मार्केटिङको बहानामा बन्धक बनाएका १२ जना बालबालिकाको प्रहरी द्वारा उद्धार
सुनसरी- हर्बल सामग्रीको मार्केटिङको बहानामा बालबालिकालाई बन्धक बनाएर काममा लगाउने गिरोहको फेला परेको छ । इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–९ स्थित बसपार्क नजिकैको बन्दना होटलबाट १२ जना बालबालिकाको उद्धार गरेको हो ।
घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
कम्पनीको नाममा टिकटकमार्फत प्रलोभन
काठमाडौंको चाबहिलमा कार्यालय रहेको वेल्स ग्लोबल इन्टरनेसनल प्रा.लि. नामक कम्पनीले टिकटकमा हर्बल सामग्रीको मार्केटिङका लागि आकर्षक विज्ञापन प्रकाशित गरेको थियो ।
उक्त विज्ञापन हेरेर धनकुटा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, गोरखा, बाजुरा लगायतका जिल्लाबाट बालबालिका तथा युवाहरू कामको आशामा काठमाडौं पुगेका थिए ।
उनीहरूलाई सुरुमा काठमाडौंमा करिब एक महिना राखेर काम गराइएको र त्यसपछि इटहरी स्थानान्तरण ...










