Wednesday, October 28

समाचार

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: सांसद मनाङे

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: सांसद मनाङे

समाचार
काठमाडौँ – गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले आफू विरुद्धको मुद्दाको पूर्ण पाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने बताउनु भएको छ । व्यक्ति हत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उहाँलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेसँगै उहाँ सम्पर्कविहीन हुनुभएको थियो। शुक्रवार एक विज्ञप्ति जारी गर्दै उहाँले सर्वोच्चबाट फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाउनुभएको छ । पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताई सक्नु भएको छ । उहाँले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ । मनाङेको सांसद हुने योग्यतामा प्रश्न उठाइएको अर्को मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।...
नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुदा पाँच जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुदा पाँच जनाको मृत्यु

समाचार
चितवन I नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...
अमेरिकामा राष्ट्रपतीय निर्वाचनको आज मतदात हुदै

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको आज मतदात हुदै

समाचार
वासिङ्टन डिसी (अमेरिका)। विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा हुनुहुन्छ । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर...
मधेसमा मनाइने  छठ उत्सव आजदेखि  विधिपूर्वक सुरु

मधेसमा मनाइने छठ उत्सव आजदेखि विधिपूर्वक सुरु

समाचार
महोत्तरी- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो । जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी,...
पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद ,३० हजार जरिवाना

पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद ,३० हजार जरिवाना

समाचार
काठमाडौँ – पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्ने भएको छ । नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था रहेकोनेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई कानुनी व्यवस्था अनुसार काराही हुने उल्लेख गर्नुभयो । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले पटकाजन्य पदार्थको अवैधरुपमा हुने ओसारपसार नियन्त्रणका लागि सीमानाका तथा राजमार्गहरुमा चेकजाँच भइरहेको जानकारी दिनुभएको छ । पटाका जस्ता पदार्थबाट धनजनको क्षति हुन सक्ने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा कडाई...
लक्ष्मीपूजामा विद्युतको माग एक हजार ६०२ मेगावाट

लक्ष्मीपूजामा विद्युतको माग एक हजार ६०२ मेगावाट

समाचार
काठमाडौं, १६ कार्तिक । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग ९पिक डिमाण्ड० एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६ः२५ बजे पिक डिमाण्ड एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड एक हजार ४३८ मेगावाट थियो । गत वर्षको भन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो । तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहकबाहेकको भएको प्राधिकरणको भनाइ छ । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा...
दुर्घटना गराएर फरार ट्रक चालक पक्राउ

दुर्घटना गराएर फरार ट्रक चालक पक्राउ

गतिविधि, बिशेष, मनोरन्जन, समाचार
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । असोज १५ गते राति ११ बजे बस्तीपुरस्थित जनज्योति क्याम्पसनजिक पूर्वपश्चिम  राजमार्गमा हरिवन नगरपालिका –११, बस्ने अब्दुल साह फकिरका छोरी २१ वर्षीया अप्सरी खातुन गम्भीर घाइते अवस्थामा फेला पर्नुभएको थियो । उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । सुरुमा परिचय नै नखुलेको महिलाको सवारीको ठक्करबाट मृत्यु भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान अघि बढाएको थियो । राजमार्गका विभिन्न स्थानमा रहेका सीसीटिभीको फुटेज सङ्कलन गरी अनुसन्धान गर्दै जाँदा उक्त दुर्घटनामा प्रदेश १–०१–००१ ख ३९४८ नम्बरको ६ चक्के मिनीट्रक संलग्न रहेको खुलेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर...
नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह

नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह

कृषि, ताजा अपडेट, समाचार
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदीबिच मङ्गलबार यहाँ द्विपक्षीय वार्ता भएको छ । उहाँहरूबिच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसम्बन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवम् आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो । वार्तामा नेपाल तर्फबाट मन्त्री डा. राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरू र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरूको सहभागी रहेको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जनाएको छ । मन्त्री डा. राणाले नेप...
१८ वर्षमै तिम्ल्याहा बच्चाकी आमा

१८ वर्षमै तिम्ल्याहा बच्चाकी आमा

#, बिशेष, मनोरन्जन, विचार, श्रव्यदृश्य, समाचार, स्वास्थ्य
रुकुमपश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले १८ वर्षको उमेरमा तीन जना बच्चाको जन्म दिनुभएको छ। चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती घरमा बस्दै आउनुभएकी १८ वर्षीया कौशिला पुनले तिम्ल्याहा बच्चा जन्माउनुभएको हो। अस्पतालका स्टाफ नर्स अम्बिका ओलीका अनुसार आज (मङ्गलबार) बिहान ८:१५, ८:३७ र ९:०० बजे पुनले तीन बच्चा जन्माउनुभएको हो। जन्मिएका नवजात शिशु दुई छोरी र एक छोरा हुन्। स्टाफ नर्स ओलीका अनुसार पुनले समय पूरा नहुँदै (करिब २८ हप्तामै)  तीन बच्चाको जन्म दिनुभएको हो। सामान्यतया ४० हप्ताको अवधिमा बच्चाको जन्म हुने आँकलन गरिएको हुन्छ। सुत्केरी व्यथा लागेर आफैँ अस्पताल पुग्नुभएकी पुनको स्वास्थ्य अवस्था भने सामान्य छ। सुरुमा जन्मिएका दुई छोरीको अवस्था सामान्य र तौल एक किलो रहेको छ भने अन्तिममा जन्मिएका छोराको तौल नौ सय ग्राम मात्र छ। तौल पनि कम र...
सार्वजनिक स्थान सरसफाईमा जुट्दै  शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था 

सार्वजनिक स्थान सरसफाईमा जुट्दै शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था 

टोखा खबर, समाचार
 टोखा न पा १ को सार्वजनिक स्थान सरसफाई  अभियानमा श्री शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था  लिमिटेड सक्रिय रुपमा जुटेको छ । सहकारी  संस्थाको आव्हानमा आइतबार बिहान  साङ्गला दोबाटो देखि सीमाचौर सम्मको मेन सडक क्षेत्रमा  सरसफाई गरिएको छ । सरसफाईका लागि संस्थाका शेयर सदस्य , जनप्रतिनिधि ,भद्र भलाद्मी ,समाजसेवी , राजनीतिकर्मी ,बिभिन्न संघ संस्था का व्यक्तिहरु तथा युवाहरु लाइ सहभागी गराई सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । बिशेषगरि प्राकृतिक स्वरूपमा धनि रहेको झोर क्षेत्र र यहाका  मन्दिरहरुमा आउने भक्तजन लगाएत आन्तरिक तथा बाह्य पर्यटकहरु लाइ यहाँको वास्तविक बाताबरणीय अवस्था देखाउन साथै  स्वच्छ सफा सार्वजनिक स्थान बनाउन को लागि संस्था जुटेको संस्थाका अध्यक्ष श्री उद्धव अधिकारीले  बताउनु भयो। सरसफाई अभियान आज बाट  सुरु भएपनि  पछिल्ला दिनहरुमा पनि क्रमसः  निरन्तर रहने योजना...