टोखा नगरपालिकामा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ
टोखा नगरपालिकाद्वारा आयोजित चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उद्घाटन भएको छ । माघ २९ गतेदेखि फाल्गुन ३ गते सम्म संचालन हुने प्रतियोगिताको आज तिलिङटार माध्यामिक विद्यालय,धापासीमा उद्घाटन भएको हो ।
नगर प्रमुख प्रकाश अधिकारीको सभापतित्व र मा. स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संयुक्त रुपमा ब्यानर सहितको बेलुन उडाएर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा नगरपालिका बाट नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी., नगर प्रवक्ता बच्चुराज बस्याल, नगर खेलकुद समिति संयोजक नरोत्तम राना, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, तिलिङटार मा वि का प्रधानाध्यापक सरोज पाण्डे, नगरपालिकाका कर्मचारीहरू, पत्रकारहरू, विद्यार्थीहरू तथा स्थानीय जनसमुदायहरुको उपस्थिति रहेको थियो।
उद्घाटन...









