दादुरा-रुबेला खोप अभियान अन्तर्गत टोखामा पहिलो दिन ३३८८ जना बालबालिकालाइ खोप प्रदान
दादुरा, रुबेला जस्ता अतिनै संक्रामक र प्राणघातक रोगहरु बिरुद्द टोखा नगरपालिका ले आज पहिलो दिन ३३८८ जना बालबालिका लाइ खोप प्रदान गरिएको छ ।फागुन १३ गते देखि ३० गते सम्म देशै भर संचालित दादुरा-रुबेला खोप अभियान अनुसार नगरबासी बालबालिकाहरु लाइ खोप प्रदान गरिएको हो ।
नगरपालिका अन्तरगतका सम्पुर्ण विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा खोप सेवा संचालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा ले जनाएको छ ।९ महिना देखी १५ वर्ष सम्मका बालबालिकाहरूलाइ दादुरा रूबेला खोप संचालन गरिएको छ । यसै अभियान अन्तर्गत पाँच बर्ष मुनिका बालबालिकालाइ छुट नियमित खोप पनि प्रदान गरिएको छ । छुट नियमित खोप लागि भने नियमित खोप कार्ड लिएर जानु पर्ने व्यवस्था रहेको छ ।
दादुरा, रुबेला अतिनै संक्रामक र प्राणघातक रोगहरु भएकाले बालबालिकाको मृत्यु समेत हुन सक्ने हुन सक्छ । जिबन रक्षा गर्ने खोप सुरक्षित र निशुल्क रहेको छ ।फागुन ३० ग...





