Tuesday, April 21

#

फाल्गुण २ र ३ गते रोजगार मेला आयोजना गर्दै बुढानिलकण्ठ नगरपालिका

फाल्गुण २ र ३ गते रोजगार मेला आयोजना गर्दै बुढानिलकण्ठ नगरपालिका

#, गतिविधि, बिशेष, समाचार
बुढानिलकण्ठ नगरपालिकाले यही फाल्गुण २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्ने भएको छ।“ शिक्षा , सीप र उधमसिलता रोजगारी हाम्रो प्राथमिकता “ भन्ने नारा सहित मेलामा युवा रोजगारीलाई प्राथमिकता दिएको मंगलवार पत्रकार सम्मेलन गर्दे बुढानिलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामाले जानकारी गराइन्। आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको अनिताले सुनाइन। अनिताले भनिन्- “ अहिलेको युवा पुस्ता खासै खुशी छैनन् किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेका छन्, न उनीहरु खुसी छन्, नत परिवार नै खुसी छ, त्यसकारण स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको हो।” मेलामा कुल ४८ वटा स्टल रहने छन्, ...
ताप्लेजुङ घटनामा  पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्तामा आउन आह्वान

ताप्लेजुङ घटनामा पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्तामा आउन आह्वान

#, गतिविधि, समाचार
ताप्लेजुङ घटनामा पहिचान पक्षधरलाई कोशी सरकारद्वारा वार्तामा आउन आह्वान गरेको छ   कोशी प्रदेश सरकारले गठन गरेको टोलीको मंगलबार बसेको  बैठकले  वार्तामा आउन आह्वान गरेको हो । गत शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा प्रहरी र केबलकारको विरोधमा रहेको पहिचान पक्षधरबीच झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । झडपमा २१ प्रहरी घाइते भएका थिए ।सो घटनापछि प्रदेश सभाको बैठकमा सांसदले ताप्लेजुङको विवाद वार्ताबाट समाधान गर्न माग गरेका थिए । ताप्लेजुङ पाथिभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरुसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाले वार्तामा आउन आह्वान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी...
बुढानीलकण्ठमा  अपाङ्गता भएका बालबालिकाहरुको प्राथमिक स्वास्थ्य परिक्षण सम्पन्न

बुढानीलकण्ठमा  अपाङ्गता भएका बालबालिकाहरुको प्राथमिक स्वास्थ्य परिक्षण सम्पन्न

#, गतिविधि
६ माघ , काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा  अपाङ्गता भएका बालबालिकाहरुको प्राथमिक स्वास्थ्य परिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको मेयर कार्यकक्षमा सम्पन्न भएको कार्यक्रममा अपाङ्गतामा विशेष गरी AUTISM भएका २४ बालबालिकाहरुको स्वास्थ्य परिक्षण भएको थियो । अन्तरक्रिया तथा छलफल कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी,नगर अस्पताल निर्देशक डा. शुधांशु झा, डा. कौशल अधिकारी, महिला बालबालिका तथा समाजिक समावेशीकरण माहाशाखा प्रमुख पुष्पा बमको उपस्थिति रहेको थियो । बालबालिकाहरुको अवस्थाबारे अभिभावकहरु सँग भएको विशेष अन्तरक्रिया तथा छलफलमा ६५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।  ...
माघे संक्रान्ति पर्व र टोखाको चाकु

माघे संक्रान्ति पर्व र टोखाको चाकु

#, टोखा खबर
आज देश भर माघे संक्रान्ति पर्व मानिदैछ। माघ महिनाको पहिलो दिन जसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी पर्व समेत भनेर चिनिन्छ । फरक ठाउँ र फरक समुदायले फरक नाम र तरिकाले मनाए पनि ज्योतिष विज्ञानको मान्यता अनुसार यो दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने गर्दछ । यो जाडो यामको मध्य समयमा पर्ने पर्व हो तथापी यसले समय जाडो याम बाट गर्मि तर्फ बढ्दै गरेको परिवर्तनलाई संकेत गर्ने गर्दछ । माघे सङ्क्रान्ति लाइ नेवार समूदायमा ‘घ्यूचाकु सँल्हु’ नामले मनाइने गरिन्छ । यो समयमा चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने चलन रहेको छ। यसै गरि मधेशमा मैथिल र थारुसमुदायहरुले यो चाड लाइ नयाँ वर्षका का रुपमा मनाउने गर्दछन । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने म...
टोखा नगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न

टोखा नगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न

#, टोखा खबर
टोखा नगरपालिकाको १६ औँ अधिवेशन आज सम्पन्न भएको छ । नगरसभाको हिउँदे अधिवेशन स्वरूप नगर उपप्रमुख मुरारी तामाङले आ.ब. २०८१/८२ को आय–व्ययको संशोधन प्रस्ताव प्रस्तुत गरि अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले आर्थिक ऐनको संशोधन प्रस्ताव तथा नगरसभामा पेस भएको  ६ महिने आय–व्यय एबम  १६ बुँदे बिभिन्न  कार्यक्रमलाई समेत  सर्वसम्मतीले पास गरेको छ। उपप्रमुख  तामाङद्वारा  यस अघिको नगरसभाको पन्ध्रौं अधिवेशनवाट १५१आयोजना  स्वीकृत भएकोमा ६५ आयोजनाहरु सम्पन्न भईसकेको र  अन्य आयोजना कार्यान्वयनको चरणमा रहेको  विवरण प्रस्तुत गरिएको  थियो । चालु आर्थिक बर्षको लागि स्वीकृत वजेट मध्ये हाल सम्म (पुस २६) मसान्त सम्म चालु तर्फ रु. १८ करोड ८७ लाख ६२ हजार अर्थात २५.५ प्रतिशत तथा पुंजीगत तर्फ रु ८ करोड ११ लाख ७४ हजार अर्थात ८.४६ प्रतिशत गरी कूल रु. २६ करोड९९ लाख ३६ हजार अर्थात १५.८८ प्रतिशत खर्च भएको जानकारी दिइएको थिय...
मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु १३ जना घाइते

मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु १३ जना घाइते

#, ताजा अपडेट, समाचार
शनिबार दिउँसो मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।  दिउँसो १ बजेको समयमा मनहरी ६ डिपार्टस्थित पूर्व पश्चिम सडकखण्डमा स्कारपियो र कार ठोक्किँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको हो। चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०२६ च ५२५० नम्बरको स्कारपियो र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा ट्राफिक सहितको टोलीले दुबै सवारीको चालकसहित आठ  जना घाइतेलाई उद्धार गरी उपचारको लागि चितवन पठाएको प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो...
विष्णुमति करिडोर ट्रयाकको निर्माण कार्य शुभारम्भ

विष्णुमति करिडोर ट्रयाकको निर्माण कार्य शुभारम्भ

#, टोखा खबर
टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका बिचमा रहेको विष्णुमति करिडोरको ट्रयाक निर्माण कार्य शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज शिलान्यास गर्दै ट्रयाकको निर्माण कार्य शुरुवात गर्नु भएको हो । संघीय सरकारबाट विनियोजित एक करोड रुपैयाबाट करिडोरको निर्माण कार्य हुदै छ । करिडोर ट्रयाक धन्ने ढिकुरोबाट शुरु भई बुढानिलकण्ठको स्कोन मन्दिर सम्म निर्माण हुने गरि योजना रहेको छ । टोखा नगर क्षेत्रको भागमा काठमाडौं उपत्यका विकास प्राधिकरण मार्फत करिडोर सडक विस्तारको काम हुदैछ साथै बुढानिलकण्ठको क्षेत्रमा सडक डिभिजन विभागबाट ट्रयाक सडक विस्तारको कार्य हुदैछ । शिलान्यास कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी,टोखा नगरपालिकाका प्रशासकीय अधिकृत शेरबहादुर बि स...
तिब्बत नाक्छु शहरका मेयरका टोलीलाइ टोखा नगरपालिकामा सम्मान

तिब्बत नाक्छु शहरका मेयरका टोलीलाइ टोखा नगरपालिकामा सम्मान

#, टोखा खबर, समाचार
चिनको स्वशासित क्षेत्र नाक्छु  शहरका मेयर सहितका टोलीलाइ टोखा नगरपालिकाले सम्मान तथा अभिनन्दन गरेको छ । नगरपालिकाको निमन्त्रणामा औपचारिक भ्रमणका लागि काठमान्डौ आएका मेयर  तासी दोर्जी सहितका प्रतिनिधि मण्डललाई टोखाका नगर प्रमुख  प्रकाश अधिकारीले  सम्मान तथा अभिनन्दन गर्नु भएको थियो  । कार्तिक २५ गते बिहान टोखा बजारमा स्वागतार्थ आयोजित  स्वागत तथा सम्मान कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम  प्रस्तुत गरिएको थियो ।  छिमेकी मित्र राष्ट्र चिनबाट पाल्नु भएका  ६ जनाका प्रतिनिधि मण्डललाई  नगर प्रमुख लगाएत जनप्रतिनिधिहरु तथा टोखाका स्थानीयबासीहरुले नेवारी संस्कृति एबं बाजागाजा सहित  स्वागत गर्दै  टोखा बजारको परिक्रमा समेत गराइएको  थियो । निमन्त्रणा  गरि  भ्रमणमा बोलाउनु भएकोमा  मेयर  तासी दोर्जीले धन्यबाद ब्यक्त गर्दै आफु खुसि रहेको कुरा बताउनु भयो । साथै कोरोना संकट बेला आपसी सहायो...

पालिकाहरुले गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन

#
काठमाडौँ । यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारी पत्र पठाउँदै उक्त निर्देशन दिएको हो । गृह मन्त्रालयले भनेको छ, “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (यातायात व्यवस्था शाखा)को यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग÷सहायक राजमार्गमा स्थानीय सरकारहरूले विभिन्न किसिमका करहरू उठाउने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ मङ्सिर १७ मा निर्णय भई कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट तयार भएको कार्ययोजनासहित सम्बन्धित निकायमा पत्राचार भएपश्चात् उक्त कार्य रोकिएको सन्दर्भमा हाल विभिन्न स्थानीय सरकारहरूले कर उठाइरहेकोले उक्त कार्य रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय÷निक...
१८ वर्षमै तिम्ल्याहा बच्चाकी आमा

१८ वर्षमै तिम्ल्याहा बच्चाकी आमा

#, बिशेष, मनोरन्जन, विचार, श्रव्यदृश्य, समाचार, स्वास्थ्य
रुकुमपश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले १८ वर्षको उमेरमा तीन जना बच्चाको जन्म दिनुभएको छ। चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती घरमा बस्दै आउनुभएकी १८ वर्षीया कौशिला पुनले तिम्ल्याहा बच्चा जन्माउनुभएको हो। अस्पतालका स्टाफ नर्स अम्बिका ओलीका अनुसार आज (मङ्गलबार) बिहान ८:१५, ८:३७ र ९:०० बजे पुनले तीन बच्चा जन्माउनुभएको हो। जन्मिएका नवजात शिशु दुई छोरी र एक छोरा हुन्। स्टाफ नर्स ओलीका अनुसार पुनले समय पूरा नहुँदै (करिब २८ हप्तामै)  तीन बच्चाको जन्म दिनुभएको हो। सामान्यतया ४० हप्ताको अवधिमा बच्चाको जन्म हुने आँकलन गरिएको हुन्छ। सुत्केरी व्यथा लागेर आफैँ अस्पताल पुग्नुभएकी पुनको स्वास्थ्य अवस्था भने सामान्य छ। सुरुमा जन्मिएका दुई छोरीको अवस्था सामान्य र तौल एक किलो रहेको छ भने अन्तिममा जन्मिएका छोराको तौल नौ सय ग्राम मात्र छ। तौल पनि कम र...