श्रावणमै ब्रत र ध्यान किन ?,कसरी सुरु भयो चलन ?
काठमाडौं । हिन्दू धर्मका प्रमुख १० वटा नियमहरु छन् : ईश्वर प्राणिधान, संध्योपासना, व्रत, तीर्थ, त्योहार, दान, यज्ञ, संस्कार, सेवा तथा धर्म प्रचारहरु रहेका छन् । ईश्वर प्राणिधानको अर्थ ब्रह्मा नै सत्य हुन् । उनकै प्रति समर्पित रहेर सन्ध्या बन्धना तथा एक विशेष प्रार्थना गर्ने गरिएको हुन्छ । ब्रह्माको पूजाको लागि एक दिनको आठ प्रहर मध्ये पनि दुई प्रहर एकदर्म शसभ हुने गर्दछ ।
ब्रतमा श्रावण महिनाको पूरै महिना उपवास राख्नु जरुरी रहेको छ । तीर्थमा चार धाम तथा काशी यात्राको मात्रै पनि पुण्य हुन्छ । दानमा अन्न दान श्रेष्ठ हुन्छ । त्योहार पर्वमा मकर संक्रान्ति तथा कुम्भ पर्व महत्वपूर्ण हुन्छ । यज्ञमा पञ्चयज्ञको महत्व बढी रहेको छ । सेवाको लागि अनाथ गरिब बृद्ध र देशको सेवा सबैभन्दा महत्वपूर्ण हुन्छ । १६ संस्कारको अनुरूप नै वैदिक नियमबाट महत्वपूर्ण कार्य सम्पन्न गर्नु जरुरी रहेको छ । त्यसैले आफैंभित्...








