Wednesday, October 28

समाचार

गाजा अस्पतालमा इजरायली आक्रमणको छानबिन गर्न आह्वान

गाजा अस्पतालमा इजरायली आक्रमणको छानबिन गर्न आह्वान

गतिविधि, समाचार
गाजाका अस्पतालहरूमा इजरायली आक्रमणले उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण पतनको छेउमा धकेलिएको छ । यसले प्यालेस्टिनीहरूको स्वास्थ्य तथा चिकित्सा सेवा पहुँचमा विपत्तिजनक प्रभाव निम्त्याएको संयुक्त राष्ट्र सङ्घको उच्च कार्यालयले मङ्गलबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्त (ओएचसिएचआर) भोल्कर टर्कले भन्नुभयो,“यी सबै घटनाहरूको स्वतन्त्र, पूर्ण तथा पारदर्शी अनुसन्धान हुनु आवश्यक छ ।” सन् २०२३ अक्टोबर १२ र सन् २०२४ जुन ३० बीचको भएका आक्रमणहरूले इजरायलले अन्तर्राष्ट्रिय कानूनको पालनाको बारेमा गम्भीर चिन्ता खडा गरेको प्रतिवेदनमा उल्लेख भएको छ । टर्कले गाजाको स्वास्थ्य सेवा पूर्वाधारको व्यापक विनाशले बिरामी, चिकित्सा कर्मचारी तथा सर्वसाधारणले गुमाएको बताउनुभयो । प्यालेस्टिनी सशस्त्र समूहहरूले सैन्य उद्देश्यका लागि अस्पतालहरूको दुरुपयोग...
पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

अर्थ, ताजा अपडेट, बिशेष, समाचार
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अरु क्षेत्रमा १५० रुपैयाँ ५० पैसा पर्नेछ ।...
माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचार अन्त्य हुने :प्रचण्ड

माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचार अन्त्य हुने :प्रचण्ड

ताजा अपडेट, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने बताएका छन् । कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी एक नम्बर भए मात्रै सामाजिक न्याय र समाजवादको आधार तयार हुने बताए । अहिले देशैभरि माओवादीमा एकताबद्ध तथा समायोजन हुने लहर चलेको भन्दै प्रचण्डले अगाडी भने, ‘पर्सि झापा जाँदैछु । केपी ओलीको निर्वाचन क्षेत्रमा पनि हजारौं प्रवेश गर्ने तयारी छ ।’ भ्रष्टाचारको पक्षको यो सरकारले धेरै काम गरेको आरोप लगाउँर्दै उनले भने, ‘म तपाईंहरूलाई भन्न चाहन्छु गिरिबन्धुको फाइल खुल्ने छ, त्यसलाई लुकाउन दिइने छैन । ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन । वाइडबडीको भ्रष्टाचार छोडिने छैन । यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बना...
दशरथ रङ्गशालामा  ५० औँ दीक्षान्त समारोह आयोजना

दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना

गतिविधि, बिशेष, श्रव्यदृश्य, समाचार
त्रिभुवन विश्वविद्यालयद्वारा शनिबार दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे। प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिस्कृत गर्न पनि आग्रह गरे। ‘आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम लाग्दैन। ज्ञानलाई व्यवहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ।’ प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिक...
बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा मनाए २२ औं वैवाहिक वर्षगाठ

बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा मनाए २२ औं वैवाहिक वर्षगाठ

बिशेष, समाचार
नेपालका लागि बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा श्रीमती जुलिया फेनसँग आफ्नो २२ औं वैवाहिक वर्षगाठ मनाएका छन् । मैथिली परम्परा अनुसार मालाफेर र सिन्दुर लगाएर वैवाहिक वर्षगाँठ मनाएका हुन् । जानकी मन्दिरका साधुसन्तद्वारा मन्त्रोउच्चारण गरेपछि फेनले शीरमा मौर लगाएर श्रीमती जुलियासँग मालाफेर गरेका थिएन भने श्रीमतीलाई औंठी लगाइदिए । जानकी मन्दिरका सह महन्त रामरोशन दासले विधिविधानमा सघाएका थिए । यसपछि मधेशका सभामुख रामचन्द्र मण्डल, जनकपुरधामका मेयर मनोजकुमार साहसहितले दुवैजनालाई बधाई दिएका थिए । राजदूत फेनले मिथिलाको परम्परा, भाषा, भेषभूषा, र संस्कृति संसारकै उत्कृष्टमध्ये रहेको बताउँदै आफूले यस क्षेत्रलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनाप्रति चासो लागेको बताए । ‘गत वर्ष मधेशका विभिन्न स्थानहरूको भ्रमणका क्रममा मैले मिथिलाको सांस्कृतिक धरोहरको महत्त्व बुझेँ। यस क्षेत्रको अतु...
नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जना पक्राउ

नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जना पक्राउ

ताजा अपडेट, समाचार
नक्कली डाक्टर बनी लुटपाट गर्ने अभियोगमा एक जनालाई  प्रहरी पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका-२ हरिटोल ठेगाना भएको हाल ललितपुर महानगरपालिका-७ ग्वार्को बस्ने ३० वर्षीय डा.आलोक भन्ने जितेन्द्र मण्डल रहेको छ । प्रहरीका अनुसार मण्डलले सामाजिक सञ्जाल फेसबुक मार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख रुपैयाँ समेत चोरी गरेको थियो । सोही पीडितको खबर प्राप्त भएपछि घटनाको अनुसन्धानको क्रममा  मण्डललाई काठमाडौँ  उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्कबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट नगद ५९ हजार ३ सय ६० रुपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ । उनलाई चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान  र...
जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई भव्य स्वागत

जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई भव्य स्वागत

खेलकुद, समाचार
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेर जनकपुर फर्किएको जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई महोत्तरी जिल्लाको मटिहानी र जलेश्वरमा भव्य स्वागत गरिएको छ । जनकपुरबाट ट्रफीसहित शनिबार महोत्तरीको पिपरा हुदै मटिहानी प्रवेश गरेका खेलाडीहरुलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले २५ किलोको मालासहित सम्मान र स्वागत गर्नुभएको हो । खेलाडीलाई हरेक ठाउँमा स्थानीयले सडकमा फुलमालासहित स्वागत गरेका थिए । जनकपुर बोल्ट्सका खेलाडीहरु अनिल साह, आसिफ शेख, ललित राजवंशी, क्यानका उपाध्यक्ष महोत्तरीको जलेश्वर निवासी रोशन कुमार सिंहलगायतका खेलाडी र टिमलाई स्वागत गरिएको हो । जनकपुर बोल्ट्सले पहिलो संस्करणको उपाधि पाएर मधेशको नाम उच्च बनाएको वताउनुहुँदै मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले यो सम्मान र स्वागत सम्पूर्ण नेपाली खेलाडीको भएको बताउनुभयो । उहाँले एनपिएलको खेल हु...
प्रमुख दलको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री

प्रमुख दलको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री

ताजा अपडेट, समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको  सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । माछापुछ्रे गाउँपालिका-१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उहाँले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको हो । उहाँले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताउनुभएकाे हाे । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ ।” सञ्चारमन्त्रीले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँ...
आर्थिक विकासलाई गति दिनु सरकारको पहिलो दायित्व : मन्त्री गुरुङ

आर्थिक विकासलाई गति दिनु सरकारको पहिलो दायित्व : मन्त्री गुरुङ

समाचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताबाट मुलुकलाई निकास दिई आर्थिक विकासलाई गति दिनु अहिलेको सरकारको पहिलो दायित्व भएको बताउनुभएको छ । मन्त्रिपरिषद्को यही पुस ५ गते शुक्रबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री गुरुङले देशको राजनीतिलाई स्थिरता दिई विकास निर्माणका कामलाई गति दिनकै लागि अहिलेको सरकार बनेको बताउनुभयो । सञ्चारकर्मीले राखेको एक जिज्ञासाको जवाफमा सञ्चारमन्त्री गुरुङले राजनीतिक स्थिरताका लागि नै अहिलेको सत्ता गठबन्धन बनेको र दलहरुबीच कुनै समस्या नरहेको हुनाले अहिले सरकार ढल्ने वा सत्ता गठबन्धनमा परिवर्तन हुने कुनै सम्भावना समेत नरहेको बताउनुभयो । मन्त्री गुरुङले विगतको राजनीतिक अस्थिरताका कारण उत्पन्न समस्याबाट देशलाई थप क्षति हुन नदि...
तिब्बत नाक्छु शहरका मेयरका टोलीलाइ टोखा नगरपालिकामा सम्मान

तिब्बत नाक्छु शहरका मेयरका टोलीलाइ टोखा नगरपालिकामा सम्मान

#, टोखा खबर, समाचार
चिनको स्वशासित क्षेत्र नाक्छु  शहरका मेयर सहितका टोलीलाइ टोखा नगरपालिकाले सम्मान तथा अभिनन्दन गरेको छ । नगरपालिकाको निमन्त्रणामा औपचारिक भ्रमणका लागि काठमान्डौ आएका मेयर  तासी दोर्जी सहितका प्रतिनिधि मण्डललाई टोखाका नगर प्रमुख  प्रकाश अधिकारीले  सम्मान तथा अभिनन्दन गर्नु भएको थियो  । कार्तिक २५ गते बिहान टोखा बजारमा स्वागतार्थ आयोजित  स्वागत तथा सम्मान कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम  प्रस्तुत गरिएको थियो ।  छिमेकी मित्र राष्ट्र चिनबाट पाल्नु भएका  ६ जनाका प्रतिनिधि मण्डललाई  नगर प्रमुख लगाएत जनप्रतिनिधिहरु तथा टोखाका स्थानीयबासीहरुले नेवारी संस्कृति एबं बाजागाजा सहित  स्वागत गर्दै  टोखा बजारको परिक्रमा समेत गराइएको  थियो । निमन्त्रणा  गरि  भ्रमणमा बोलाउनु भएकोमा  मेयर  तासी दोर्जीले धन्यबाद ब्यक्त गर्दै आफु खुसि रहेको कुरा बताउनु भयो । साथै कोरोना संकट बेला आपसी सहायो...