Wednesday, April 22

Author: टोखा खबर

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

समाचार
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।...
टोखामा दुइ मोटरसाइकल एक आपसमा जुध्दा एकको मृत्यु, एक जना गम्भीर घाइते

टोखामा दुइ मोटरसाइकल एक आपसमा जुध्दा एकको मृत्यु, एक जना गम्भीर घाइते

#, समाचार
२०८१ चैत २ । काठमाडौंको टोखा नगरपालिका–१ फुलबारी चोकमा दुइ मोटरसाइकल एक आपसमा जुध्दा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट शिवपुरी ५ का रिवाज आचार्य रहेका छन् । प्रहरी वृत्त महाराजगञ्जका अनुसार शनिबार दिउँसो १४ः२५ बजे टोखा–१ फूलबारी गेटस्थित सडक खण्डमा बा.प्र.०२.०३९ प.९८२८ र बा. प्र. ०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकल ठोक्किएको हो । ६३७८ नम्बरको मोटरसाइकल चालक आचार्यको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्को मोटरसाइकल चालक भोजपुर पवादुम्न गाउँपालिका–२ घर भई हाल भक्तपुर डेरा गरी बस्ने २८ वर्षीय प्रदीप तिवारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उक्त घटनापछि स्थानीयले सडकमा प्रदर्शन गरेका छन् । दुवै सवारी साधन प्रहरी प्रभाग टोखाले नियन्त्रणमा लिएको जनाइएको छ । दुर्घटना ह...
संसद्को भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक: राष्ट्रपति पौडेल

संसद्को भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक: राष्ट्रपति पौडेल

समाचार
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयता, सुशासन र विधिको शासनलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ । यसका लागि सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति कार्यालयमा आज भएको अन्तर व्यवस्थापिका मञ्चको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “सङ्घीयता, सुशासन र विधिको शासनलाई मजबुत बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति जवाफदेही बनाउने गरी संसद्को भूमिकालाई प्रभावकारी बनाउने जिम्मेवारी तपाईंहरूको काँधमा छ ।” उहाँले केही महत्वपूर्ण निर्माण कार्यमा ढिलाइ भएको र संसद्मा जनसरोकारका विषयमा पर्याप्त छलफल नभएको भन्ने गुनासो बाहिर आइरहेको उल्लेख गर्दै संसद्लाई जनताको सार्वभौम आवाज व्यक्त हुने थलोका रूपमा विकास गर्न सरकारलाई सुझाव दिनुभयो । “संसदीय अभ्यासबाट सिकेका कुरालाई आत...
टोखा नगरपालिकाको गोंगबु–बानियाँटर पुलको आज उद्घाटन

टोखा नगरपालिकाको गोंगबु–बानियाँटर पुलको आज उद्घाटन

टोखा खबर
टोखा नगरपालिकाको वडा नं. ११ र ८ जोड्ने गोंगबु–बानियाँटार पुलको आज एक समारोहबीच उद्घाटन गरिएको छ। नगरप्रमुख प्रकाश अधिकारीले रिबन काटेर विष्णुमति खोलामाथिको यो पुलको औपचारिक उद्घाटन गर्नुभयो। यो पुलको शिलान्यास २०७९ चैत १९ गते भएको थियो। उद्घाटन समारोहमा नगरप्रमुख प्रकाश अधिकारी, नगर उपप्रमुख मुरारी तामाङ, प्रशासकीय अधिकृत शेरबहादुर बीसी, वडा नं. ११ का वडाध्यक्ष घनश्याम खड्का, वडा नं. ८ का वडाध्यक्ष रमेश खत्री, वडा नं. ५ का वडाध्यक्ष नरोत्तम राना, वडा नं. ७ का वडाध्यक्ष रामभक्त घिमिरे, कार्यपालिका सदस्यहरू, नगर सदस्यहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यो पुल १४ मिटर लामो छ र यसको निर्माणमा कुल ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ। नगरसभाले करिडोरसहित विभिन्न पुल निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन गरेकोमा यो पुल टोखा नगरपालिकाको ३ करोड ५८ लाख बजेटबाट निर्माण सम्प...
महानगरपालिकाद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाइ १ लाख जरिवाना

महानगरपालिकाद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाइ १ लाख जरिवाना

समाचार
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकाले तिराएको जरिवाना भरपाई गरेको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यापली गर्ने क्रममा राप्रपाले फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो । आज राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेसमक्ष रु १ लाख रुपैयाँ काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गर्नुभएको हो । यसबारे फेसबुकमा जानकारी गराउँदै प्रमुख सचेतक शाहीले लेख्नुभएको छ– "हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौ रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौ।"...
विद्युतीय व्यापार विधेयक लगाएतका चार विधेयक आज राष्ट्रियसभाबाट प्रमाणित

विद्युतीय व्यापार विधेयक लगाएतका चार विधेयक आज राष्ट्रियसभाबाट प्रमाणित

#, समाचार
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चार वटा विधेयक प्रमाणित गर्नुभएको छ । अध्यक्ष दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयकलाई सोमबार प्रमाणित गर्नुभएको हो । अध्यक्ष दाहालले प्रमाणित गर्नुभएको ती विधेयकहरूलाई प्रमाणीकरणका लागि मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल कहाँ पठाइने संसद सचिवालयले जनाएको छ । उहाँले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, विद्युतीय व्यापार विधेयक, २०८०, विधायनसम्बन्धी विधेयक, २०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गर्नुभएको हो । संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसकेपछि ऐनका रूपमा लागु हुन्छ ।...
सार्वजनिक जग्गा संरक्षण गर्दै टोखा नगरपालिका

सार्वजनिक जग्गा संरक्षण गर्दै टोखा नगरपालिका

टोखा खबर
सार्वजनिक जग्गा संरक्षण कार्यका लागि टोखा नगरपालिकाले आफ्नो कार्य तिब्र रुपमा अगाडी बढाएको छ। नगर प्रमुखको सक्रियतामा नगर क्षेत्र भित्रका बिभिन्न ठाउँका सार्वजनिक जग्गालाइ पहिचान एबं नाप जांच गर्दै संरक्षणका लागि  नगरपालिका अघि बढेको हो । नाप जांच गर्ने क्रममा आज टोखा १० स्थित महादेवटार महेन्द्रेश्वोर शिवालय परिसर आसपास नाप जांच गरिएको छ । मन्दिर परिसर वरिपरीका कित्ता नम्बर ६ र कित्ता नम्बर १२ मा नापजांच गरिएको हो । वडा १० का वडा अध्यक्ष मचाकाजी महर्जनको अध्यक्षतामा भएको आजको नापजाँच कार्यमा नगर प्रमुख प्रकाश अधिकारी,नगर प्रशासकीय अधिकृत शेरबहादुर बि सी ,नगर प्रबक्ता बच्चुराज बस्याल लगाएत नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि,प्रहरी तथा स्थानीयबासी हरुको उपस्थिति रहेको थियो । नापजाँच स्थलमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले सार्वजनिक जग्गा सबैको साझा सम्पति भएकोले नागरिकहरुले...
श्रमिकलाई न्यूनतम्भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ: प्रधानमन्त्री

श्रमिकलाई न्यूनतम्भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ: प्रधानमन्त्री

समाचार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन पाइँदैन भन्नुभयो । श्रमिकको मन प्रशन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने जनाउँदै उहाँले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । “व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा हाम्रा साथीहरु मारिएका थिए् तर हाम्रा उद्देश्यहरु मारिएका थिएनन् । हामीहरु जेल गएका थियौँ तर हाम्रा उद्...
राष्ट्रिय आविष्कार केन्द्रद्वारा संघीय अस्पतालमा थन्किएका ५ सय  उपकरण मर्मत

राष्ट्रिय आविष्कार केन्द्रद्वारा संघीय अस्पतालमा थन्किएका ५ सय उपकरण मर्मत

समाचार
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ । गत भदौ १८ गते मन्त्री पौडेलले बिग्रिए पनि मर्मत अभावमा थन्किएका १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गर्नुभएकाे थियो । मन्त्री पौडेलको उपस्थितिमा भएको सम्झौतापछि हालसम्म १० वटा संघीय अस्पतालमा उल्लिखित परिमाणमा उपकरण मर्मत भएको हो । ६ सय ६१ वटा उपकरणको मूल्याङ्कन गरिएकामा पाँच सय मर्मत सम्पन्न भएको केन्द्रका इन्जिनियर उमेश किरातीले बताउनुभयो । केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको उनले जानकारी दिए । ‘हामीले बजार मूल्य सर्वेक्षण गर्दा नेपालमा बजार मूल्य २४ करोड ३० लाख लाग्ने जानकारी पाएका छौँ,’ उनले भने । उनका अनुसार यसले सरकारको निकै न्यून खर्चमा ती उपकरणको मर्मत भएको छ । ‘बाँकी अस्पताल...
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिब ४ अर्ब रुपैयाँ थप निकासा

स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिब ४ अर्ब रुपैयाँ थप निकासा

समाचार
काठमाडौँ I अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गर्नु भएको हो । जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरूको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशु:ल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।...