Tuesday, May 26

टोखा खबर

टोखा प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक (भिडियो सहित)

टोखा प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक (भिडियो सहित)

टोखा खबर, श्रव्यदृश्य
नेपालको भजन इतिहासमा पहिलोपटक एक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखराको गण्डकी कोटिहोममा विशेष समारोहबीच सार्वजनिक भएको छ। टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको भावपूर्ण स्वरमा रेकर्ड गरिएको यो भजनले प्रशासन, धर्म र संगीतको अनौठो समन्वय प्रस्तुत गरेको छ। ‘बिष्णु माया पौडेल युट्युब च्यानल’ मार्फत दिउँसो १:१५ बजे सार्वजनिक यो भजन भिडियोले संगीत, अध्यात्म र सामाजिक भावनालाई एकैसाथ जोडेको छ। सार्वजनिक समारोहमा बालयोगेश्वर विजयकृष्ण मुर्ति महाराजले भजनको विमोचन गर्नु भएको थियो। भजनको शब्द, संगीत र निर्देशन रेड मिडियाका कार्यकारी सम्पादक आरबी केसीले गरेका छन्। गायनमा बिसीसँगै बिष्णु माया पौडेल र कोरसमा आरबी केसी तथा हेमन्त भट्टराईको सहभागिता रहेको छ । ८ मिनेट ५० सेकेन्डको यो भजनको भिडियोमा कमल ढकालको मुख्य अभिनय रहेको छ। कोरियो...
पठनपाठन तथा  शैक्षिक गतिविधिहरू पूर्ण रूपमा सञ्चालन गर्न सबै बिद्यालयलाइ टोखा नगरपालिकाको आग्रह

पठनपाठन तथा शैक्षिक गतिविधिहरू पूर्ण रूपमा सञ्चालन गर्न सबै बिद्यालयलाइ टोखा नगरपालिकाको आग्रह

टोखा खबर
टोखा नगरपालिकाले आफ्ना नगर क्षेत्र भित्रका सबै बिद्यालयलाइ पठनपाठन लगायतका शैक्षिक गतिविधिहरू पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । नगरपालिकाको शिक्षा शाखाले सबै बिद्यालयका लागि आज एक सूचना जारी गर्दै शैक्षिक सत्र सुरुवात भइ सकेकाले शिक्षक आन्दोलनका कारण भन्दै शैक्षिक शत्रका तालिका अनुसारका आफ्ना नियमित शैक्षिक गतिबिधिलाइ अबरोध नगर्न अनुरोध गरेको हो । शिक्षक आन्दोलनका कारण शैक्षिक गतिविधिहरू तथा पठनपाठन अवरुद्ध भएको भए अनिवार्य रूपमा मिति २०८२/०१/१० देखि पूर्ण रूपमा सञ्चालनमा ल्याई सुचारु गर्न र नगर शिक्षा ऐनको दफा १०४ बमोजिमको आचार संहिता शिक्षक तथा कर्मचारीबाट पालना गर्न गराउन समेत अनुरोध गरिएको छ । शिक्षक आन्दोलनले विद्यालय पठनपाठनका गतिविधिहरूमा प्रत्यक्ष असर परेको देखिएकाले शैक्षिक सत्र बैशाख एक गतेदेखि शुरुवात भइ सक्दा पनि नगर क्षेत्रका सबै बिद्यालयहरुमा विद्यार्थी भर्ना तथा पठन...
टोखामा महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

टोखामा महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

#, टोखा खबर
काठमाडौँ  । नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा  महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ। टोखा-२ स्थित मिर्मिरे भवनमा शनिबार बिहान ८:०० बजेदेखि बेलुकी ३ बजे सम्म सञ्चालन भएको शिविरमा ३५० जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए  । “शुरुमै उपचार गरेमा क्यान्सर निको हुन्छ” भन्ने नारासहित आयोजित यो शिविरलाइ सह-आयोजनामा बाल विकास क्लब, मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि., गणेश इङ्गलिस सेकेन्डरी स्कूल, नेपाल भाषा साहित्य तःमुँज्या र जन ज्योति पुस्तकालय, टोखाले सहकार्य गरेका थिए। शिविरका लागि नाम दर्ता २०८१ चैत्र ३० गतेसम्म मिर्मिरे बचत तथा ऋण सहकारी संस्थामा गरिएको थियो। यसअघि २०८१ चैत्र २९ गते शुक्रबार दिउँसो ४:०० बजे मिर्मिरे भवनमा क्यान्सरसम्बन्धी स्वास्थ्य सचेतना तथा सतर्कता कार...
टोखाको बिस्का नखः (जात्रा) आज सम्पन्न

टोखाको बिस्का नखः (जात्रा) आज सम्पन्न

टोखा खबर
प्राचिन शहर टोखामा हरेक बर्ष हुने धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बिस्का नखः (जात्रा) आज सम्पन्न भएको छ । नेवार समुदायको बाहुल्य रहेको टोखामा अघिल्ला वर्ष झैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म बिस्का नखः (जात्रा) चलेको थियो । यही वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक रुपमा बिस्का जात्रा सुरु भएको थियो । वैशाख २ गते टोखा नगरपालिका–२ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरी रथलाई सोही दिन माथिल्लो लाछीमा लगेर बिसाइएको थियो । यस्तै वैशाख ३ गते माथिल्लो लाछीमा सिन्दुर जात्रा गरेर उठाइएको रथ हासलटोलमा लगेर बिसाइएको थियो । रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ । अनी हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ । रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराएर सानो लाछीमा लगेर ब...
टोखामा शान्ति, सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

टोखामा शान्ति, सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

#, टोखा खबर
स्थानीय तहको शान्ति सुरक्षा संग केन्द्रित रही  काठमाडौंको टोखा नगरपालिकामा  “स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह” सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आयोजना र टोखा नगरपालिकाको सहकार्यमा भएको यो कार्यक्रम नगरपालिकाको सभाहलमा संचालन भएको  थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको सभाध्यक्षता रहेको थियो । टोखा नगरप्रमुख प्रकाश अधिकारी प्रमुख अतिथि र उपप्रमुख मुरारी तामाङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यसै गरि  जिल्ला सुरक्षा समितिका प्रमुखहरू, नगरपालिकाका प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, वडा सदस्यहरू, पत्रकारहरू र कर्मचारीहरूको बाक्लो उपस्थिति कार्यक्रममा  रहेको थियो। नगरप्रमुख प्रकाश अधिकारीले समृद्ध र सुरक्षित टोखा निर्माणका लागि सबैको सहकार्य जरुरी रहेको बताउँदै नागरिक सेवालाई प्र...
टोखा नगरपालिकाको गोंगबु–बानियाँटर पुलको आज उद्घाटन

टोखा नगरपालिकाको गोंगबु–बानियाँटर पुलको आज उद्घाटन

टोखा खबर
टोखा नगरपालिकाको वडा नं. ११ र ८ जोड्ने गोंगबु–बानियाँटार पुलको आज एक समारोहबीच उद्घाटन गरिएको छ। नगरप्रमुख प्रकाश अधिकारीले रिबन काटेर विष्णुमति खोलामाथिको यो पुलको औपचारिक उद्घाटन गर्नुभयो। यो पुलको शिलान्यास २०७९ चैत १९ गते भएको थियो। उद्घाटन समारोहमा नगरप्रमुख प्रकाश अधिकारी, नगर उपप्रमुख मुरारी तामाङ, प्रशासकीय अधिकृत शेरबहादुर बीसी, वडा नं. ११ का वडाध्यक्ष घनश्याम खड्का, वडा नं. ८ का वडाध्यक्ष रमेश खत्री, वडा नं. ५ का वडाध्यक्ष नरोत्तम राना, वडा नं. ७ का वडाध्यक्ष रामभक्त घिमिरे, कार्यपालिका सदस्यहरू, नगर सदस्यहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यो पुल १४ मिटर लामो छ र यसको निर्माणमा कुल ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ। नगरसभाले करिडोरसहित विभिन्न पुल निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन गरेकोमा यो पुल टोखा नगरपालिकाको ३ करोड ५८ लाख बजेटबाट निर्माण सम्प...
सार्वजनिक जग्गा संरक्षण गर्दै टोखा नगरपालिका

सार्वजनिक जग्गा संरक्षण गर्दै टोखा नगरपालिका

टोखा खबर
सार्वजनिक जग्गा संरक्षण कार्यका लागि टोखा नगरपालिकाले आफ्नो कार्य तिब्र रुपमा अगाडी बढाएको छ। नगर प्रमुखको सक्रियतामा नगर क्षेत्र भित्रका बिभिन्न ठाउँका सार्वजनिक जग्गालाइ पहिचान एबं नाप जांच गर्दै संरक्षणका लागि  नगरपालिका अघि बढेको हो । नाप जांच गर्ने क्रममा आज टोखा १० स्थित महादेवटार महेन्द्रेश्वोर शिवालय परिसर आसपास नाप जांच गरिएको छ । मन्दिर परिसर वरिपरीका कित्ता नम्बर ६ र कित्ता नम्बर १२ मा नापजांच गरिएको हो । वडा १० का वडा अध्यक्ष मचाकाजी महर्जनको अध्यक्षतामा भएको आजको नापजाँच कार्यमा नगर प्रमुख प्रकाश अधिकारी,नगर प्रशासकीय अधिकृत शेरबहादुर बि सी ,नगर प्रबक्ता बच्चुराज बस्याल लगाएत नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि,प्रहरी तथा स्थानीयबासी हरुको उपस्थिति रहेको थियो । नापजाँच स्थलमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले सार्वजनिक जग्गा सबैको साझा सम्पति भएकोले नागरिकहरुले...
टोखामा चौथो पटक मेयर दिर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

टोखामा चौथो पटक मेयर दिर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

#, टोखा खबर
नगरवासी जेष्ठ नागरीकका लागी निशुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गर्न टोखा नगरपालिकाले यो बर्ष पनि मेयर दिर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ गरेको छ । टोखा ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सेवा प्रदान हुने गरि नगर प्रमुख प्रकाश अधिकारीले आज कार्यक्रमको उद्घाटन गर्नु भएको हो । टोखा ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको उद्घाटन कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख प्रकाश अधिकारीले सामाजिक उतरदायित्व अन्तर्गत यो कार्यक्रम संचालन भएको जानकारी गराउदै सबै तोकिए बमोजिमका नगरवासीले यो सेवा लिन सक्ने बताउनु भयो। यसै गरि नगरपालिकाका प्रशासकीय अधिकृत शेर बहादुर बि सीले नगरपालिकाले संचालन गरेको यो कार्यक्रममा सहभागी भइ स्थानीय बासिन्दाले उच्चतम सुबिधा लिन सक्ने भएकाले  निःशुल्क सेवालाई लक्षित बर्गका सबै माझ पुर्याउन नगरपालिका लागि परेको बताउनु भयो। नगरपालि...
टोखाका सामुदायिक बिद्यालयलाई स्तरोन्नती तथा शैक्षिक गुणस्तर सम्बन्धमा २ दिने तालिम सम्पन्न

टोखाका सामुदायिक बिद्यालयलाई स्तरोन्नती तथा शैक्षिक गुणस्तर सम्बन्धमा २ दिने तालिम सम्पन्न

#, टोखा खबर
टोखा नगरपालिकाले सामुदायिक बिद्यालयको स्तरोन्नति तथा शिक्षाको गुणस्तर बिकास गर्नको लागि मोटिभेसनल तथा सकारात्मक सोचको बिकासका लागि दुई दिने तालिम तथा सेमिनार कार्यक्रम सम्पन्न गरेको छ। टोखा नगरपालिकाको आयोजनामा लिला टेक सोलुशनले संचालन गरेको कार्यक्रममा टोखा नगरपालिकाका ९ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, तथा  शिक्षक अभिभावक संघका अध्यक्षहरुलाइ समाबेश गरिएको थियो। फागुन १३ र १४ गते बल्थली माउन्टेन रिसोर्ट,बल्थली, काभ्रेमा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिका मेयर प्रकाश अधिकारी , बिशिष्ट अतिथि एबम प्रशिक्षकमा डा. बिद्या नाथ कोइराला र मनोहर मान श्रेष्ठ तथा अतिथिहरुमा नगरपालिकाक शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम , आर्थिक प्रशासन शाखा प्रमुख ताराप्रसाद निरौला सहित खगेन्द्र सिंह धामी ,रेणु अधिकारी ,नरोत्तम राना, लगाएत अन्य शैक्ष...
आजबाट टोखामा विष्णुमती खोलाको दायाँबायाँ करिडोर ट्रयाक खोल्ने कार्य सुरु

आजबाट टोखामा विष्णुमती खोलाको दायाँबायाँ करिडोर ट्रयाक खोल्ने कार्य सुरु

टोखा खबर
टोखा नगरपालिकाको सक्रियतामा टोखा प्रहरी चौकी विष्णुमति पुल देखि बुढानिलकण्ठ क्षेत्रको सिमानासम्म जोडिने विष्णुमती खोलाको दायाँबायाँ करिडोर सडकको ट्रयाक खोल्ने कार्य सुरुवात भएको छ। गत पुषमा शिलान्यास भएको करिडोर सडकको ट्रयाक खोल्ने कार्य आज टोखा प्रहरी चौकी विष्णुमति पुल संगै दायाँतर्फबाट एकै साथ तीनवटा डोजर प्रयोग गरि कार्य गर्दै कार्यगत रुपमा शुरुवात भएको हो। विष्णुमती करिडोर खोल्ने सम्बन्धमा नगर प्रमुख प्रकाश अधिकारीको नेतृत्वमा उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, वडा अध्यक्षसहितका जनप्रतिनिधिहरू, नगर प्रहरी, नेपाल प्रहरी तथा स्थानीयबासीको रोहवरबाट सडकको ट्रयाक खोल्ने कार्यलाइ अघि बढाइएको हो। बुढानिलकण्ठको स्कोन मन्दिर सम्म पुग्ने यो सडक ट्रयाकमा पर्ने शुभ होम्स कम्पाउन्ड क्षेत्रमा आपसी समझदारीमा करिडोरको बाँयातर्फ सडक ट्रयाक खोल्ने योजना रहेको नगर प्रम...