Tuesday, May 26

समाचार

वर्षाका कारण सडक चिप्लो हुदा सूर्यविनायक–जगाति सडकमा यातायात सेवा प्रभावित

वर्षाका कारण सडक चिप्लो हुदा सूर्यविनायक–जगाति सडकमा यातायात सेवा प्रभावित

गतिविधि, समाचार
वर्षाका कारण सडक चिप्लो हुदा सूर्यविनायक–जगाति सडकमा यातायात सेवा प्रभावित बनेको छ । शनिबार राति बाट शुरु भएकोको वर्षाका कारण सडक चिप्लो हुदा एकतर्फी रुपमा सवारी साधन चलिरहेका छन्। सडक चिप्लो हुदा गाडी चिप्लिएर दुर्घटनाको जोखिम बढेपछि एकतर्फी रुपमा सवारी संचालन गरेको र विभिन्न ठाउबाट  सवारी साधनलाई डाइभर्सन गरिएको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले बताएका  छन । सोहि अनुसार आज काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगाबाट आउन मात्र दिइएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिएका छन्  । साथै  भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधनलाई जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको पनि जनाएका छन् ।हाल लाइ भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक गाडीलाई भने सल्लाघारीको च...
काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा  हल्का वर्षा,देशभर आंशिक बदली रहने

काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा  हल्का वर्षा,देशभर आंशिक बदली रहने

समाचार
काठमाडौं उपत्यका लागएत  देशका विभिन्न  पहाडी क्षेत्रमा  हल्का वर्षा भइरहेको छ। बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त पश्चिमी बायु तथा स्थानीय वायुको प्रभावका कारण वर्षा भइ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसै अनुसार आज दिउँसो पनि  देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । देशका हिमाली एवम् पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत  रहेको छ ।त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने मशाशाखाले जनाएको छ । देशको पहाडी भागका केही स्थान र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भा...
उदयपुरको कटारी  स्थित सोमबारेमा स्कर्पियो दुर्घटना, एकजनाको मृत्यु अन्य छ जना यात्रु घाइते

उदयपुरको कटारी स्थित सोमबारेमा स्कर्पियो दुर्घटना, एकजनाको मृत्यु अन्य छ जना यात्रु घाइते

गतिविधि, समाचार
उदयपुरको कटारी नगरपालिका स्थित सोमबारेमा स्कर्पियो दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै अन्य छ जना यात्रु घाइते भएका छन् । सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सडकको छेउमा लगाएको फलामे ट्रस्ट बेरीयरमा ठक्कर खाएर भएको सो स्कर्पियो दुर्घटनामा झापा जिल्लाको दमक नगरपालिका वडा नं ३ का ५५ वर्षका माधव बस्नेतको मृत्यु भएको हो । गम्भीररूपमा घाइते बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक कमल बजगाइँले बताउनु भयो । विहिवार अपरान्ह भएको उक्त दुर्घटनामा परी गाडीमा सवार झापा दमकका गाडी चालक वर्ष ३८ का देबेन्द्र तामाङसहित यात्रुहरु क्रमशः वर्ष ४९ क...
आज बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु, रथलाई पुल्चोकबाट तानेर गावहाल पुर्‍याइयो

आज बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु, रथलाई पुल्चोकबाट तानेर गावहाल पुर्‍याइयो

समाचार, संस्कृति
ललितपुर, वैशाख १८ । ललितपुरमा आज बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा हिजो बुधबार सुरु भएको हो। पद्मपाणी लोकेश्वर र बुगं द्यःको नामले पनि पुकारिने मच्छिन्द्रनाथको आगमन नेपालमा भएको र विनाशकारी खडेरीको अन्त्यको उपलक्ष्यमा रथयात्रा निकालिएको मानिन्छ। आज बिहीबारबाट तान्न सुरु गरिएको  रथलाई पुल्चोकबाट तानेर गावहाल पुर्‍याइएको छ । गावहाल सुन्धारा हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङमती पुर्‍याइन्छ । पुल्चोकमा ६० फिट अग्लो रथ निर्माण गरेर मच्छिन्द्रनाथलाई विराजमान गराइ ललितपुरको नगर परिक्रमा गराइन्छ। रथयात्रा प...
सरकार द्वारा श्रमिक र रोजगारदाता दुवैलाइ समेट्ने श्रम संसार पोर्टल सञ्चालन

सरकार द्वारा श्रमिक र रोजगारदाता दुवैलाइ समेट्ने श्रम संसार पोर्टल सञ्चालन

प्रबिधी, समाचार
काठमाडौं : सरकारले रोजगारदाता र उद्यमीको समस्या समाधान गर्न श्रम संसार पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले काम र कामदार नपाइने समस्या समाधान गर्नका लागि श्रमसंसार पोर्टल सञ्चालनमा ल्याइएको जानकारी गराएका छन्। रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने पनि उनले बताएका छन्।उनले भने, ‘सार्वजनिक सवारी साधनको सेवा दिने र लिनेले जसरी अहिले राइड सेयरिङ एप सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी श्रमसंसार पोर्टलको आरम्भ गरेको छ।’ रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने र एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्यालाई समाधान गर्ने प्रधानमन्त्री ओलीको दाबी छ।...
तीनकुने घटनामा काग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी छाडिएका भन्ने समाचार सत्य नभयको प्रहरीको दाबी

तीनकुने घटनामा काग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी छाडिएका भन्ने समाचार सत्य नभयको प्रहरीको दाबी

बिशेष, समाचार
काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित समाचारमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । प्रहरीले त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको विज्ञप्तिमा उल्लेख गरेको छ । प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद राजेन्द्र लिंङ्देनले चैत्र १५ गते काठमाडौँको प्रदशर्नमा भाटभटेनी सुपरमार्केट लुट्ने मध्ये एक जना काँग्रस सहमहामन्त्रीको छोरा भएको भनेपछि यो विषयले संसददेख...
पाल्पाको रैनादेवी-१,सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु ,चालकसहित दुईजना घाइते

पाल्पाको रैनादेवी-१,सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु ,चालकसहित दुईजना घाइते

गतिविधि, समाचार
बुटवल- पाल्पाको रैनादेवी छहरा गाउँपालिका- १ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालकसहित दुईजना घाइते भएका छन् । जिल्लाको सिद्धेश्वर असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३७७ नम्बरको जीप आइतबार राति १० बजेर १० मिनेटमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको छ । रैनादेवी छहरा गाउँपालिका-१ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले बताए । डीएसपी मल्लका अनुसार जीपमा पाँचजना सवार थिए। चालक २७ वर्षीय रञ्जन रेश्मी मगरको अवस्था गम्भीर छ। २२ वर्षीय सरोज बुढा पनि घाइते छन् । लुम्बिनी प्रादेशिक अस्पताल र मिसन अस्पताल पाल्पामा उनीहरूको उपचार भइरहेको छ ।...
भारत र पाकिस्तानी सेनाबिच कश्मीरमा लगातार गोली हानाहान

भारत र पाकिस्तानी सेनाबिच कश्मीरमा लगातार गोली हानाहान

समाचार
भारत र पाकिस्तानी सेनाबिच कश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान भएको अधिकारीहरु ले बताएका छन् भारतीय सेनाले आइतबार दुई देशलाई विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी) मा ‘पाकिस्तानद्वारा सुरू गरिएको’ साना हतियारहरूको ‘अनावश्यक’ गोली हानाहान भएको जनाएको छ । “(हाम्रा) आफ्नै सैनिकहरूले उपयुक्त साना हतियारहरूको गोलीबारीसहित प्रभावकारी ढङ्गले जवाफ दिए”, भारतीय सेनाले भनेको छ । पाकिस्तानले अहिलेसम्म पछिल्लो गोलीबारीको पुष्टि गरेको छैन । आक्रमणपछि नयाँदिल्लीले पानी बाँडफाँट सन्धि स्थगित गरेको छ, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गरेको छ, कूटनीतिक सम्बन्ध कम गरेको छ र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लिएको छ । जवाफमा इस्लामाबादले भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न आदेश दिएको छ, सिख तीर्थयात्रीहरू बाहेक भारतीय नागरिकहरूका लागि भिसा रद्द गरेको छ र...
आज बिहान सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन

आज बिहान सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन

बिशेष, समाचार
काठमाडौँ। सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको छ। बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले र नेपाल शिक्षक महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षकहरू सहभागी हुनुहुन्थ्यो । बैठकपछि अध्यक्ष सुवेदीले पुनः छलफल र वार्ता गर्ने सहमति भएको बताउनुभयो ।तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।...
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताउनुभएको छ । शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गर्नुभएको छ । ट्रम्पले भन्नुभयो, “यदि आणविक हतियार नियन्त्रणका लागि सम्झौता भएन भने इरानविरूद्धको आक्रमण सम्भव छ । हामीले आक्रमण गर्नु पर्नेछ किनभने इरानसँग आणविक हतियार हुनु विश्व सुरक्षाका लागि खतरा हो ।” वासिङ्टन र तेहरानबीच ओमानमा शनिबार तेस्रो चरणको आणविक कार्यक्रमबारे वार्ता जारी रहेका बेला ट्रम्पको यो भनाइ आउनुले युद्धको नयाँ जोखिम उत्पन्न भएको छ । दुवै पक्षले आणविक सम्झौताका लागि रोममा भएको अन्तिम बैठकको अन्त्यमा आशावादी रहेको बताएका थिए ...