Tuesday, May 26

टोखा खबर

माघे सङ्क्रान्तिका लागि टोखाका स्थानिय चाकु उत्पादनमा व्यस्त

माघे सङ्क्रान्तिका लागि टोखाका स्थानिय चाकु उत्पादनमा व्यस्त

टोखा खबर, समाचार
माघे सङ्क्रान्तिका लागि टोखाका स्थानिय व्यवसायी चाकु उत्पादनमा व्यस्त भएका छन्। यतिबेला  टोखाको गल्ली र बजार मा  तातो चाकुको मगमग बास्नाले आउने गर्दछ । माघेसङक्रान्ति पर्वमा तरुल, घिउसँगै खाने विशेष परिकार चाकु, तिलौरीलगायतका परिकार बन्ने टोखा क्षेत्रका बासिन्दाहरू यतिबेला परम्परागत मिठाइ चाकुका परिकार बनाउन व्यस्त रहेका छन् । जाडो मौसममा शरीरलाई आँतैदेखि तातो बनाउने चाकुका अनेकौँ परिकार किन्न खुद्रा तथा थोक विक्रेताहरूको पनि टोखामा घुइँचो छ । टोखाका चाकु व्यवसायी कृष्ण श्रेष्ठ टोखावासीको पुख्र्यौली पेसाका रूपमा चलिरहेको यो व्यवसायमा यतिबेला निकै चटारोसाथ काम गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार सक्खरलाई आगोमा पगालेर तिल, नरिवलका टुक्रा, बदामलगायतका विभिन्न खाद्यपदार्थ मिलाएर चाकु बनाइन्छ । श्रीकृष्ण चाकु प्रोडक्सन प्रालिका संस्थापकसमेत रहनुभएका श्रेष्ठले चिसो मौसममा शरीर तताउन बिराम...
टोखामा मोटरसाइकल दुर्घटनामा पैदलयात्री महिलाको मृत्यु

टोखामा मोटरसाइकल दुर्घटनामा पैदलयात्री महिलाको मृत्यु

टोखा खबर, समाचार
काठमाडौंको टोखा नगरपालिका-८ मिलनटोलमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बा ६३ प १४४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई काठमाडौं तारकेश्वर बस्दै आएकी ४० वर्षीया सुन्तली लामाको निधन भएको हो। बुधबार साँझ दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते मोटरसाइकल चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।...
विष्णुमति करिडोर ट्रयाकको निर्माण कार्य शुभारम्भ

विष्णुमति करिडोर ट्रयाकको निर्माण कार्य शुभारम्भ

#, टोखा खबर
टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका बिचमा रहेको विष्णुमति करिडोरको ट्रयाक निर्माण कार्य शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज शिलान्यास गर्दै ट्रयाकको निर्माण कार्य शुरुवात गर्नु भएको हो । संघीय सरकारबाट विनियोजित एक करोड रुपैयाबाट करिडोरको निर्माण कार्य हुदै छ । करिडोर ट्रयाक धन्ने ढिकुरोबाट शुरु भई बुढानिलकण्ठको स्कोन मन्दिर सम्म निर्माण हुने गरि योजना रहेको छ । टोखा नगर क्षेत्रको भागमा काठमाडौं उपत्यका विकास प्राधिकरण मार्फत करिडोर सडक विस्तारको काम हुदैछ साथै बुढानिलकण्ठको क्षेत्रमा सडक डिभिजन विभागबाट ट्रयाक सडक विस्तारको कार्य हुदैछ । शिलान्यास कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी,टोखा नगरपालिकाका प्रशासकीय अधिकृत शेरबहादुर बि स...
टोखामा पुस १९ र २० गते दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता

टोखामा पुस १९ र २० गते दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता

खेलकुद, टोखा खबर
टोखामा यहि पुस १९ र २० गते दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र जिल्ला समन्वय समिति काठमाडौं प्राविधिक सहयोग तथा समन्वयमा टोखा नगरपालिकाको आयोजनामा  हुने  दुइ दिन को खेल  टोखा-५ स्थित श्रीसमाज भवनमा हुनेछ  । आज टोखा नगरपालिकाको सभा हलमा गरिएको पत्रकार भेटघाटमा खेलबारे जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र उपप्रमुख शान्ति पाण्डे, तेक्वान्दो संघका बागमती प्रदेश अध्यक्ष केशव पुरीसहित भाष्कर श्रेष्ठ लगायतका पदाधिकारीहरु र टोखा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, खेलकुद संयोजक नरोतम राना लगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा खेलबारे नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले प्...
टोखामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

टोखामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

गतिविधि, टोखा खबर
टोखा नगरपालिका-३ ढलमल बाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ४० वर्षीय होम नारायण श्रेष्ठको बिएण्डबी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ सहित ९ जनालाई  पक्राउ गरेको हो । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
शुक्रबारदेखि टोखामा भक्तपुरको नवदुर्गा देवगण (ङालाकेगु) नाच

शुक्रबारदेखि टोखामा भक्तपुरको नवदुर्गा देवगण (ङालाकेगु) नाच

टोखा खबर, बिशेष
भक्तपुरको नवदुर्गा देवगण (ङालाकेगु) नाच शुक्रबारदेखि टोखामा प्रदर्शन हुने भएको छ । टोखा र भक्तपुर बीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई जोड्ने नाचको रुपमा रहेको नवदुर्गा देवगण नाच भोलि शुक्रबारदेखि आइतबारसम्म टोखामा प्रदर्शन हुने भएको हो । भोलि शुक्रबारदेखि हुने नाचको व्यवस्थापनको लागि आज टोखा नगरपालिका- २ र ३ को आयोजनामा क्वाखःल तलेजु मन्दिर परिसरमा विशेष बैठक सम्पन्न भएको छ । यःमरी पुन्हि लगतै टोखामा प्रदर्शन गर्ने प्रचलन रहेको नवदुर्गा नाच टोखा नगरपालिकाको सहयोगमा टोखा नगरपालिलका – २ र ३ वडा कार्यालयको संयुक्त आयोजनामा टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समिति  र नेवा गुथि तोखाको संयुक्त व्यवस्थापनमा भोलि शुक्रबारदेखि आइतबारसम्म (पुस १२,१३ र १४ गतेसम्म)  ऐतिहासिक साँस्कृतिक नगरी टोखाको थनेलाछीमा हुने नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताए । त्यस्तै बैठकमा नवदुर्गा नाच ...
टोखा नगरपालिकाले चौंथो राष्ट्रिय जेष्ठ नागरिक दिवस मनायो

टोखा नगरपालिकाले चौंथो राष्ट्रिय जेष्ठ नागरिक दिवस मनायो

टोखा खबर
टोखा नगरपालिकाले सामाजिक समावेशिकरण शाखाको समन्वयमा चौंथो राष्ट्रिय जेष्ठ नागरिक दिवस २०८१ मनाएको छ ।यसपटकको जेष्ठ नागरिक दिवसको नारा “सभ्य समाजको आधार, जेष्ठ नागरिक मैत्री घरपरिवार” रहेको छ । चौंथो राष्ट्रिय जेष्ठ नागरिक दिवस २०८१ को अवसरमा आज नगरपालिकाको सभा हलमा आयोजित “जेष्ठ नागरिकका लागि भएका कानुनी प्रावधानहरु, कार्यान्वयन प्रक्रियामा देखिएका जटिलता र आगामी कार्यदिशा” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५० भन्दा बढि जेष्ठ नागरिकहरुले सहभागिता जनाएको सामाजिक समावेशिकरण शाखाका  महिला विकास निरिक्षक पवित्रा पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा एजिङ नेपालका प्रमुख पवित्रा अधिकारीले जेष्ठ नागरिकको विषयमा स्थानीय, प्रदेश र संघीय सरकारले गर्नुपर्ने भूमिका, जेष्ठ नागरिकहरुलाई सिकाई केन्द्र स्थापना, अवलोकन भ्रमण, जेष्ठ नागरिक अस्पताल निर्माणका विषयमा आफ्‌नो प्रस...
टोखा नगरपालिकाले अवैध संरचना भत्काउन चलायो डोजर

टोखा नगरपालिकाले अवैध संरचना भत्काउन चलायो डोजर

टोखा खबर
टोखा नगरपालिकाले ग्राण्डी अस्पतालको पछाडि रहेको विष्णुमती करिडोर क्षेत्रका घर, टहरामा डोजर लगाएको छ । लामो समयदेखि व्यक्तिहरुले करिडोर क्षेत्रमा रहेका सरकारी जग्गा हडपेर घर टहरा बनाइ भाडामा लगाउँदै आएका थिए । नगरपालिकाले बारम्बार पत्र पठाएर खाली गर्न अनुरोध गर्दा पनि अटेर गरेपछि सोमबार बिहान २ वटा डोजर लगाइ भत्काइएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । उनका अनुसार टोखाको मेरुदण्ड लाइफलाइन सडक निर्माणका लागि गत वर्षदेखि नै नयाँ बसपार्कदेखि बुढानिलकण्ठसम्म खोलाको दुबैतर्फ सार्वजनिक जग्गा तथा करिडोर मापदण्डमा परेका घर टहरा खाली गराउने लक्ष्यअनुसार सोही कार्यलाई निरन्तरता दिएको हो। नगरको सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयअनुसार कुनैपनि सरकारी जग्गामा अनाधिकृत रुपमा बनेका घर टहरा पहिलो चरणमा विष्णुमती करिडोरमा खाली गराउन सुरु गरिएको र आगामी दिनमा अन्यत्र भएका सरकारी जग...
तिब्बत नाक्छु शहरका मेयरका टोलीलाइ टोखा नगरपालिकामा सम्मान

तिब्बत नाक्छु शहरका मेयरका टोलीलाइ टोखा नगरपालिकामा सम्मान

#, टोखा खबर, समाचार
चिनको स्वशासित क्षेत्र नाक्छु  शहरका मेयर सहितका टोलीलाइ टोखा नगरपालिकाले सम्मान तथा अभिनन्दन गरेको छ । नगरपालिकाको निमन्त्रणामा औपचारिक भ्रमणका लागि काठमान्डौ आएका मेयर  तासी दोर्जी सहितका प्रतिनिधि मण्डललाई टोखाका नगर प्रमुख  प्रकाश अधिकारीले  सम्मान तथा अभिनन्दन गर्नु भएको थियो  । कार्तिक २५ गते बिहान टोखा बजारमा स्वागतार्थ आयोजित  स्वागत तथा सम्मान कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम  प्रस्तुत गरिएको थियो ।  छिमेकी मित्र राष्ट्र चिनबाट पाल्नु भएका  ६ जनाका प्रतिनिधि मण्डललाई  नगर प्रमुख लगाएत जनप्रतिनिधिहरु तथा टोखाका स्थानीयबासीहरुले नेवारी संस्कृति एबं बाजागाजा सहित  स्वागत गर्दै  टोखा बजारको परिक्रमा समेत गराइएको  थियो । निमन्त्रणा  गरि  भ्रमणमा बोलाउनु भएकोमा  मेयर  तासी दोर्जीले धन्यबाद ब्यक्त गर्दै आफु खुसि रहेको कुरा बताउनु भयो । साथै कोरोना संकट बेला आपसी सहायो...
सार्वजनिक स्थान सरसफाईमा जुट्दै  शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था 

सार्वजनिक स्थान सरसफाईमा जुट्दै शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था 

टोखा खबर, समाचार
 टोखा न पा १ को सार्वजनिक स्थान सरसफाई  अभियानमा श्री शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था  लिमिटेड सक्रिय रुपमा जुटेको छ । सहकारी  संस्थाको आव्हानमा आइतबार बिहान  साङ्गला दोबाटो देखि सीमाचौर सम्मको मेन सडक क्षेत्रमा  सरसफाई गरिएको छ । सरसफाईका लागि संस्थाका शेयर सदस्य , जनप्रतिनिधि ,भद्र भलाद्मी ,समाजसेवी , राजनीतिकर्मी ,बिभिन्न संघ संस्था का व्यक्तिहरु तथा युवाहरु लाइ सहभागी गराई सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । बिशेषगरि प्राकृतिक स्वरूपमा धनि रहेको झोर क्षेत्र र यहाका  मन्दिरहरुमा आउने भक्तजन लगाएत आन्तरिक तथा बाह्य पर्यटकहरु लाइ यहाँको वास्तविक बाताबरणीय अवस्था देखाउन साथै  स्वच्छ सफा सार्वजनिक स्थान बनाउन को लागि संस्था जुटेको संस्थाका अध्यक्ष श्री उद्धव अधिकारीले  बताउनु भयो। सरसफाई अभियान आज बाट  सुरु भएपनि  पछिल्ला दिनहरुमा पनि क्रमसः  निरन्तर रहने योजना...