Tuesday, May 26

टोखा खबर

झोर महांकाल मा. बि. को अभिभावक दिबस तथा  सम्मान कार्यक्रम सम्पन्न

झोर महांकाल मा. बि. को अभिभावक दिबस तथा सम्मान कार्यक्रम सम्पन्न

टोखा खबर
टोखा १ मा रहेको झोर महांकाल मा. बि. ले अभिभावक दिबस तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिधालयले  आज टोखा १ स्थित झरना पार्टी प्यालेसमा एक कार्यक्रम गर्दै अभिभावक दिबस तथा सम्मान कार्यक्रम सम्पन्न  गरेको हो । नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा  विद्यालयलाइ योगदान पुर्याउनु हुने भुतपूर्व  प्रधानाध्यापक ,  भुतपूर्व प्राध्यापक , भुतपूर्व ब्यबस्थापन समिति अध्यक्ष तथा  सहयोगी दाताहरु लगाएत २०८० को एस. इ. इ. परीक्षामा उतिर्ण बिद्यार्थीहरुलाइ सम्मान गरिएको थियो  । सांस्कृतिक कार्यक्रम सहित सम्पन्न  कार्यक्रममा नगरपालिका तथा वडाका जनप्रतिनिधिहरु ,कर्मचारीहरु ,स्थानीय अभिभावकहरु तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।...
जेष्ठ नागरिक आवाजको लोर्कापण तथा योग र जेष्ठनागरिक विषयक बिचार गोष्ठी सम्पन्न

जेष्ठ नागरिक आवाजको लोर्कापण तथा योग र जेष्ठनागरिक विषयक बिचार गोष्ठी सम्पन्न

#, टोखा खबर
तारकेश्र्वर जेष्ठ नागरिक सेवा समाजले आयोजना गरेको जेष्ठ नागरिक आवाज लोकार्पण तथा योग र जेष्ठ नागरिक बिचार गोष्ठी मिलन बस्ती योग साधना केन्द्र बज्रयोगिनी योग साधना केन्द्र र पतन्जली योग समिति तारकेश्वरको सह आयोजनामा भव्य रुपमा सम्पन्न भयो । सस्थाका अध्यक्ष डा. बीरेन्द्र थपलियाको अध्यक्षता र आदरणीय  शिक्षाविद तथा  योगगुरु जगननाथ उपाध्यायको प्रमुख आतिथ्यतामा ,७ जना जेष्ठ नागरिक बुबा आमाहरु लाई सम्म्मान र अभिनन्दन गर्दै कार्यक्रमको उद्घाटन र जेष्ठ नागरिक आवाजको आठौ कृति लोकार्पण भयो । उक्त कार्यक्रम तारकेश्वर नगर पालिका — वडा नं.४ स्थीत कछुवा पार्टीप्यालेसमा सम्पन्न भएको हो । कार्यक्रका अध्यक्ष थपलियाले  कार्यक्रम उदेश्य माथी प्रष्ट पार्दै हामी  सबैजना जीवनको  उत्तरार्धमा जव प्रवेस गर्दछौ तब बुढौली लाग्दै  जान्छ  शरीर  कम्जोर  हुँदै जान्छ त्यति बेला अरुको सहाराको आवस्यकता पर्दछ यति बेला घरप...
भब्य रुपमा मनायो टोखा नगरपालिका ले २१औं राष्ट्रिय धान दिवस

भब्य रुपमा मनायो टोखा नगरपालिका ले २१औं राष्ट्रिय धान दिवस

टोखा खबर, संस्कृति
टोखा नगरपालिका ले २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सब भब्य रुपमा मनाएको छ । टोखा नगरपालिका कृषी विकास शाखाको आयोजनामा टोखा नगरपालिका वडा ०२ अवस्थित आरानडोलमा २१ औं राष्ट्रिय धान दिवस भब्य रुपमा मनाएको हो । उक्त कार्यक्रमा टोखा नगरपालिका का नगर प्रमुख श्री प्रकाश अधिकारी, नगर- उप प्रमुख श्री मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, विभिन्न वडाका वडा अध्यक्ष , जनप्रतिनिधि ज्यूहरु, कृषक समूहका पदाधिकारीहरु, विभिन्न राजनितिक दलका प्रतिनिधी को  सहभागिता रहको थियो  ।  नेपालले वि. सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । खेतमा रोपाई गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ। आज भएको यस रोपाइँ  कार्यक्रममा स्थानीय ...
टोखा नगरपालिकामा आर्थिक बर्ष ०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन

टोखा नगरपालिकामा आर्थिक बर्ष ०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन

कृषि, टोखा खबर, संस्कृति
१० असार, काठमाडौं । टोखा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन गरेको छ । नगरसभाको पन्ध्रौ अधिवेशन अन्तर्गत दोश्रो बैठकमा नगर उपप्रमुख मुरारी तामांग ले संविधानको धारा २३० वमोजिम आज सो बजेट प्रस्तुत गर्नु भएको हो । नगरपालिकाको सभाहलमा सभाध्यक्ष नगर प्रमुख प्रकाश अधिकारी ,प्रशासकीय अधिकृत शेर बहादुर बि सी र नगरसभा सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा उपप्रमुख तामांगले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि बजेट प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाको कूल विनियोजित बजेट रु. १ अर्व ७0 करोड मध्ये चालु तर्फ रु ६६ करोड २७ लाख ६0 हजार  (३८.९९ प्रतिशत) र पुजीगत तर्फ रु १ अर्ब ३ करोड ७२ लाख ४० हजार ( ६१.०१ प्रतिशत) रकम बिनियोजन गरेको  छ । नगरपालिकाले आगामी आर्थिक बर्षको लागि संघीय सरकारवाट प्राप्त हुने वित्तीय हस...
टोखा नगरपालिकामा आर्थिक बर्ष ०८१/८२ को लागि रु. १ अर्व ७0 करोड रकम बजेट विनियोजन

टोखा नगरपालिकामा आर्थिक बर्ष ०८१/८२ को लागि रु. १ अर्व ७0 करोड रकम बजेट विनियोजन

टोखा खबर
टोखा नगरपालिका ले आर्थिक बर्ष २०८१/८२ को लागि रु. १ अर्व ७0 करोड रकम बजेट विनियोजन गरेको छ । नगरसभाको पन्ध्रौ अधिवेशन अन्तर्गत दोश्रो बैठकमा नगर उपप्रमुख मुरारी तामांग ले संविधानको धारा २३० वमोजिम आज सो बजेट प्रस्तुत गर्नु भएको हो । नगरपालिकाको सभाहलमा सभाध्यक्ष नगर प्रमुख प्रकाश अधिकारी ,प्रशासकीय अधिकृत शेर बहादुर बि सी र नगरसभा सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा उपप्रमुख तामांगले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि बजेट प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाको कूल विनियोजित बजेट रु. १ अर्व ७0 करोड मध्ये चालु तर्फ रु ६६ करोड २७ लाख ६0 हजार  (३८.९९ प्रतिशत) र पुजीगत तर्फ रु १ अर्ब ३ करोड ७२ लाख ४० हजार ( 6१.०१ प्रतिशत) रकम बिनियोजन गरेको  छ । नगरपालिकाले आगामी आर्थिक बर्षको लागि संघीय सरकारवाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा...
निरन्तर विष्णुमति सरसफाई अभियान सातौ हप्तामा

निरन्तर विष्णुमति सरसफाई अभियान सातौ हप्तामा

टोखा खबर, मनोरन्जन, संस्कृति
टोखा नगरपालिका द्वारा संचालित  विष्णुमति सरसफाई  महाअभियान सातौ  हप्तामा सम्पन्न भएको छ  । हरेक शनिबार संचालन हुने सरसफाई अभियान आज  पनि  नगरपालिकाको ग्रान्डी टावर नजिक फलामे पुल आसपास विष्णुमति नदि सरसफाई गरि सम्पन्न भएको हो । कला संस्कृति युक्त स्वच्छ समुन्नत टोखा नगर बनाउन टोखा नगरपालिकाले  हरेक शनिबार विष्णुमति नदि सरसफाई गरदै आएको छ । सरसफाई अभियानमा नगरपालिकाका कर्मचारी तथा पदाधिकारी, वडाका जनप्रतिनिधिहरु, पूर्वजनप्रतिनिधिहरु,नगर प्रहरि, नेपाल आर्मी र सशस्त्र प्रहरी साहित्य क्षेत्रका व्यक्तिहरु  र   विभिन्न संघ संस्था तथा  स्थानीय नगरबासीहरुको  उपस्थिति एबं सहभागिता रहेको छ  । यो सरसफाईको महाअभियानमा  विभिन्न क्लव तथा फोहोर संकलन गर्ने  संस्थाहरुको समेत सक्रिय सहभागितामा रहदै  आएको छ । नगरपालिकाले गत बैशाख २० गते बसेको कार्यपालिका बैठक बाट निर्णय गरि यो अभियान शुभारम्भ गरेको थियो ।...
बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा प्रभातफेरि सम्पन्न

बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा प्रभातफेरि सम्पन्न

#, टोखा खबर, बिशेष
बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा योग जागरण सम्बन्धी विशाल प्रभातफेरि सम्पन्न भयको छ । बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सबको तथा दशौ अन्तरास्ट्रिय योग दिवसको अवसरमा मनाउन लागिएको ३ दिवसिय कार्यक्रम अन्तर्गतको आज पहिलो दिनको कार्यक्रम योग जागरण सम्बन्धी प्रेभातफेरि तारकेश्र्व्रर नगरपालिकामा "बज्रयोगिनी साधाना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सफल भयको छ । गरौ योग- रहौ निरोग ,घर घरमा योग जन जन योग , महिला सशक्तीकरणका लागि योग , सबैका लागि योग सधैका लागि योग , रक्तदान जीवन दान ,लेखिएका प्लेकार्ड र योग जागरण सम्बन्धित ब्यानरहरु सहित सुरु गरिएको प्रभातफेरिको शुभारम्भ तारकेश्र्व्रर नगरपालिकामा पतन्जली योग समितीका अध्यक्ष चन्द्र सापकोटाले गर्नु भएको थियो । यस कार्यक्रम  सात वटा योग साधना केन्द्रहरु - अर्किड , स्वतभैरब , मिलन बस्ती , गुप्तेश्र्वर ,गोलढुंगा, सेक्रेड हार्ट र त...
काठमाडौँ उत्तरी क्षेत्रमा हुने शैक्षिक मेलाबाट ९ हजार विद्यार्थी लाभान्वित हुने

काठमाडौँ उत्तरी क्षेत्रमा हुने शैक्षिक मेलाबाट ९ हजार विद्यार्थी लाभान्वित हुने

टोखा खबर, बिशेष, श्रव्यदृश्य
काठमाडौँको उत्तर भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि गर्न लागेको प्रथम उत्तरी क्षेत्र ‘शिक्षा मेला–२०८१’ मा करिब ९ हजार विद्यार्थी लाभान्वित हुने भएका छन् । उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन) को आयोजना तथा स्काइ भिजन फाउन्डेसनको संयोजनमा यही असार ७ गते शुक्रबार मेला आयोजना हुन लागेको हो । स्काइ भिजन फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलन गरी माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका यस क्षेत्रका करिब ९ हजार विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका सञ्चालक सुनिल भट्टराईले उत्तरी क्षेत्रमा सञ्चालित विद्यार्थीको शैक्षिक उन्नयनका लागि उक्त मेला आयोजना गर्न लागिएको जानकारी दिए । मेलामा विद्यार्थी...
रास्वपाले गर्यो टोखा नगरपालिकामा रक्तदान कार्यक्रम

रास्वपाले गर्यो टोखा नगरपालिकामा रक्तदान कार्यक्रम

टोखा खबर, मनोरन्जन
राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगर कमिटिले आज बृह्त रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । आज बिहान ग्राण्डी अस्पताल नजिकै नगर समितिको कार्यालय प्राङगणमा भएको कायृक्रममा ५० जना रक्तदाताले रक्तदान गरेको नगर सभापति सुर्य प्रसाद काफ्लेले बताएका छन् । काफ्लेकाअनुसार हाम्रो टार्गेटअनुसार पुरा गर्न सफल भयौं । कार्यक्रममा पार्टींका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने र काठमाडौं क्षेत्र नं. ६ का संघीय सांसद् तथा पूर्व शिक्षा मन्त्री शिशिर खनालको सहभागिता रहेको थियो । कार्यक्रममा रास्वपा समर्थकहरुले रक्तदान कार्यक्रममा सहभागी जनाई कार्यक्रम सम्पन्न गरेका थिए । कार्यक्रममा राष्ट्रिय गायिका तथा संगितकार तृप्ती खड्का गुरुङले रक्तदाताहरुलाई गीत गाएर सुनाउनुका साथै आफैंले रक्तदान गरेका थिए । रास्वपा टोखामा ५०० भन्दा बढि पार्टी सदस्य भइसकेको र ११ वटै वडामा वडा...
विष्णुमति सरसफाई अभियान पाचौं हप्तामा

विष्णुमति सरसफाई अभियान पाचौं हप्तामा

टोखा खबर
टोखा नगरपालिका द्वारा संचालित  विष्णुमति सरसफाई  महाअभियान पाचौ  हप्तामा सम्पन्न भएको छ  । हरेक शनिबार संचालन हुने सरसफाई अभियान आज  पनि  नगरपालिकाको ग्रान्डी टावर नजिक प्रहरी प्रभाग आसपास विष्णुमति नदि सरसफाई गरि सम्पन्न भएको हो । कला संस्कृति युक्त स्वच्छ समुन्नत टोखा नगर बनाउन टोखा नगरपालिकाले  हरेक शनिबार विष्णुमति नदि सरसफाई गरदै आएको छ । सरसफाई अभियानमा नगरपालिकाका कर्मचारी तथा पदाधिकारी, वडाका जनप्रतिनिधिहरु, नगर प्रहरि, नेपाल आर्मी र सशस्त्र प्रहरी  र   विभिन्न संघ संस्था तथा  स्थानीय नगरबासीहरुको  उपस्थिति एबं सहभागिता रहेको छ  । यो सरसफाईको महाअभियानमा  विभिन्न क्लव तथा फोहोर संकलन गर्ने  संस्थाहरुको समेत सक्रिय सहभागितामा रहदै  आएको छ । नगरपालिकाले गत बैशाख २० गते बसेको कार्यपालिका बैठक बाट निर्णय गरि यो अभियान शुभारम्भ गरेको थियो ।नदि नाला  स्वच्छ सफा राखी स्वच्छ सफा टोखा...