा देखिएको पुरानै भेरियन्ट हुन् भन्ने बारेमा अहिलेसम्म पुष्टि गरेको छैन। सीमा नाका र हवाई नाकाहरूमा हेल्थ डेस्क राखेर परीक्षण तीव्र पारिएको छ। मन्त्रालयले थप परीक्षणपछि मात्र नयाँ भेरियन्ट हो वा होइन भन्न सकिने जनाएको छ। प्रारम्भिक अध्ययनले नयाँ भेरियन्ट नभएको संकेत गरेको छ। सतर्कता बढाइए पनि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले तत्काल डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । नियमित परीक्षण जारी छ, र सर्वसाधारणलाई सजग रहन तर आतंकित नहुन आग्रह गरिएको छ।...
अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आम नागरिकमा गृह मन्त्रालयको अनुरोध

अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आम नागरिकमा गृह मन्त्रालयको अनुरोध

#, समाचार
काठमाडौँ, वैशाख ६  । गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“ संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानूनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।”...
टोखामा महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

टोखामा महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

#, टोखा खबर
काठमाडौँ  । नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा  महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ। टोखा-२ स्थित मिर्मिरे भवनमा शनिबार बिहान ८:०० बजेदेखि बेलुकी ३ बजे सम्म सञ्चालन भएको शिविरमा ३५० जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए  । “शुरुमै उपचार गरेमा क्यान्सर निको हुन्छ” भन्ने नारासहित आयोजित यो शिविरलाइ सह-आयोजनामा बाल विकास क्लब, मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि., गणेश इङ्गलिस सेकेन्डरी स्कूल, नेपाल भाषा साहित्य तःमुँज्या र जन ज्योति पुस्तकालय, टोखाले सहकार्य गरेका थिए। शिविरका लागि नाम दर्ता २०८१ चैत्र ३० गतेसम्म मिर्मिरे बचत तथा ऋण सहकारी संस्थामा गरिएको थियो। यसअघि २०८१ चैत्र २९ गते शुक्रबार दिउँसो ४:०० बजे मिर्मिरे भवनमा क्यान्सरसम्बन्धी स्वास्थ्य सचेतना तथा सतर्कता कार...
गणतन्त्र पक्षधर एक भइ अघि बढ्ने विषयमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताबिच छलफल

गणतन्त्र पक्षधर एक भइ अघि बढ्ने विषयमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताबिच छलफल

#, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताबिच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनोहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल छलफलमा सहभागी हुनुहुन्थ्यो। छलफलमा सङ्क्रमण...
काठमाडौंमा जहाज आकस्मिक अवतरण गर्दा  त्रिभुवन विमानस्थलमा ५ मिनेट अवरुद्ध

काठमाडौंमा जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थलमा ५ मिनेट अवरुद्ध

#, समाचार
काठमाडौं । त्रिभुवन विमानस्थलमा ५ मिनेट अवरुद्ध भएको छ । जहाजमा समस्या आएपछि जहाज हटाउने समयमा विमानस्थल अवरुद्ध भएको हो । रामेछापबाट लुक्ला जान लागेको सिता एयरको जहाजमा समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण गर्दा विमानस्थल नै अवरुद्ध भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले १० बजेर ६ मिनेटदेखि १० बजेर ११ मिनेटसम्म विमानस्थल अवरुद्ध भएको बताए । उनका अनुसार अहिले सिताको जहाज पार्किङमा लगिएको छ । भने उडान र अवतरणमा केही समस्या छैन । जहाजको चेक जाँच भइरहेको छ ।...
टोखामा शान्ति, सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

टोखामा शान्ति, सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

#, टोखा खबर
स्थानीय तहको शान्ति सुरक्षा संग केन्द्रित रही  काठमाडौंको टोखा नगरपालिकामा  “स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह” सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आयोजना र टोखा नगरपालिकाको सहकार्यमा भएको यो कार्यक्रम नगरपालिकाको सभाहलमा संचालन भएको  थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको सभाध्यक्षता रहेको थियो । टोखा नगरप्रमुख प्रकाश अधिकारी प्रमुख अतिथि र उपप्रमुख मुरारी तामाङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यसै गरि  जिल्ला सुरक्षा समितिका प्रमुखहरू, नगरपालिकाका प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, वडा सदस्यहरू, पत्रकारहरू र कर्मचारीहरूको बाक्लो उपस्थिति कार्यक्रममा  रहेको थियो। नगरप्रमुख प्रकाश अधिकारीले समृद्ध र सुरक्षित टोखा निर्माणका लागि सबैको सहकार्य जरुरी रहेको बताउँदै नागरिक सेवालाई प्र...
उपत्यकामा हल्का वर्षा,वर्षा संगै तुवालो हट्दै जाने

उपत्यकामा हल्का वर्षा,वर्षा संगै तुवालो हट्दै जाने

#, समाचार
काठमाडौं । अहिले काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ । मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो, अपराह्न र राति पनि हल्का पानी पर्ने सम्भावना छ । यो वर्षाले काठमाडौं उपत्यकालगायत देशका धेरैजसो क्षेत्रमा लागेको तुवाँलो बिस्तारै हट्ने उनको भनाइ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । त्यस्तै, देशका उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ । महाशाखाको पूर्वानुमानअनुसार आज दिउँसो बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ र केही ठाउँमा हल्का हिमपात हुन सक्छ । पहाडी भेगमा पनि आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । तराईम...
ल क्याम्पसमा चुनावको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता

ल क्याम्पसमा चुनावको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता

#, गतिविधि
नेपाल ल क्याम्पसमा चुनावको माग गर्दै नेपाल विद्यार्थी संघले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कार्यतालिका रहेको भए पनि ल क्याम्पसमा मतदान हुन नसकेको भन्दै नेविसंघले चुनावको माग गर्दै रिट दर्ता गरेको हो। नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पसका एकाई सभापति अधिवक्ता मोहम्मद माजीद प्रवेज, सचिव मनमोहन भट्ट एवं नेता रुपेश खनाल, सुशान्त पराजुली, आयुष भण्डारी एवं विधिशा मिश्रले क्याम्पस, निर्वाचन समिति एवं त्रिविको केन्द्रीय अनुगमन समितिलाई विपक्षी बनाई परमादेशको आदेश माग गर्दै रिट दायर गर्नुभएको हो । प्रशासनलाई पटकपटक जानकारी गराउँदा पनि निर्वाचन हुन नसकेकाले कानुनी उपचारको बाटो आफूहरूले रोजेको रिट निवेदकको भनाइ छ। त्रिवी संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी...